रोगबाट पीडित वरिष्ठ मेकअप आर्टिस्ट इन्द्र लामालाई उपचारका लागि अभिनेता राजेश हमाल सहयोग

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    आइत, पुस ३०, २०७४

    काठमाडौं । लामो समयदेखि मृगौला, मधुमेह लगायतका रोगबाट पीडित वरिष्ठ मेकअप आर्टिस्ट इन्द्र लामालाई उपचारका लागि अभिनेता राजेश हमालले पनि सहयोग गरेका छन् । अभिनेता हमालले शुक्रबार आयोजित कार्यक्रममा लामालाई सहयोग गरेका हुन् ।

    हमालसहित नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा र अभिनेता सुमन सिंहले च्यारिटी आयोजना गरेका थिए ।

    लामालाई नेपाल चलचित्र प्राविधिक संघको अगुवाइमा १ लाख २३ हजार रुपैयाँ नगद लामालाई बुझाइयो । नेफ्टाबाट संकलित ४७ हजार ५ सय र च्यारिटीबाट जुटेको ७६ हजारसहित कूल १ लाख २३ हजार पाँचसय रुपैयाँ हस्तान्तरण गरिएको थियो ।

    हमालले आफू सदैव प्राविधिकको हक हितमा जुट्ने बताउँदै लामाको स्वास्थ्य लाभको समेत कामना गरे ।

    ३५ वर्ष लामो फिल्म करियरमा लामाले ३ सयभन्दा बढी सिनेमामा मेकअप म्यानको रुपमा काम गरे । उनी नेफ्टाका साधारण सदस्य समेत हुन् ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य