प्रचण्डले चन्द कार्यकर्तालाई आफ्नो दलमा किन भित्र्याइरहेका छन ?

  • -लालिगुराश सम्बाद दाता
  • शुक्र, जेष्ठ २४, २०७६

    काठमाडौं । पूर्व माओवादीभित्र नेत्रविक्रम चन्दलाई सौखिन नेताका रूपमा चिनिने गरिन्छ । ठकुरी बाबुसाहेबसमेत भन्थे कतिपयले उनलाई । उनको ठाँटबाँठ त्यस्तै थियो । कुनै पनि युद्धमोर्चा राम्ररी नसम्हालेका उनलाई पार्टीभित्रका विद्रोही मानिन्थ्यो । आखिर उनको शैली अझै त्यस्तै छ । चन्दले पूर्व माके सत्तामा रहँदा झन् ठूलो विद्रोह गरे ।

    देशभर चन्दा आतंक मच्चाएर नयाँ द्वन्द्व सृजना गरिरहेका छन् चन्द । सरकार उनीमाथि दमनको नीति लिएर अघि बढेको छ । प्रधानमन्त्री केपी ओलीले चन्दलाई आतंककारी भनिसकेका छन् । उनले सार्वजनिक रूपमै भने– ‘आतंककारीले के खोजेको हो ?’ सरकार पेलेर गलाउने नीतिमा लागे पनि चन्द गलेका छैनन् । उनका कार्यकर्तामाथि प्रहरी प्रशासनले कडा नीति लियो । यस क्रममा प्रहरीको गोली प्रहारबाट चन्दका एक कार्यकर्ताको मृत्यु भयो । सरकारको कठोर नीति हुँदाहुँदै पनि चन्द झन् कडा रूपमा प्रस्तुत भएका छन् । यसबाट उनलाई कसले उचाल्यो भन्नेबारे खोजबिन सरकारी निकायबाट हुन थालेको छ । सत्तारूढ नेकपाका मुख्य नेतामा यसको चासो बढेको हो ।

    चन्दलाई देशभित्र मात्र नभई बाहिरबाट कुनै न कुनै साथ रहेको आशंका सत्तारुढ नेकपाभित्र छ । सर्पले सर्पकै खुट्टा देख्छ भनेजस्तै भएको छ पूर्व माओवादी केन्द्रभित्र । पूर्व माओवादी केन्द्रले कुनै न कुनै रूपमा अन्तर्राष्ट्रिय साथ र सहयोग पाएका थियो । जानकार सूत्रका अनुसार, रिम र कम्पोसा जस्ता वामपन्थीहरुको अन्तर्राष्ट्रिय संस्थासँग पूर्व माओवादी केन्द्रको साँठगाँठ थियो । ती संस्था अन्तर्राष्ट्रिय रूपमै विवादमा परे ।

    माइक्रोम्यानेजमेन्टका लागि शक्तिराष्ट्रले तयार गरेका थिए ती संस्था । पूर्व माओवादी केन्द्रका नेताको मुख्य बसाइ भारतमा हुन्थ्यो । प्रचण्ड र बाबुराम भट्टराईजस्ता नेता लामो समय भारतमै बसेका थिए भन्ने कुरा जगजाहेर नै छ । उनीहरुले भारतबाट सेल्टर पाएको विषय नउठेको होइन । भारतको समर्थन तत्कालीन माओवादी केन्द्रले पाएको विषय उठिरहँदा उसका केही नेता भारतमा पक्राउसमेत परेका थिए । सैद्धान्तिक रूपमा कम्युनिष्ट पार्टी भएकाले चीनको साथ रहेको चर्चा पनि चल्यो । त्यसबाहेक नेपालमा सांस्कृतिक आक्रमणको योजना सफल बनाउन पश्चिमाहरुले तत्कालीन माओवादी केन्द्रलाई उचालेको विषयसमेत बाहिर आयो ।

