“हामी मिलेर देश बनाऊ राजनीतिक हारजित सबै चुनाब बिधिवत प्रक्रिया हुन”

आइत, मंसिर २४, २०७४

“हामी मिलेर देश बनाऊ राजनीतिक हारजित सबै चुनाब बिधिवत प्रक्रिया हुन”

-सनराइज अधिकारी

अहिले हामी चुनाबी मैदानमा छौं। यहाँ एउटा ले नहारी अर्कोले जीतदैन त्यसैले चुनाबमा हार, जीत स्वभाविक प्रक्रिया हो। त्यसैले मात्तिने र आत्तिने काम नगरौं। अनाबश्यक गाली गलौच नगरौं, आफ्नो बिचार र एजेण्डा मा तल्लीन रहूँ। सकिन्छ अरुलाई पनि सँगै जोडेर लैजाने प्रयास गरौं। अर्काको घाउ मा नुन चूक नछरौं। 

 जित्ने ले आफ्नो घोषणा पत्र को राम्रो संग अध्ययन गरेर आफ्ना एजेण्डा मा केन्द्रित हुनुस। ताकि ५ बर्ष को कार्यकालले अन्य ५० बर्ष सम्म चुनाब जित्ने आधार बनोस। गरीबले बास पाओस, भोकाले गास पाओस, नांगाले कपास पाओस, बेरोजगारले रोजगार पाओस, भूमिहिन सुकुम्बसीले भूमि पाओस, अन्याय मा परकाले न्याय पाओस, अशिक्षितले शिक्षा पाओस, बिरामिले स्वास्थ्य उपचार पाओस, सबैले उच्च जिबनशैली बच्न सक्ने आधार तयार होस, देश आत्मनिर्भर बनोस, देश मा शान्ति छाओस, देशको जनशक्ति स्वदेश मा नै प्रयोग होस, बार्षिक लाखौ युवा रोजगारको खोजी मा बिदेश जाने काम रोकियोस, अविकसित ठाउँ हरु विकासका पुर्बाधार हरुले भरिपूर्ण होस, आर्थिक सम्ब्रिद्धि ले देश को प्रतिब्यक्ति आय अन्य विकशित देशको तुलनामा पुगोस। काम एस्तो गर्नुस की बिपक्षीले तपाईंको अगाडी उभिन समेत नसकोस र हारनेले आफ्नो कमी कमजोरी स्वीकार गरेर आम जनताको हरेक सुख दुख मा साथ दिनुहोला। 
अर्काले गरेको राम्रो कामको सपोर्ट र आफ्नाले गरेको गलत कामको बिरोध गर्ने बानी बसाल्नु होला।  चुनाबी माहोल मा राजनीति लागे पनि भाई बंधुत्व मा पानी बाराबारको ब्याबहार नगर्नु होला।सामाजिक सदभाब कायम राखी जनताको स्थिति सुधार गरी बिकास निर्माणको काम मा सक्रिय भूमिका निर्बाह गर्नुहोला। आउनुस तपाई हामी सबै मिली यो देश विकासको अभियान मा सहभागी बनौ। राजनीति देश र जनताको लागि गरौं। ब्यक्तिगत स्वार्थ को लागि होइन।जित्ने लाई बधाई तथा सफल कार्यकालको शुभकामाना। तथा हार्ने हरुको लागि सहानुभूति।

यसमा तपाइको मत

ट्वीटर

बाट अन्य