किन दिए देउवालाई कारबाहीको माग गर्दै बजगाईंले उजुरी ?

  • -लालिगुराश सम्बाद दाता
  • शुक्र, चैत्र १५, २०७५

    काठमाडौँ, १५ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध केन्द्रीय अनुशासन समितिमा उजुरी परेको छ । गोरखाका राजेन्द्र बजगाईंले देउवाविरुद्ध उजुरी हालेका हुन् ।

    बजगाईं नेपाली कांग्रेसका महासमिति सदस्य समेत हुन् ।बजगाईंले देउवाका कारण संसदीय मर्यादामा चोट पुग्नुका साथै पार्टीको साखसमेत गिरेको भन्दै हदैसम्म कारबाही गर्न माग गरेका छन् ।

    कांग्रेस प्रमुख प्रतिपक्षी दल भए पनि देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गर्न दिनुले संसदीय मर्यादामा चोट पुगेको र पार्टीको साख गिरेको उनको दावी छ ।

    सभापति देउवाले हरेक कुरामा सरकारलाई सहयोग नै गरिरहेको भन्दै बजगाईले सरकारका गतिविधिमाथि औंला उठाउन नसकेको आरोप लगाए ।देउवाका कदमले पार्टीदेखि जनताहरुसमेत निराश भएका कारण दोस्रो संविधानसभामा पहिलो पार्टी बनेको कांग्रेस अहिले पराजित भएको पनि बजगाईंले दावी गरेका छन् ।सरकारले ल्याएका प्रेसविरोधीलगायत अन्य धेरै विधेयकको पनि कांग्रेसले विरोध गर्न नसकेको बजगाईंको भनाइ छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    राजनीति बाट अन्य

    काग्रेस पार्टी प्रगतिशिल शक्ति सिध्याउन प्रतिगामी शक्तिसँग मिलेको प्रधानमन्त्री ओलीको दावी

    नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओलीले नेपाली काँग्रेसले प्रगतिशील र वामपन्थीसँग मिलेर अघि बढ्नुको साटो प्रतिकृयावादी शक्तिहरुसँग घाँटी जोडेको आरोप लगाएका छन् । पार्टी स्थापनाको ७० बर्षगाठ मनाउन तथा पार्टी एकता प्रकृयाबारे केही निर्णय सुनाउन...

    सरकारले संविधान कार्यान्वयन हुनेगरी कानुन निर्माणको कामलाई अघि बढाउन नसकेको डा. बाबुराम भट्टराईको आरोप

    काठमाडौँ – नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारले संविधान कार्यान्वयन हुनेगरी कानुन निर्माणको कामलाई अघि बढाउन नसकेको आरोप लगाएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका संयोजक भट्टराईले संघ, प्रदेश र स्थानीय तहको...

    किन देखाए यी युवाले प्रधानमन्त्री ओलीलाई कालोझण्डा ? को हुन् यी युवा ?

    बुटवल । शुक्रवार बुटवलको एक बिशाल कार्यक्रममा एक मात्र युवा रुद्रप्रसाद घिमिरेले सयौं सुरक्षाकर्मी र नेपाल कम्युनिष्ट पार्टीका हजारौं कार्यकर्ताको भीडबीचमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने ‘हिम्मत’ गरे दुस्साहस’को हदमा उत्रिएर प्रम ओलीलाई...

    राष्ट्रिय मानवअधिकार आयोग ऐन २०६८ संशोधन विधयेकप्रति मानवअधिकार आयोगको आपत्ति

    काठमाडौं, वैशाख ७ । सरकारले राष्ट्रिय मानवअधिकार आयोगको अधिकार कटौती गर्ने गरी राष्ट्रिय मानवअधिकार आयोग ऐन संशोधन विधेयक अघि बढाएको छ । आफ्नो स्वायत्ततामै असर पर्ने परी ऐनका दफाहरु परिवर्तन गरेर सरकारले संशोधन विधेयक अघि...

    यस्तो आयो महासचिव विष्णु पौडेलको बालुवाटारको विवादित जग्गाबारे प्रष्टिकरण , पढ्नुहोस्

    काठमाडौं, ७ बैशाख । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले बालुवाटारको विवादित जग्गाबारे प्रष्टिकरण दिएका छन् । शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै महासचिव पौडेलले विवादित जग्गाबारे स्पष्ट पारेका हुन् । उक्त जग्गाको बिषयलाई...

    ओली नेतृत्वको वर्तमान सरकार धेरै नटिक्ने देउवाको ठोकुवा !

    काठमाडौं, ७ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अब धेरै नटिक्ने ठोकुवा गरेका छन् । नयाँ वर्षको अवसरमा काठमाडौं क्षेत्र नम्बर–५ ले आज (शनिबार)...

    नेविसंघलाई देउवाको निर्देशन, ‘जनतालाई करमाथि कर थोपर्ने जनताविरोधी काम ओली सरकार विरुद्ध आन्दोलनको तयारी गर्नू’

    काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकारले एउटा पनि राम्रो काम गर्न नसकेको बताएका छन् । कांग्रेस सभापति देउवाले पत्रकार र शिक्षकलगायत सबैमाथि अन्याय, अत्याचार गर्ने ओली...

    जनसरकार प्रमुखसहित कैलालीबाटविप्लवको २ नेता पक्राउ

    २८ चैत, कैलाली । सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जनसरकार प्रमुखसहित २ नेतालाई प्रहरीले कैलालीबाट पक्राउ गरेको छ । नेकपाको बर्दगोरिया गाँउपालिकाका जनसरकार प्रमुख अमर बम र क्रान्तिकारी किसान संघ, कैलालीका...

    नेपाल आईडलका प्रताब दास किन हिडे रुदै (भिडियो)

    काठमाडौं- सोलु डिजिटलको प्रस्तुती प्रताब दासको मार्मिक आधुनिक गित “मलाई किन किन” गीतको म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । पछिल्लो समय निकै चर्चामा रहेका गायक प्रताव दासको सुमधुर आवाज रहेको छ । निर्देशन,छायांकन तथा...

    किन छाडे विप्लवका गोरखा जिल्ला सदस्यसहित ३ नेताले पार्टी ?

    १४ चैत, गोरखा । गोरखामा नेत्रविक्रम चन्द नेतृत्वको समूहका तीन कार्यकर्ताले समूह परित्यागको घोषणा गरेका छन् ।बुधबार साँझ संयुक्त विज्ञप्ति जारी गरी समूहका जिल्ला सदस्य अनिल कुमाल, युवा कमिटी सदस्य गोकुल कुमाल र इलाका...