राति ५ बज्नासाथ ३२ जिल्लामा मतगणना हुने, यसको परिणाम भोलि बिहानसम्म आइसक्ने


  • -लालिगुराश सम्बाद दाता
  • बिहि, मंसिर २१, २०७४

    पहिलो चरणमा मतदान भएका ३२ जिल्लामा आज बेलुका पाँच बजेबाट मतगणना सुरु हुँदैछ।

    ती जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार सर्वदलीय सहमति भइसकेको र पाँच बजेभन्दा अगाडि सबै औपचारिकता पूरा गरेर पाँच बज्नासाथ मतगणना सुरु हुनेछ।

    बुधबार सर्वदलीय बैठक गरी सहमति गरेर प्रक्रिया पूरा भएको र आज पाँच बज्नेबित्तिकै मतपत्र रहेको बाकस खोल्ने तयारीमा रहेको मनाङका मुख्य निर्वाचन अधिकृत दीपक ढकालले जानकारी दिए।

    ४३२१ मत खसेको मनाङमा तीन ठाउँबाट मतगणना सुरु गर्ने व्यवस्था मिलाइएको र भोलि बिहानसम्म प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक गरिसक्ने लक्ष्य रहेको उनले बताए।

    मंसिर १० गते मतदान भएको डोल्पामा पनि मतगणनास्थल निर्माण लगायतका सबै तयारी भइसकेको र उम्मेदवार र तिनका प्रतिनिधि बोलाएर चार बजे भित्र मुचुल्का उठाएर पाँच बज्नेबित्तिकै मतगणना सुरु गर्ने तयारी भइरहेका मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले जानकारी दिए।

    ‘अहिले उम्मेदवार र तिनका प्रतिनिधिहरुलाई परिचयपत्र वितरण भइरहेको छ,’ संखुवासभाका निर्वाचन अधिकृत प्रकाश राउतले भने, ‘सबै दलका प्रतिनिधि कति बेला पाँच बज्छ भनेर कुरेर बस्नुभएको छ।’

    अधिकांश जिल्लामा मतगणनास्थललाई तारजालीले घेरिएको छ।

    आज बाँकी ४५ जिल्लामा मतदान भइरहेको छ।

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य