बिदेशिएका नेपालीहरुलाई फर्काइदिनुहोस ओली ज्यु मेरो बिन्ती छ :निरु कार्की

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    शुक्र, फाल्गुन ११, २०७४

    KP OLI-NIRU KARKI

    निरु कार्की
    काठमाण्डौ।
    सम्मानानीय प्रधानमन्त्री केपी शर्मा ओली ज्युलाइ सुरुवातमै मेरो तर्फबाट जन्म दिनको लाखौ लाख शुभकामना साथमा केहि सुझाबपनि।
    हामी मानिस जन्मिए पछि केहि न केहि लक्ष र सपना बोकेरै अगाडी बढेका हुन्छौ फरक यति हो माननीय प्रधानमन्त्री ओली ज्यु देशका लागि लड्दै हुनुहुन्छ भने हामी तिनै देशमा तपाईकै सोच र बिचारमा हिडिरहेका छौ।हामी हजारौ नेपालीहरु विदेशको खाडीमा रगत पसिना बगाएर दिन रात न भनि यही देशको लागि अरुको देशमा लडिरहेका छौ कहिले पाउछन ति बेरोजगारी नेपालीहरुले रोजगार ?अबत देशमा स्थायी सरकार बन्यो भनेका छन के अब तपाईको कार्यकालमा यी बिदेशिएका र बिदेशीदै गरेका नेपालीहरु नेपालमै रोजगारी गरेर बाच्न सक्छन?
    नेपाल कृषिप्रधान देश तर यही कृषि प्रधान देशमा गाउँ सुन्ने छ सबै खेतीबाली बाँझो छ,दाजुभाई सबै बिदेशमा बुढा भएका आमा बुबाले के गर्न सक्लान र खेतीपाती।मरेको लास समेत उठाउने मान्छे छैनन् गाउँमा अब प्रधानमन्त्री ओली ज्यु के बाँझो खेत तपाईको यो ५ बर्षे कार्यकालमा जोतिन्छ?सुन्ने गाउँ के तपाईको ५ बर्षे कार्यकालमा फेरी उपस्थिति बाक्लिन्छ ? सुरुवातमा यी कामहरु गर्नुहोस हजुरले अनि मात्रै गरिब जनताले गाँस बाँस र कपासको टुंगो लाग्ने छ।जब सम्म देशमा सान्ति र स्थायी सरकार आउदैन तब सम्म देश बन्दैन भन्थे बुढापाकाले आज स्थायी सरकारको निर्माण भएको छ।हामी जनताले तपाईलाई चुनेर प्रधानमन्त्री बनाएका हौ अब तपाईले हामीलाई कुन दर्जामा राख्नु हुन्छ भन्ने हो।जनता फेरी आवश्यक कति छ ओली सरकारलाई भन्ने रहन्छ ।हिजो यही स्थानमा टेकेर जनतालाई झुटो आस्वासन देखाउनेहरुका दिन गए अब फेरी जनताको रोजाईको सरकारले के गर्ने र कस्तो खालको बिषय उठाउने भन्ने रहन्छ ।
    त्यसो त् ओली प्रधानमन्त्री हुदा प्राय जनताको गुनासो सुनेको पाईन्छ तर कार्यन्वयन भएको पाईन्न हामीले यही बुझेका हौ कि ओलीलाई समर्थन गर्ने अरु रहेनन् त्यसैले अबत् माओवादी केन्द्रले समेत तपाईकै लागि साथ् र सहयोग गरिरहेको छन हेरौ अब ओली ज्यु तपाईले कति सम्म जनताको लागि सोच्नु हुने छ भनेर ।

    अन्तमा देशको ढुकुटी रित्याउनेहरुलाई राज्यमा स्थान नदिनुहोस जसले बिकासको लागि केहि गर्न सक्छ ति व्यक्तिहरुलाई तपाईको कार्यकाल अबधिमा राख्नुहोस ताकी देश बिकास र राज्य माथी हामीले हाम्रो अधिकार बोल्न सक्छौ ।फेरिपनि जन्म दिनको लाखौ लाख शुभकामना
    निरु कार्की -सम्बाददाता (लालीगुराँस डटकम)

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य