सरकारले संविधान कार्यान्वयन हुनेगरी कानुन निर्माणको कामलाई अघि बढाउन नसकेको डा. बाबुराम भट्टराईको आरोप

  • -लालिगुराश सम्बाद दाता
  • सोम, बैशाख ९, २०७६

    काठमाडौँ – नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारले संविधान कार्यान्वयन हुनेगरी कानुन निर्माणको कामलाई अघि बढाउन नसकेको आरोप लगाएका छन् ।

    पूर्व प्रधानमन्त्री समेत रहेका संयोजक भट्टराईले संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्धलाई व्यवस्थित बनाउन सरकारले प्रस्ताव गरेको राष्ट्रिय समन्वय परिषद् र प्रदेश समन्वय परिषद् पनि व्यवहारिक नभएको दाबी गरे ।

    सोमबार ललितपुरमा एक कार्यक्रमका बीच डा. रुद्र शर्माद्वारा लिखित ‘नेपाल, भारत र अमेरिकामा संघीय विवाद निरुपण’ सम्बन्धि पुस्तकको बिमोचन गर्दै उनले संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई बलियो बनाउने गरी कानुन निर्माण गरेर संघीयता कार्यान्वयनमा जोड दिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

    संयोजक भट्टराईले वित्तिय संघीयता र प्राकृतिक स्रोत, साधनको बाँडफाँडसम्बन्धि विवाद नेपालको संघीयता कार्यान्वयनको विवादको मूल विषय रहेकाले सो विवाद निरुपणका लागि व्यापक बहसको जरुरी रहेको पनि स्पष्ट पारे ।

    कार्यक्रममा बोल्दै पूर्व सभामुख दमननाथ ढुंगानाले संघीयता कार्यान्वयनका लागि सरकारले सबै प्रदेशको सन्तुलित विकासमा जोड दिनुपर्ने आवश्यक्ता औंल्याए । उनले सबै प्रदेशको समुचित विकास गरेर एकीकृत राष्ट्रिय भावनाको विकास गर्नु नेपालको संघीयताको मूल चूरो भएको उल्लेख गर्दै सोही अनुसारको कामलाई अघि बढाउन पनि सरकारलाई सुझाव दिए ।

    पुस्तकमा संविधान बमोजिम नेपालको संघीयतामा प्रदेश सरकारको भूमिका सशक्त हुनुपर्नेमा त्यसो हुन नसकेको उल्लेख गरिएको छ । प्रदेश सरकारनै संघीयतामा जन अपेक्षा पूरा गर्ने सरकार भए पनि सोही अनुसारको अधिकार प्रत्यायोजन हुन नसकेको पुस्तकका लेखक शर्माको दाबी छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    राजनीति बाट अन्य

    पार्टी एकीकरण भयपछी समाजवादी पार्टीले मुख्य मुख्य शहरमा आमसभा गर्दै

    काठमाडौं । नवगठित समाजवादी पार्टीले एकताको सन्देश दिन सातवटै प्रदेशका मुख्य शहरमा आमसभा गर्ने भएको छ । पार्टी एकताको सन्देशका साथै अगुवा कार्यकर्तालाई अभिमुखीकरण गर्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको समाजवादी पार्टीका सहअध्यक्ष...

    बालुवाटार जग्गा प्रकरणमा सभापति देउवा भए पनि छोडिन्न : नेता पौडेल

    गाईघाट । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काङ्ग्रेस आबद्ध जुनसुकै तहका र जो सुकै नेताहरु पनि भ्रष्टाचारमा मुछिएको थाहा पाए कडा कारवाही गरिने बताएका छन् । प्रेस युनियन उदयपुरले शुक्रबार बिहान उदयपुर जिल्लाको...

    आज प्रधानमन्त्री के.पी ओली भियतनाम प्रस्थान

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज भियतनाम प्रस्थान गरेका छन् । भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका...

    ‘मेरो सरकार’ले मदन भण्डारीको हत्यारा खोज्न सक्छ ?

    ‘अहिलेनेपाली कांग्रेसका नेता बालकृष्ण खाणले हाँस्यकलाकारले देश चलाइरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ब्यंग गरेका छन्। हाँस्यकलाकारले देश चलाइरहेका छन्। हाँस्यकलाकार स्टेजबाट ओर्लेर सिंहदरबार गए,’ काठमाडौंमा बुधबार आयोजित पार्टीको राष्ट्रिय जागरण अभियानमा कांग्रेस संसदीय...

    कसरी भयो संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकता ? पढ्नुहोस्

    काठमाडौं। उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीबीच एकता भएको छ। सोमबार राजधानीको प्रज्ञा भवनमा यी दलबीच एकता भएको हो। एकता भएसँगै वैकल्पिक राजनीतिक शक्तिको उदय भएको नेताहरुले...

    चीनबाट फर्किएको भोलिपल्ट नै वरिष्ठ नेता माधवकुमार नेपाल अमेरिका जादै

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालआज अमेरिका जाने भएका छन् । चीन भ्रमणबाट हिजो मात्र फर्किएको नेता नेपाल आज साँझा अमेरिका जान लागेका हुन् । नेता नेपाल...

    काग्रेस पार्टी प्रगतिशिल शक्ति सिध्याउन प्रतिगामी शक्तिसँग मिलेको प्रधानमन्त्री ओलीको दावी

    नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओलीले नेपाली काँग्रेसले प्रगतिशील र वामपन्थीसँग मिलेर अघि बढ्नुको साटो प्रतिकृयावादी शक्तिहरुसँग घाँटी जोडेको आरोप लगाएका छन् । पार्टी स्थापनाको ७० बर्षगाठ मनाउन तथा पार्टी एकता प्रकृयाबारे केही निर्णय सुनाउन...

    किन देखाए यी युवाले प्रधानमन्त्री ओलीलाई कालोझण्डा ? को हुन् यी युवा ?

    बुटवल । शुक्रवार बुटवलको एक बिशाल कार्यक्रममा एक मात्र युवा रुद्रप्रसाद घिमिरेले सयौं सुरक्षाकर्मी र नेपाल कम्युनिष्ट पार्टीका हजारौं कार्यकर्ताको भीडबीचमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने ‘हिम्मत’ गरे दुस्साहस’को हदमा उत्रिएर प्रम ओलीलाई...

    राष्ट्रिय मानवअधिकार आयोग ऐन २०६८ संशोधन विधयेकप्रति मानवअधिकार आयोगको आपत्ति

    काठमाडौं, वैशाख ७ । सरकारले राष्ट्रिय मानवअधिकार आयोगको अधिकार कटौती गर्ने गरी राष्ट्रिय मानवअधिकार आयोग ऐन संशोधन विधेयक अघि बढाएको छ । आफ्नो स्वायत्ततामै असर पर्ने परी ऐनका दफाहरु परिवर्तन गरेर सरकारले संशोधन विधेयक अघि...

    यस्तो आयो महासचिव विष्णु पौडेलको बालुवाटारको विवादित जग्गाबारे प्रष्टिकरण , पढ्नुहोस्

    काठमाडौं, ७ बैशाख । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले बालुवाटारको विवादित जग्गाबारे प्रष्टिकरण दिएका छन् । शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै महासचिव पौडेलले विवादित जग्गाबारे स्पष्ट पारेका हुन् । उक्त जग्गाको बिषयलाई...