कलाकारहरु किन अनलाइन मिडिया प्रति एति धेरै आकर्षित ?श्रब्य मिडिया प्रति कलाकारको चासो कम !

  • -लालिगुराश सम्बाद दाता
  • सोम, फाल्गुन २१, २०७४

    kamal sargam

    कमल सरगम
    काठमाण्डौ
    मेरो नजरमा मिडिया प्रति कलाकारको दृष्टिकोण !
    रेडियो मिडिया :
    रेडियो जुनसुकै समय जहाँ रहदा पनि बिना अनलाइन /बिना इन्टरनेट सुन्न सकिने र बिभिन्न प्रविधिबाट नजिक रहन सकिने सहज मिडिया मानिन्छ तर यो बेला रेडियोलाई कलाकारले हेर्ने दृष्टिकोणनै फरक छ ।श्रोता थपिए भने कलाकार श्रोता केहि हैनन् भन्ने अहम्तामा अल्झीए।रेडियो नेपालबाट रेडियोको थालनी भयो नेपालमा जुन समय दृश्य सामाग्रीहरुको सुरुवात भएकै थिएन त्यो बेला रेडियो सुन्नेहरु कलाकार बने अहिले तिनै कलाकारले रेडियोलाइ महत्वपुर्ण संचारमाध्यम मान्दैनन जसको कारण रेडियो हैन कलाकारको कलाले भने जस्तो स्थान पाउन सकेको छैन।जव सम्म श्रब्य मिडियालाई पुन महत्वपूर्ण मिडियामा हेरिन्न तव सम्म कलाकारको नजरमा रेडियो पनि धरासायी मिडियाको रुपमा परिणत हुन्छ।

    युटुब मिडिया:
    अहिले अत्याधिक सजिलो र सहज मिडियामा युटुब मिडिया लिन सकिन्छ जुन एउटा क्यामेरा र एउटा साधारण कम्पुटर राखेर कलाकार संग साधारण प्रश्न र अपाच्य टाइटल राख्दै बिकाउनेको कमि छैन जसले पत्रकारिताको मर्यादा र पत्रकारिताको धर्मनै मेटिदै गएको छ तर कलाकारलाई छिटो चर्चामा आउनु छ। त्यसैले युटुबमा आफुलाई जस्तो रुपमा देखाउन पनि तयार हुन्छन त् कोहि बाध्य पनि हुन्छन।यसको अर्थ युटुब मिडिया गलत भन्ने भने खोजेका हैनौ।

    अनलाइन मिडिया :
    अनलाइन मिडिया सहज र छिटो खबर आदान प्रदान गर्ने मिडिया हो जुनसुकै समयमा पनि सहजै समाचार सम्प्रेसन गर्ने मिडियामा पर्दछ।तर पछिल्लो समय कोठे अनलाइनको कारण अनलाइन पत्रकारिता पनि खासै प्रभावकारी बन्न पाएको छैन।जस्तो पनि समाचार बनाउने र जस्तो पनि समाचारलाई स्थान दिनुले अनलाइन मिडियाको लोकप्रियता घट्दो छ तर कलाकार भने यसैमा झुम्मिएको पाईन्छ ।

    टेलिभिजन मिडिया :
    टेलिभिजन मिडिया अहिले गृहणीहरुलाई लागि समयको साथि बनेको छ कारण अहिले खासै लोडसेडिङ हुदैन। तर यसको पनि अत्याधिक दुरुपयोग छन ।पैसामा कलाकारको अन्तरबार्ता देखि बिभिन्न कार्यहरु गरेको पाईन्छ।जसले गर्दा राम्रो कलाकारहरु छायामा पर्ने देखिन्छ।

    छापा मिडिया :
    छापा मिडिया यो बेला पनि पहिले जस्तै चम्किएको मिडिया हो।आजको घटना भोलि चियाको चुस्की सहित पढ्न सकिने एउटा सरल र सस्तो प्रबिधि हो।यसलाई पछिल्लो समय भने पाठकलेनै अलिक चासोले लिन नसक्नुले छापा मिडिया धरापमा छ तर धेरै छापा मिडियाहरुले भने अनलाइन मिडिया संचालन गर्दै छापा मिडियालाई पनि संगै लिएर हिडेको पाईन्छ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य