वामगठबन्धन माथि लगाए मोहन बैधेले यस्तो आरोप ,बिदेशीको छाता ओडेर जनतालाई सक्ता, शक्ति र पैसाको प्रभावमा पारेर चुनाव जिते


Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
आइत, पुस ९, २०७४

काठमाडौं,९,पुस
निर्वाचनपछि संगठन सुदृढीकरण, विस्तार र निर्वाचन समीक्षा गर्न बसेको मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको केन्द्रीय समिति बैठकमा अधिकांश सदस्यले सशस्त्र संघर्ष गर्नुको विकल्प नरहेको बताए । चितवनको मंगलपुरमा ६ पुस देखि बसेको बैठकमा नेताहरूले सशस्त्र संघर्षमा जानु पर्नेमा जोड दिएका हुन ।

अहिलेको निर्वाचनमा वास्तविक जनताको अभिमत प्रकट नभएको नेताहरूको धारणा छ । सत्ता, शक्ति र कालो धन हुनेले निर्वाचन जितेको धारणा अधिकांशले राखेको केन्द्रीय सदस्य बद्री बजगाईंले बताए । ‘जनतालाई सक्ता, शक्ति र पैसाको प्रभावमा पारेर निर्वाचन जितेका छन्,’ बजगाईंले भने, ‘यसरी निर्वाचित भएका संसादले जनताको पक्षमा काम गर्न सक्दैनन् भन्ने धारणा साथीहरूको छ ।’

अहिलेको संसदीय व्यवस्थाबाट देशको निकास नहुने भएकाले जनवादी क्रन्तिका लागि सशत्र संघर्ष गर्नुको विकल्प नरहेको बजगाईंले बताए । वाम गठबन्धन विदेशी शक्तिको आडमा निर्माण भएको क्रान्तिकारी माओवादीको ठहर छ । क्रान्तिकारी माओवादीले निर्वाचनमा १३ हजार ९४४ मत पाएको थियो ।
नयाँपत्रिकाबाट

यसमा तपाइको मत

ट्वीटर

बाट अन्य