बादल र झलनाथको भिडन्त कस्ले मर्ला बाजी यस्तो छ पछिलो अपडेट

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    शुक्र, पुस २८, २०७४

    काठमाडौं, २८ पुस । संघीय संसदले पूर्णता पाएपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको निर्वाचन हुन्छ । संविधानतः राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यावधि संघीय संसद र प्रदेशसभाका सांसदले मतदान गर्ने निर्वाचक मण्डलबाट नयाँ राष्ट्रपति उपराष्ट्रपति चयन गरेपछि स्वतः अन्त्य हुने छ ।

    नयाँ संविधानले राष्ट्रपति र उपराष्ट्रपति दुवैलाई फेरी नयाँ व्यवस्थाअनुसार चुनिएर आउन रोक नलगाएपछि अहिलेका राष्ट्रपति भण्डारी आफूलाई पूनः दोहोर्याउनको लागि लागिपरेको खुलासा भएको छ । वाम गठबन्धनका शीर्ष नेता एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको चाहना पनि विद्यालाई नै दोहोर्याउने रहेको खुलासा भएको छ ।

    अध्यक्ष ओली नजिकका नेताहरू भित्री रुपमा भण्डारीलाई नै दोहोर्याउनुपर्नेमा बढी नै सक्रिय भएका छन् । अध्यक्ष ओलीले राष्ट्रपतिमा भण्डारीलाई नै दोहोर्याउने मनसाय व्यक्त गरेपछि माओवादी अध्यक्ष प्रचण्डले त्यसको विरोध गरेका छैनन् ।

    एमालेभित्रै आकांक्षी देखिएका नेता झलनाथ खनालपछि दौडमा अर्का नेता सुवासचन्द्र नेम्वाङ पनि छन् । ओलीले पनि अहिलेकै राष्ट्रपति भण्डारीलाई दोहोर्याउन नसके नेम्बाङलाई बनाउने चाहना राखेका छन् ।

    राष्ट्रपति चयनका लागि हुने निर्वाचनमा संघीय र प्रदेश सांसदहरूको मत एमाले र माओवादीको प्रस्ट बहुमत भएकाले भण्डारी फेरी निवाचित हुने संभावना बढेको हो ।

    यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने गठबन्धनको तर्फबाट अहिलेका प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादव वा रामबहादुर थापा बादलमध्ये एकजनालाई बनाउनुपर्ने कुरा राखेका छन् ।

    तर एमालेभित्र माधव नेपाल समूहले बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई बनाउनुपर्ने लविङ् सुरु गरेको छ । यसको लागि नेता नेपालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समेत प्रस्ताव राखिसकेका छन् ।

    त्यस्तै उपराष्ट्रपतिमा अहिलेका उपराष्ट्रपति नन्द बहादुर पुन जनजाति भएकोले उनलाई नै दोहोर्याउनुपर्छ भन्ने आवाज पनि उठिरहेकोले को बन्छ भनेर अहिल्यै नै भन्न सकिने अवस्था छैन् । यता सभामुखमा पनि पूर्व सभामुख ओनसरी घर्ती वा सुवासचन्द्र नेम्बाङमध्ये एक जना बन्ने पक्का छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य