एक प्रेमी जोडीमध्ये युवकलाई बाँधेर कुटिएको छ भने प्रेमिकाले आत्महत्या

  • -लालिगुराश सम्बाद दाता
  • बिहि, भदौ १५, २०७४

    एजेन्सी। भारतको उत्तर प्रदेशमा प्रेमकथामा निकै खतरनाक मोड आएको छ । यहाँका एक प्रेमी जोडीमध्ये युवकलाई बाँधेर कुटिएको छ भने प्रेमिकाले आत्महत्या गरेकी छिन् । उनीहरु दुईको अबैध सम्बन्ध रहेको बताइएको छ ।

    प्रेमिका महिला विवाहित थिइन् र उनको अर्का एक पुरुषसँग अबैध सम्बन्ध थियो । यो कुरा महिलाका पतिले थाहा पाएपछि घरमा आएका ती युवकलाई बिहानै कुटपिट गरे । संजय सोनकरले आफ्नी पत्नी रानी देवीको अबैध सम्बन्ध छिमेकी गाउँमा सत्यमसँग रहेको थाहा पाएपछि सत्यमलाई कुटेका थिए । छिमेकीहरुले यो कुरा थाहा पाएपछि उनीहरुले पनि सत्यमलाई बाँधेर कुट्न थाले ।

    यही बीचमा कसैले प्रहरीलाई सूचना दियो । घटनास्थलमा पुगेको प्रहरीले सत्यमलाई नियन्त्रणमा लिएपछि संजयलाई कुटन थाले । पहिले प्रेमी र पछि प्रहरीको हातबाट पति कुटिएको देखेकी महिला रानीले आत्तिएर ट्रेनअगाडि हाम्फालेर आत्महत्या गरिन् । संजयका अनुसार त्यो दिन रानी घरमै थिइन् । त्यही बेला सत्यमले रानीलाई एउटा कागज दिएका थिए । संजयले त्यो कागज माग्दा रानीले दिन अस्वीकार गरिन् । पछि संजयले जबर्जस्ती खोसेर हेर्दा त्यो प्रेमपत्र भएको बताएका छन् ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य