    अहिले चन्दले जुन ऊर्जा बटुलिरहेका छन्– त्यसमा आशंका गर्ने ठाउँ धेरै छन् । चन्द अपत्यारिलो ढंगले आक्रामक बन्दै गएका छन् । उनका कार्यकर्ता मर्न र मार्न तयार हुनेगरी प्रस्तुत भइरहेका छन् । आत्मघाती शैलीका तयारीसमेत चन्द समूहबाट भएको छ । यसका लागि आन्तरिक तयारीले मात्र पुग्दैन भन्ने ठहरमा सरकार पुगिसकेको बुझिन्छ । उनलाई कुन बाह्य शक्तिले किन उचालिरहेको छ भन्नेबारे तथ्य भेट्न मुश्किल छ । नेपालमा चासो राख्ने मुख्य शक्ति भारत, चीन, अमेरिका र युरोपेली युनियन हुन् । रुसको चासो खासै देखिँदैन । चन्दलाई ऊर्जा दिन यीमध्येका कुनचाहिं शक्ति किन लागे ? कतै चन्दलाई देखाएर प्रचण्ड नै शक्तिशाली बन्न खोजेका त हैनन् भन्नेसम्मका चर्चा सुरु भएका छन् ।

    प्रचण्डले चन्दप्रति लचिलो हुनेगरी अभिव्यक्ति दिँदै आएकाले पनि यस्ता टिप्पणी भएका हुनसक्छन् । जसरी प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली चन्दविरुद्ध कडा रूपमा प्रस्तुत भइरहेका छन्– त्यसरी प्रचण्ड प्रस्तुत भएका छैनन् । चन्दको कारणले नै प्रचण्डलाई ओली सरकार कमजोर बनाउन साथ मिलिरहेको त छैन ? चन्द जति सरकारविरुद्ध कडा बन्छन्– त्यति नै सरकारमाथि दबाव बढ्छ । चन्दको अपत्यारिलो सक्रियता र शक्ति विस्तार आन्तरिक सत्ता परिवर्तनसँग जोडिन खोजिएको बारेसमेत राजनीतिशास्त्रीहरुले केलाउन थालिसकेका छन् ।

    मुठभेडको मुडमा चन्द

    यसैगरी, चन्द नेतृत्वको नेकपा सशस्त्र गतिविधिमा सक्रिय हुँदै गएको छ । प्रहरी चन्दप्रति कठोर बनेपछि उक्त समूहले प्रतिक्रिया जनाउन सक्ने भएकाले प्रहरी कार्यालयलाई सतर्क रहन निर्देशन दिइएको प्रहरी स्रोतले जनायो । चन्द समूहप्रति कडाभन्दा कडा नीति लिन सरकारबाट प्रहरीलाई निर्देशन भएपछि पक्राउको क्रम बढेको छ । चन्दका कार्यकर्ता प्रहरी कारबाहीमा मारिइसकेका छन् । राजधानीको घट्टेकुलोमा १२ जेठमा चन्द समूहले बम विष्फोटको तयारी गरिरहँदा विष्फोटमा परी चारजना चन्द समूहका कार्यकर्ता मारिए । उक्त घटनापछि चन्द समूहले विभिन्न स्थानमा बम विष्फोट र आगजनी गरेको थियो ।

    चन्द मुठभेडको मुडमा पुगेपछि सरकारले ऊप्रति झन कठोर नीति लिने संकेत गरिसकेको छ । प्रम ओलीले चन्द समूहलाई ‘आतंककारी’ भनिसकेका छन् । प्रचण्ड चन्द कार्यकर्तालाई दलमा भित्र्याइरहेका छन् । ओलीले वार्तामा ल्याउने बाध्यात्मक परिस्थिति बनाउन खोज्दा चन्दले नटेरेपछि कडा रूपमा प्रस्तुत हुने संकेत दिएको बताईन्छ । विमर्श साप्ताहिकले लेखेको छ– चन्दको आक्रामक शैली र सरकारको कठोर नीतिमा देश मुठभेडमा जान सक्ने खतरा बढेको विश्लेषकहरुको ठम्याई छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    राजनीति बाट अन्य

    इटहरीमा मेयर द्वारीकलाल चौधरीको फेरी कडा प्रहार ! भ्रष्टचारीको एक एक नाम भन्दा सबै चकित(भिडियो)

    झापा । इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकलाल चौधरीले भ्रष्टाचार गरेको भन्दै दुई जना कर्मचारीलाई ढोका थुनेर कुटपीट गरेका छन् । उनले कार्यालयमै बोलाएर दुई कर्मचारीलाई कुटपीट गरेका हुन् । कुटपीट गरेपछि भ्रष्टाचार गर्ने कर्मचारीलाई काम...

