कांग्रेसको महाधिवेशनको समय नजिकिएसँगै आगामी नेतृत्वलाई लिएर हानाथाप ! कांग्रेसमा सभापति देउवा र शेखर आमने सामने…,.

  • -लालिगुराश सम्बाद दाता
  • आइत, फाल्गुन १२, २०७५

    काठमाडौं। नेपाली कांग्रेसभित्र महाधिवेशनको समय नजिकिएसँगै आगामी नेतृत्वलाई लिएर हानाथाप सुरु भएको छ। वर्तमान सभापति शेरबहादुर देउवा संस्थापन पक्षबाट निर्विकल्प उम्मेद्वार हुने पक्का छ भने संस्थापनइतर पक्षबाट अहिलेसम्म उम्मेद्वारको टुंगो लागिसकेको छैन।

    तर पछिल्लो समय कोइरालका परिवारका तीनै जना नेता डा. शेखर कोइराला, डा. शशांक कोइराला र सुजता कोइरालाले आगामी नेतृत्व कोइराला परिवारले गर्ने उद्घोष गरिसकेका छन्। पछिल्ले समय डा. शेखर कोइराला निकै सक्रिय छन् उनी देश दौडाहा गरिरहेका छन्।

    कोइराला परिवारबाट सक्रिय राजनीतिमा रहेका तीनै जनाले कांग्रेसको अबको नेतृत्व कोइराला परिवारले गर्ने उद्घोष गर्नु र डा. शेखर कोइरालाले आफ्नो सक्रियता बढाएपछि अहिले संस्थापन पक्षले कोइराला परिवारबाट आगामी सभापतिको उम्मेद्वार शेखर नै हुन् भन्ने आँकलन गर्दै सभापति देउवाले शेखरमाथि प्रहार थालेका छन्।

    सभापतिमा शेखर कोइराला, दुई जना उपसभापतिमा प्रकाशमान सिंह र कृष्ण सिटौला, महामन्त्रीमा गगन थापालाई उठाउने तयारी भएको छ

    गत बुधबार वीरगंज पुगेका सभापति देउवाले ‘शेखर कोइराला बढी बोल्दै हिँडेको छ । कोइराला भन्दैमा पाइन्छ? हामी जेल पर्दा र आन्दोलन गर्दा कहाँ थिए उनीहरु ? यो पार्टीमा कोइराला भन्दैमा सभापति हुन पाइन्छ ? कांग्रेस कोइरालाका छोरा–नातिको होइन, बढ्ता बोल्ने?’ भन्ने अभिव्यक्ति दिएपछि त्यसले आफूलाई राजनीतिक रुपमा फाइदा नै गरेको डा. शेखरले आफू निटकसँग बताउने गरेका छन्।

    अहिले कांग्रेसभित्र गर्नुपर्ने धेरै कुरा बाँकी छ। महासमिति बैठकले पारित गरेका पार्टीको विधान, राजनीतिक प्रस्ताव र आर्थिक प्रस्तावलाई लागू गर्ने विषयमा सहमति खोज्दाखोज्दै महिना बिताएको छ । राजनीतिक प्रस्ताव र आर्थिक प्रस्तावमा सहमति जुटे पनि विधानका विषयमा सहमति जुट्न सकेको छैन।

    गएको पुस ८ गते महासमितिको बैठक सकिए पनि कांग्रेसले विधानलाई अझै अन्तिमरूप दिन सकेको छैन । विधानमा रहेको मुख्य विवादका विषयमा सभापतिदेखि केन्द्रीय सदस्यसम्म सबै बुथ कमिटिबाटै निर्वाचित भएर आउनुपर्ने र सरकारी तथा पार्टीको पदमा आरक्षणको अवसर एकपटक मात्रै दिनुपर्ने वा अहिलेकै प्रावधान राख्ने भन्ने विषय मुख्य छन्।

