काठमाण्डौको गल्ली बाट बीपी लाई हिलो छ्यापीएको छ!!!-हिरा अधिकारी


  • --हिरा अधिकारी
  • बुध, मंसिर २७, २०७४

    -हिरा अधिकारी
    अकस्मात पानी पर्यो ओत लाग्न बिर हस्पिटल अघि को रुख मुनि बसे अचम्म त्यहाँ बीपी च्यातीयको कोट र मैला दौरा सुरूवाल नेपाली भादगाउले टोपी मा रहेछन। 
    झसङ्ग भयो मन तस्बीर मा देखेको मान्छे पुस्तक मा पढेको उनको सिध्दान्त आस्था फ़रक भए पनी जनता को पक्ष मा उनले गरेका सीमित उदारता को समर्थन गर्ने मान्छे म हत्त पत्त नमस्ते गरे। केहि बोलेनन बीपी। मैले धेरै कुरा सोधने इच्छा भएको बुझेर निस्किए पानी मैं। म पनी पछि पछि लागे अकस्मात शेरबहादुर ज्यू को बुलेटप्रूप गाडिले भतकिएको काठमाण्डौ सहर को सड़क को खल्टा बाट पैदल हिडेका बीपी को अनुहार मैं पर्ने गरि हिलो छ्याप्यो। हात मा पानीको बोत्तल थियो मुख धुनुस भने अकस्मात चिच्याए;-” मैले भनेको थिए कालान्तर मा जनता लाई बेवस्ता गर्दा कम्युनिस्ट ले सिध्यउछन थाहा नै नदीई। मौका नै नदीई। त्यस पछि मेरो तस्बीर मा जती माल्यार्पण गरे पनी जति पश्चताप गरेपनी तिमिहरुको पालो आउने छैन। मेरो सिध्दान्त सधै बेचेर तिमिहरुको गुजरा चल्दैन आफु सुदृएर आफ्ना नेतृव को क्रान्ति किन गर्न सकदैनौ?” कुनै बेला सिंगो राज्यले अगालेको उनको सिदान्त आज हार ले थला परेको थियो। त्यो कुरा उनले सुनेनन ऊनि सिंहदरबार को लागि निस्किएका थीए तर बीपी को सिध्दान्त को कोट फाटेको उनका प्रबचनका दौरा सुरूवाल उदरिएका कालो भादगाउले टोपी मा अहिलेको नेतृव ले गर्दा जनता ले पराजय को धूलो लगाइदिएका। एक्लै राजदरबार हल्लाउने बीपी आज उनकै बलबुता मा बनेको पार्टीका नेता हरुले उनको ईमान का चमकीला पोशाक उतारदै गरेको भयानक दृश्यएक तमाश ले हेर्न बाध्य भए म ।
     फोन को घण्टी बज्यो झाल्यास बिउझिए। ७ बजेछ। सम्झिए कस्तो ऐतिहासिक सपना देखिएछ। सत्य थियो यो तर एक कम्युनिस्ट ले भन्दा समाज मा खिसिटीयूरी गर्ने को भीड़ खडा हुन्छ। यहाँ भलाइका लागि बोल्दा राजनीतिक आस्था र धार हेरिन्छ। कुनै बेला सुपरहिट भएका बीपी आज कांग्रेस छोड़ी कम्युनिस्ट को सपना मा धाउन बाध्य बनाए। तछाड मछाड ले उनको आत्मा काठमाण्डौ का गल्ली हरुमा भडकेको कहिले देखलान दुखी र गरीब अनि ईमान जनता को आत्मा मा लिन भएका उनको सामाजिक न्याय र उदार मेलमिलाप को नीति कहिले बुझलान। यसरी इतिहास का ईमान हरु लीलामि भए त कसरि बुझलान सन्ततिले आफ्नो पुरखाको देन मन भारी भो….जदौ

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य