    आउदो फागुन वा चैतमा पार्टीको महाधिवेशन हुनुपर्नेमा नेता पौडेलको जोड

    चितवन। नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आउदो फागुन वा चैतमा पार्टीको महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् । आज यहाँ पत्रकारसँगको कुराकानीमा उनले महाधिवेशन नियमित हुनुपर्ने आवश्यकता औँल्याएका हुन् । पार्टीको चार वर्षको कार्यकाल...

    जनतालाई फेरी सास्ती ! प्रधानमन्त्री ओली फर्केपछि बढाइँदै गाडी भाडा

    जेठ ३२, काठमाण्डौ । सरकारले सबैखाले सार्वजनीक सवारी साधनमा लागू हुने गरी बढाएको एक दिन पनि नबित्दै फिर्ता लियो । बिहिबार दिउँसो करिब ३ बजेतिर भाडा बढाएको सूचना जारी गरेको यातायात व्यवस्था विभागले बेलुकी...

    गुठी विधेयक वार की पार ! गुठी विधेयक विरोधमा बसन्तपुरमा बृहत् प्रदर्शन

    काठमाडौं । सरकारले ल्याउन लागेको गुठी विधेयकको विरोधमा बसन्तपुरमा पनि बिहानै प्रदर्शन भएको छ। ज्यापु महागुथी नेपाः ले आह्वान गरेको बसन्तपुरको दमकल अगाडिबाट विरेध प्रदर्शन भएको थियो । प्रदर्शनकारीले उक्त गुठी विधेयक धर्म संस्कृति...

    सुकेधारा बम विष्फोटः मृत्यु हुनेको संख्या ५ पुग्यो ,विप्लव कार्यकर्ता रामकुमार श्रेष्ठको शनिबार मृत्यु

    काठमाडौं। नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गराएको बम विष्फोटमा परी थप एक जनाको मृत्यु भएको छ । यससँगै जेठ १२ गते काठमाडौँमा भएको श्रृंखलाबद्ध बम विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।...

    हिरासतबाट निस्के पछी नागरिककर्मी ज्ञानेन्द्र शाही मिडियामा ! ज्ञानेन्द्र शाहीले, ओली प्रचण्ड र देउवाको सम्पत्तिको गरे यसरी पर्दाफास

    काठमाडौं, ३० जेठ । पक्राउ परेर हालै रिहाई भएका नागरिककर्मी ज्ञानेन्द्र शाहीले पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सम्पत्तिको पर्दाफास गरेका छन् । बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण...

    किन ? पत्याउदैनन तत्कालिन सरकारलाई ! ओली सरकारले ल्याएका विधेयक विवादै विवादमा

    जेठ २९, काठमाण्डौ । नीतिगत सुधारका लागि सरकारले ल्याएका धेरैजसो विधेयकहरु विवादमा परेका छन् । अधिकांश विधेयकका कारण संसददेखि सडकसम्म विरोध भएको छ । विवादको श्रृखला अझै जारी छ । यसले सरकारलाई नै कमजोर...

    नाकको हड्डी भाँच्ने मेयरको धम्की ! यसरि फिर्ता लिए विवादास्पद अभिव्यक्ति

    २६ काठमाडौं । चर्को आलोचनापछि इटहरी नगरपालिकाका मेयर द्वारिकलाल चौधरीले ‘पत्रकारको नाकको हड्डी भाँच्न एक करोड छुट्याएको छु’ भन्ने विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन् । मेयर चौधरीले आइतबार विज्ञप्ति जारी गर्दै आवेगजन्य परिस्थितिका कारण आफूले...

    यसरी पक्राउ गरे प्रहरीले विप्लवका १८ कार्यकर्ता !

    कास्की प्रहरीले जिल्लाको अन्नपूर्ण गाउँपालिकाबाट नेत्रविक्रम चन्द विप्लव समूहका १८ नेता/कार्यकर्तालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति उनीहरुलाई अन्नपूर्ण गाउँपालिका–११ उरी भन्ने ठाउँबाट नियन्त्रणमा लिइएको हो ।पक्राउ पर्नेहरुमा विप्लव समूहका कास्की...