राप्रपा : बागीको साधारण सदस्यता खारेज गरिने

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    शनि, असार १०, २०७४

    काठमाडौँ, १० असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारविरुद्ध बागी भएर उठ्ने कार्यकर्ताको साधारण सदस्यसमेत खारेज गर्ने भएको छ ।

    पार्टीले स्थानीय तहमा सङ्गठन निर्माणमा गरेको दुःख र त्यागको मूल्याङ्कन गरी टिकट दिएका उम्मेदवारलाई पराजित गराउने उद्देश्यले उठेका स्थानीय नेता तथा कार्यकर्तालाई कारबाही गर्ने नीति लिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । पार्टीले यही असार १४ गते हुने तीन सय ३४ स्थानीय तहको निर्वाचनमा पार्टी मातहतका जनवर्गीय सङ्गठनलाई स्थानीय नगर तथा वडास्तरीय निर्वाचन समितिसँग समन्वय गरेर प्रचारप्रसार गर्न निर्देशन दिएको छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य