माओबादी एमाले पार्टी एकता म्याचफिक्सिंगको खेल मात्र


  • -लालिगुराश सम्बाद दाता
  • शुक्र, अशोज २७, २०७४

    ✍ लेखक: हिरा अधिकारी

    राजनीति र राजनीतिक परिबर्तनका चरण हरु एक गतिशील दस्ताबेज जस्तै हुन। यहाँ सम्भावनाका खोजी हुन्छ र प्रयोग पनी हुन्छ।पछिल्लो समय नेपाल को राजनीति उथल पुथल बनेको छ। केलाएर हेर्ने हो भने माओबादी नेता प्रचण्ड प्रथम पटक प्रधानमन्त्री भएको बेला एमाले कांग्रेसको पेचमा परी बहिर्गमन भए पछि सत्ता र संसदीय राजनीतिमा प्रचण्डले दलहरु लाई दिएको जबाफ देख्न सकिन्छ। र अर्का तिर बाम एकता हूदा नेपाल का प्रजातान्त्रिक शक्ति कति समय टिक्न सक्छन र कस्तो रणनीति लिन्छन भन्ने प्रयोगात्मक अनुभब तथा एकतामा आफ्ना कार्यकर्ताको कस्तो प्रतिक्रिया आउछ भन्ने बिचाराधिन राजनीति को बीजारोपण गरेको देखिन्छ। जून  अनुप्रयोग देखिन्छ।

    दस्तावेज मा कम्युनिष्ट पार्टी र इतिहास लेखदा माक्स र लेलिन बाद का कुरा हरु साभार गरि किताब का ठेली जनता लाई बाढ्दै मा कम्यूनिस्ट हुदैन।हाम्रो जस्तो अति कम विकसित रास्ट्रमा मार्क्सवादी सिद्धान्तको अनुशरणबाट पक्कै पनि शोषित पीडित जनताको जीबनस्तर सुधार हुने कुरामा दुइमत छैन । लामो संघर्ष पश्चात प्राप्त राजनीतिक स्वतन्त्रताको जग समातेर आर्थिक क्रान्तिको पथमा अघि सर्न खोज्नु पक्कै पनी स्वागतयोग्य काम हो । अंतराष्ट्रीय क्रान्ति र बर्ग संघर्ष का कुरा भन्दा पनी देश र जनता ले मागेका मुद्दा हरु मा प्रजातान्त्रिक राजनीतिक दल ले चासो नदिदा नेपाल मा बामपंथी विचारधारा को उदय भएको देखिन्छ। सर्बाहारा बर्ग को बर्गीय र जातीय बिभेद मा ससस्त्र बिद्रोह गरेको माओबादि केन्द्र ले राजनीतिक र सामाजिक सर्ब बर्गीय उपस्थिति को अधिकार प्रत्याभूत गरेपनी पूजीपति र श्रमजीवि बीच को खाडल अझै पुर्न सकेको छैन।

    पछिल्लो समय स्थानीय निकाय को निर्बाचन हूदा नेपाली कांग्रेस सग भरतपुरमा तालमेल गरि रेणु दाहाल ले चुनाबमा भाग लिदा एमाले नेता हरुले गरेका टिप्पणी हरुको जबाफ मा अहिलेको तालमेल भएको बुझिन्छ। ढुङ्गा ले हान्ने लाई इट को जबाफ भने जस्तै तिनै नेता जो हिजो माओबादी केन्द्र को बिरुध्द बोल्दै थिए। आज तिनै नेता माओबादी लाई भोट माग्ने छन। माओबादी संसदीय राजनीति इतिहास मा म यसैलाई राम्रै माइन्ड गेमको रुपमा लिन सकिन्छ। माओबादि केन्द्र कार्यकर्ता को एमाले सग पार्टी एकता हुने भन्ने घोषणा पछि को विचलन पक्कै पनी पार्टी प्रति को अथाह माया र माओबाद आन्दोलन को समर्थन लाई विलय नगरौ भन्ने हो। तपाई हामी ले के बुझौ भने तालमेल हो निर्धक्क चुनाब मा लागौ। पार्टी सहकार्य हुन सक्छ एमालेमा बिलय हुने भन्ने त राजनीतिक म्याचफिक्सिंग मात्र हो।सफल कुनै हालतमा हुदैन।

    माओबादी पार्टिएकता मा कार्यकर्ता असहमत हुनुमा सत्तामा पुगेर त्यसलाई  परिवर्तनको मार्ग बनाउने  कमजोर इच्छाशक्ति एमाले पार्टीका नेताहरूमा प्रस्ट रूपमा देखा परेको छ। राज्यसत्तालाई सम्पत्ति, शक्ति र शान प्राप्तगर्ने  माध्यम रूपमा प्रयोग गरि पार्टीको एकलौटीं सत्ता कब्जा गर्ने प्रवृत्ति एमालेनेतामा टड्कारो रूपमा पोखिएको देख्न सकिन्छ।

    पार्टीभित्रै अनियंत्रित गठबन्धन गर्ने, सत्तास्वार्थका लागि विचार परिवर्तन गर्ने, आफूसँग असहमतहरू जतिसुकै देशप्रति उदारभए पनि देखिनसहने, स्वार्थ पूरा गर्न समूहहरू बनाउने र गुटको स्वार्थमा पार्टीलाई तहसनहस गर्न खोज्ने प्रवृत्तिको प्रदूषित बिचार बिकराल रूपमा देखा परेको छ।

