मात्र तिन दिन दिनुस् हामी प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्छौं: प्रधानमन्त्री देउवा

  • -लालिगुराश सम्बाद दाता
  • आइत, पुस ३०, २०७४

    धनगडी । प्रधानमन्त्री शेरबहादुर देउवाले तीन दिनभित्र प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिने बताउँनु भएको छ । कैलालीमा मकर मेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले तीन दिनभित्र प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिने बताउँनु भएको हो ।

    दलीय सहमतिको प्रयास गर्दा प्रदेश प्रमुख र अस्थायी राजनधानी तोक्ने काम लिढो भएको भन्दै प्रधानमन्त्री देउवाले अब राजनीतिक सहमति नभए पनि प्रमुख र राजधानी तोकिने बताउँनु भएको हो । दलीय सहमतिका लागि प्रयास गर्दा धेरै प्रकृया अन्योलमा परेको भन्दै प्रधानमन्त्री देउवाले अब भने कसैलाई नपखर्ने समेत बताउँनु भयो ।

    प्रधानमन्त्री देउवाले सबै प्रक्रिया मिलाएर केहि दिनमै राजीनामा दिने पनि बताउँनु भएको छ । निर्वाचनमा कसैले पनि बहुमत प्राप्त नगरेकाले कसलाई सत्ता सुम्पने भन्ने अन्योल देखिएको भन्दै प्रकृया पूरा भएपछि एक मिनेट पनि सरकारमा नबस्ने प्रधानमन्त्री देउवाको भनाई छ ।

    राष्ट्रियसभा निर्वाचनपछि संसदले पूर्णता पाउने भएकाले त्यसपछि मात्र नयाँ सरकार गठन हुने प्रधानमन्त्री देउवाको भनाइ रहेको छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य