    महाधिवेशनको मिति नजिकिँदै जानु र आगामी नेतृत्वकालागि कोइराला परिवारले सक्रियता बढाएपछि देउवा त्यसलाई रोक्न चाहन्छन्। स्रोतका अनुसार कोइराला परिवारभित्र डा. शेखर कोइरालालाई सभापतिका रुपमा अगाडि सार्ने सहमति भएको छ। ‘यो पटक शेखर कोइरालालाई सभापतिको रुपमा अगाडि सार्ने गरी मोटामोटी सहमति भएको छ,’ स्रोतले भन्यो, ‘शेखरलाई सभापतिमा अघि सार्ने विषयमा डा. शशांक कोइरालाको पनि मौन सहमति छ।’

    डा. शेखर कोइरालाले महाधिवेशनमा आफ्नोतर्फबाट उम्मेद्वारी दिने नेताको नाम नै तयार पारिसकेको स्रोतले दाबी गर्यो। सभापतिमा शेखर कोइराला, दुई जना उपसभापतिमा प्रकाशमान सिंह र कृष्ण सिटौला, महामन्त्रीमा गगन थापालाई उठाउने तयारी भएको छ।

    तर वरिष्ठ नेता रामचन्द्र पौडेल एक पटक जसरी पनि आफू सभापति हुने पक्षमा छन्। तर पौडेललाई राष्ट्रपतिको उम्मेद्वार बनाउने प्रस्ताव कोइराला परिवारले अगाडि सारेको छ। डा. रामशरण महत र अर्जुननरसिंह केसीलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय भने पेचिलो भनेको छ।

    तर सभापति देउवा भने संस्थापन पक्षबाट निर्विकल्प उम्मेद्वार हुन्। उनले सकेसम्म आफैं सभापति बन्ने, आफू सभापतिको उम्मेद्वार बनेर पनि जित्ने अवस्था नआए, वर्तमान महामन्त्री शशांक कोइरालालाई सभापतिको उम्मेद्वार बनाउने र पत्नी आरजू देउवालाई महामन्त्री बनाउने योजनामा रहेको स्रोतले जनाएको छ।

    सकेसम्म आफैं सभापति बन्ने, आफू सभापतिको उम्मेद्वार बनेर पनि जित्ने अवस्था नआए, वर्तमान महामन्त्री शशांक कोइरालालाई सभापतिको उम्मेद्वार बनाउने र पत्नीआरजू देउवालाई महामन्त्री बनाउने योजनामा सभापति देउवा

    तर कोइराला परिवारको पार्टी पेवा होइन भन्ने देउवाको अभिव्यक्तिपछि महामन्त्री कोइराला पनि देउवाप्रति असन्तुष्ट बनेका छन्। सभापति देउवा १४ औं महाधिवेशनमा पनि आफू जसरी पनि सभापति बन्न चाहन्छन्। देउवाले संस्थापन पक्षमा व्यवस्थपान गर्ने नेता खासै छैनन्।

    उनको दाउ भनेको कोइराला परिवारकै सहयोगमा पुन एक पटक सभापतिमा निर्वाचिन हुने हो। त्यसकालागि उनले सकेसम्म महामन्त्री कोइरालालाई आफ्नो पक्षमा पार्न चाहन्छन्। कांग्रेसको १३ औं महाधिवेशन फागुन, २०७२ मा भएको थियो। अब एक वर्षपछि १४ औं महाधिवेशन हुँदैछ।

    यसमा तपाइको मत

    ट्वीटर

    राजनीति बाट अन्य

    पार्टी एकीकरण भयपछी समाजवादी पार्टीले मुख्य मुख्य शहरमा आमसभा गर्दै

    काठमाडौं । नवगठित समाजवादी पार्टीले एकताको सन्देश दिन सातवटै प्रदेशका मुख्य शहरमा आमसभा गर्ने भएको छ । पार्टी एकताको सन्देशका साथै अगुवा कार्यकर्तालाई अभिमुखीकरण गर्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको समाजवादी पार्टीका सहअध्यक्ष...

