ओलीले झापा पुगेर भने– ‘उमेरमा माया गर प्रिय बुढेसकालमा त एमाले छदैँछ नि ?

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    बुध, असार ७, २०७४

    ओलीले झापा पुगेर भने– ‘उमेरमा माया गर प्रिय बुढेसकालमा त एमाले छदैँछ नि ?’
    ७ असार । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली चुनावी अभियानका क्रममा झापाका विभिन्न गाउँपालिका र नगरपालिकाका सहभागी भएका छन् । ती चुनावी सभामा उनले एमाले विकास प्रेमी ार्टी भएको दाबी गरे ।

    वृद्धभत्ता दिने, आफ्नो गाउँ आफैँ बनाऔँ अभियान चलाउने पार्टी एमाले नै भएको भन्दै उनले बुढेसकालको साहरा पनि एमाले बाहेक अरु नभएको दाबी गरे । ‘मैले अस्ति भर्खर एउटा दृष्य हेरेको थिएँ,’ ओलीले भने, ‘त्यहाँ एक जना महिलाले एक पुरुषलाई माला लगाएर ‘मलाई अहिले माया गर प्रिय बुढेसकालमा त एमाले छदैँछ नि’ भन्दै थिइन् । मलाई खुशी लाग्यो । हो, एमाले बुढेसकालको साहरा हो ।’

    उनले नेपालमा एमाले मात्रै विद्युतीय रेल चलाउने सकने, हुलाकी राजमार्ग सञ्चालनमा ल्याउन सक्ने दाबी पनि गरे । उनले ती सबै काम स्थानीय सरकारका माध्ययमबाट गर्न सकिने भन्दै मंसिरपछि एमालेले देश चलाउने दाबी गरे । ‘त्यसपछि जनताले चाहेका सबै चाहना एमालेले पूरा गर्छ,’ उनले भने, ‘देश चलाउने क्षमता एमालेसँग छ ।’

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य