    वामपन्थी दलहरू परिवर्तनको लागि भन्दा सत्ताको लागि बढी चिन्तित हुन थाले भने तिनीहरू राज्यसत्तालाई जनताको पक्षमा खड़ा गर्ने शक्ति भन्दा पनी मुख मा पट्टी बाधेर राख्ने शोषक र सामंती वर्गको सहयोगिको रुपमा झुकेको हुन्छन्।

    यस्तो प्रक्रियामा वामपन्थी दलहरूभित्रकै कतिपय नेतागुट चरित्र परिवर्तन भएर सत्ताका लोभी खेलाडीहुन्छन् र पार्टीले आफ्नो परिवर्तनकारी र जनपक्षधर लोकप्रियता गुमाउँदै जान्छ। यस्ताहरूको लागि कम्युनिजम माला जपाइको उदाहरण मात्र बन्छ, रूपान्तरणको सिद्धान्तको प्रतिकूल बन्दैन। नेकपा एमाले २०५१ साल को निर्बाचन मा मदन भण्डारी को जबज नीतिले नेपाल को पहिलो दल भयो।सरकार मा रहदा बृध्द भत्ता को सुरूवाती गरेर भोट बैंक बलियो बनाए पनी जनता ले दिएको मत  मदन भण्डारी को निधन सगै हराएको छ। नेकपा एमाले ले अहिलेको आम निर्बाचन मा त्यही भत्ता लाई आधार बनाएर त्यही एजेण्डा लाई भाबुक शैली मा रूपान्तरित गराएर भोट माग्ने टोकरी बनाएको मात्र हो। एमाले सग भिजन भन्दा पनी हावादारी सपना र उत्तेजक भाषण मात्र सीमित छन। आफ्ना सन्तति लाई बिदेश को सुखसयल मा पठाउने र माओबादी ले पारिबारिक पृष्ठभूमि का उमेदवार उठाउदा लान्छना लगाउने काम घृणित राजनीति को पराकाष्ठा हो।
    धारको बाटो खाली पैताला ले हिडेर उदेश्य प्राप्ति मा लाग्नु पनी कम्यूनिस्ट अग्रगमन हो। बाम ध्रुविकरण हुनु पर्दछ आबश्यक पनी छ तर ध्रुविकरण मा विलय भन्दा पनी बिचार संयोजन हुनुपर्दछ। जनता सवतंत्रता राष्ट्र निर्माण र आर्थिक क्रान्तिका युगीन बुदा हरु समेटेर एकत्रित हुनु पर्दछ। सूर्य चुनाब चिंन्ह र हसिया हतौडा चुनाब चिन्ह भन्दा पनी दुइ धार को मन स्थानीय कार्यकर्ता सम्म मिल्नु पर्दछ। पार्टीको नाम चिन्ह मा मिलान होइन नया आधार खोजिनु पर्दछ। होइन भने पार्टी गुट उपगुट ले केहि कालखण्ड पार गर्न नपाउदै विकेन्द्रित हुन थाल्दछ। के यि आधार हरु मा दुइ प्रमुख पक्कै सहमत हो त? यदि हो भने खुलेर कार्यकर्ता र समर्थक मा नेतृत्त्व पंक्ति जानुहोस आधार हरु प्रबाह गर्नुहोस।सरकारी ऋण माफी, स्थानीय निर्बाचन र स्थानीय सरकार को लागि प्रचण्ड को डिजाइन ले सफलता पाएको छ। अब प्रादेशिक निर्बाचन र कार्यकारी राष्ट्रप्रमुख को स्थापना मा पनी प्रचण्ड चूकने छैनन। हामी बिस्वस्त छौ। कम्युनिजम मा ढीपि जिद्दी भन्दा पनी चतुरयाई आबश्यक छ। जून संसदीय अभ्यास सरकार संचालन र जनयुद्द बाट प्रचण्ड ले प्राप्त गरेका छन। माओबादि कार्यकर्ता निराश हुनु पर्ने अबस्था आएको छैन। पार्टीको भाबी योजना र माओबादि भविष्य कार्यगत एकता की सैदान्तिक एकता मा जाने वा विलयहुने वा बिलय गराउने भन्ने आबश्यक बहस गर्नु आबश्यक छ। एकता हुन धेरै आरोह अबरोह पार गर्नु पर्दछ। धेरै प्राबधान र सहमति का चुचुरा हरु छन। १२बर्षे जनयुद्द तथा घाइते बेपत्ता का मुद्दा हरु छन। सबै मुद्दा हरु समेटेर माओबादी आन्दोलन र इतिहास विलय हुन पक्कै पनी नेतृत्त्व पंक्ति ले दिनेछैन। हामी थाकेर होइन उत्साहित भएर लागौ हाम्रै बिरोध मा जिओ ज्यान लगाएर भाषण गर्ने दल ले जय जयकार गरेका छन।

    हामी तालमेल छौ तालमेल मै रहन्छौ। माओबादी आन्दोलन न रोकिएको थियो न रोकिने छ। अबस्था आयो भने बैकल्पिक मार्ग पनी हामी समर्थक ले अपनाउन पछि पर्दैनौ। राजनीतिक दर्शन मा परिमार्जित ब्याख्या हुनु पर्दछ बाम एकता एक संभावना हो र एक अभ्यास मात्र हो यो छोटो अबधिमा सम्भब पनी छैन। हाम्रा माग र अन्य पार्टीका माग लाई संयुक्त रूपमा उठान गरेर नया अध्याय भने शुरू गर्न अबश्य सकिन्छ।

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य