    बालुवाटार जग्गा प्रकरणमा सभापति देउवा भए पनि छोडिन्न : नेता पौडेल

    गाईघाट । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काङ्ग्रेस आबद्ध जुनसुकै तहका र जो सुकै नेताहरु पनि भ्रष्टाचारमा मुछिएको थाहा पाए कडा कारवाही गरिने बताएका छन् । प्रेस युनियन उदयपुरले शुक्रबार बिहान उदयपुर जिल्लाको...

    आज प्रधानमन्त्री के.पी ओली भियतनाम प्रस्थान

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज भियतनाम प्रस्थान गरेका छन् । भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका...

    ‘मेरो सरकार’ले मदन भण्डारीको हत्यारा खोज्न सक्छ ?

    ‘अहिलेनेपाली कांग्रेसका नेता बालकृष्ण खाणले हाँस्यकलाकारले देश चलाइरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ब्यंग गरेका छन्। हाँस्यकलाकारले देश चलाइरहेका छन्। हाँस्यकलाकार स्टेजबाट ओर्लेर सिंहदरबार गए,’ काठमाडौंमा बुधबार आयोजित पार्टीको राष्ट्रिय जागरण अभियानमा कांग्रेस संसदीय...

    कसरी भयो संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकता ? पढ्नुहोस्

    काठमाडौं। उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीबीच एकता भएको छ। सोमबार राजधानीको प्रज्ञा भवनमा यी दलबीच एकता भएको हो। एकता भएसँगै वैकल्पिक राजनीतिक शक्तिको उदय भएको नेताहरुले...

    चीनबाट फर्किएको भोलिपल्ट नै वरिष्ठ नेता माधवकुमार नेपाल अमेरिका जादै

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालआज अमेरिका जाने भएका छन् । चीन भ्रमणबाट हिजो मात्र फर्किएको नेता नेपाल आज साँझा अमेरिका जान लागेका हुन् । नेता नेपाल...

    काग्रेस पार्टी प्रगतिशिल शक्ति सिध्याउन प्रतिगामी शक्तिसँग मिलेको प्रधानमन्त्री ओलीको दावी

    नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओलीले नेपाली काँग्रेसले प्रगतिशील र वामपन्थीसँग मिलेर अघि बढ्नुको साटो प्रतिकृयावादी शक्तिहरुसँग घाँटी जोडेको आरोप लगाएका छन् । पार्टी स्थापनाको ७० बर्षगाठ मनाउन तथा पार्टी एकता प्रकृयाबारे केही निर्णय सुनाउन...

    सरकारले संविधान कार्यान्वयन हुनेगरी कानुन निर्माणको कामलाई अघि बढाउन नसकेको डा. बाबुराम भट्टराईको आरोप

    काठमाडौँ – नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारले संविधान कार्यान्वयन हुनेगरी कानुन निर्माणको कामलाई अघि बढाउन नसकेको आरोप लगाएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका संयोजक भट्टराईले संघ, प्रदेश र स्थानीय तहको...

    किन देखाए यी युवाले प्रधानमन्त्री ओलीलाई कालोझण्डा ? को हुन् यी युवा ?

    बुटवल । शुक्रवार बुटवलको एक बिशाल कार्यक्रममा एक मात्र युवा रुद्रप्रसाद घिमिरेले सयौं सुरक्षाकर्मी र नेपाल कम्युनिष्ट पार्टीका हजारौं कार्यकर्ताको भीडबीचमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने ‘हिम्मत’ गरे दुस्साहस’को हदमा उत्रिएर प्रम ओलीलाई...

    राष्ट्रिय मानवअधिकार आयोग ऐन २०६८ संशोधन विधयेकप्रति मानवअधिकार आयोगको आपत्ति

    काठमाडौं, वैशाख ७ । सरकारले राष्ट्रिय मानवअधिकार आयोगको अधिकार कटौती गर्ने गरी राष्ट्रिय मानवअधिकार आयोग ऐन संशोधन विधेयक अघि बढाएको छ । आफ्नो स्वायत्ततामै असर पर्ने परी ऐनका दफाहरु परिवर्तन गरेर सरकारले संशोधन विधेयक अघि...