हिम्मत भए सड़कमा ओर्लिएर जनता संग हात मिलाउ मोदी

  • -लालिगुराश सम्बाद दाता
  • शुक्र, बैशाख २८, २०७५

     

    ✍ डायमण्ड अधिकारी “बिरोधी”

    बिदेशी नाकाबन्दी का छौड़ाहरु नेपाल आमा को छाती माथि हतियार बन्द परेड खेल्ने नेपाली को आन्तरिक उड़ान बन्द गराएर तिनका बहान उडाउने। जय राष्ट्र बाद भनेर नेपाली ले दश हजार का सिलिन्डर का डल्ला किने। त्यही भजन को नाइके आज लगाम लगाएको घोड़ा बनेर बग्गी तान्न दास भएको छ।

    राजनीति को नीति धर्म र जनसेवाका न्यूनतम संबेदना लाई लात्ति ले हानेर आज देश मा रक्तिम उत्सब को बिदा दिने सरकारी निर्णय आम जनता को पीड़ा माथि नून छरने कार्य मात्र हो। एक देशभक्त र राष्ट्र सेबक नेपाली सेना लाई सड़क को डंगुर उठाउन लगाई मोदी को सेना जानकी मन्दिर को आंगन मा परेड खेलाउने अधिकार कुनै माइकालाल लाई छैन। ब्यक्तिगत रुपमा दास बनेर बस तलुवा चाट चाकरी गर तर मुक्तिनाथ को शिर मा पापी हरुको बिमान उडाउने अनुमति दिने तिमीहरु को हौ?  पवित्र मन ले दर्शन गर्न जाने लाखौ भक्तजन रोकने तिमीहरु को हौ? मन्दिर मा भक्त रोक्ने अधिकार कुनै जनता का नोकर हरु लाई छैन। हेक्का रहोस । महंगी को ज्वाला मा कति अपांग र गरीबको पेट भोको रहेको छ मिस्टर मोदी ले के माफी माग्ला? तिमीहरु को चाकरी एक कुदृष्टि राख्ने पापी लाई छ यसको लेखाजोखा जनता ले गर्ने छन। जनता मा नाकाबन्दी ले पाएको दुख महंगी को आक्रोश सेलाएको छैन यदि मोदी मोदी को हनुमान हरु को हिम्मत भए सड़क मा नेपाली जनता सग पहिले झै हात मिलाएर देखाउने हिम्मत गर। जनता ले जबाफ दिने छन सड़क बाट मोदी को हैसियत केहो।

    नेपाली राष्ट्रप्रमुख जादा राज्य मन्त्री को सम्मान दिने देश को प्रमुख आउंदा नेपाली सेना प्रहरी प्रधानमंत्री संबैधानिक निकायका प्रमुख गुप्तचर विभाग सूचना बिभाग सञ्चार गृह लाम लगाएर पाऊ धुन लाग्नु पर्ने देश को नागरिक भएर कहिले सम्म रहनु पर्ने हो नेपाली जनता ले यसको जबाफ कसले दिने हो जनतालाई कहिले शिर ठाडो बनाएर एक शार्बभौम देश को नागरिक को हैसियत बन्ने हो नेपालीको कति सताब्दी परखनु पर्ने हो कठै हामि नेपाली।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य