मतदान स्थल पुगेर भोट हाल्दै यसरि भए हर्षित गच्छदार भने यस्तो


  • -लालिगुराश सम्बाद दाता
  • बिहि, मंसिर २१, २०७४

    सुनसरी, २१ मंसिर – उपप्रधानमन्त्री विजय कुमार गच्छदारले यो मतदानले संविधानलाई कहिल्यै नमर्ने गरि जिवित बनाएको भन्दै उपप्रधानमन्त्री बिजय गच्छदारले शहीद जनताको सपना पुरा भएको प्रतिक्रिया दिएका छन् ।

    सुनसरीको दुहवी नगरपालिका वडा नम्बर २ को तुताहामा रहेको नविन शिक्षा निकेतन मतदान केन्द्रमा उपप्रधानमन्त्री विजय गच्छदारले मध्यान्ह मतदान गरेपछि संचारकर्मीसंग ७० बर्षदेखी जनताले देखेको सपना साकार भएको बताए ।

    उनले जनताले जनताका लागि निर्माण गरेको संविधानले पूर्णता पाएको र संविधान अधिकार सम्पन्न भएको बताउँदै ७० बर्षदेखि जनताले देखेको सपना पुरा भएको उल्लेख गरे।

    आजको मतदानले शहीदको समेत सपना पुरा गरेको उनको भनाई थियो । संविधान पूर्णतया कार्यान्वयन भएको दिन भएकाले आफूलाई अन्त्यन्त गर्व लागेको बताउँदै गच्छदारले आम जनतासंगै यो सपना विपी, गिरिजा र कृष्णप्रसादहरुको पनि सपना थियो जुन आज पुरा भएको बताए ।

    मध्यान्हसम्म सुनसरी जिल्लाका १ सय ६६ मतदान स्थलमा रहेका ५ सय २७ मतदान केन्द्रमा ४० प्रतिशत मत खसेको छ । सुनसरी जिल्लामा रहेका ४ निर्वाचन क्षेत्रमा ४ लाख ७४ हजार ८ सय ३१ मतदाता रहेका छन् ।

    विहान ७ बजेदेखि नै सुरु भएको मतदान अहिले सम्म शान्तिपूर्ण रुपमा सुचारु रहेको हाम्रा सहकर्मी वेदराज पौडेलले बताएका छन् ।

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य