ओलीको निजी निवास मै एमालेको स्थायी समिति बैठक सुरु

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    सोम, माघ ८, २०७४

    : नेकपा एमाले स्थायी समितिको बैठक अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा बसिरहेको छ।

    दिउँसो ३ बजेदेखि बसिरहेको यो बैठकले राष्ट्रिय सदस्यका लागि उम्मेदवारहरुको टुंगो लगाउने बताइएको छ। बैठकमा राष्ट्रिय सभा निर्वाचन, माओवादी केन्द्रसँग पार्टी एकता लगायत एजेन्डामा छलफल भइरहेको छ ।

    यो बैठकले राष्ट्रिय सभाका लागि प्रदेश कमिटिबाट सिफारिस भएर आएका नामलाई अन्तिम रुप दिने तयारी गरेको छ ।

    एमालेले राष्ट्रिय सभाका लागि आफ्नो तर्फबाट २९ जना उठाउने र माओवादीबाट १४ जना उठाउने सहमति गरिसकेको छ । राष्ट्रिय सभाका लागि निर्वाचन आयोगले माघ १० गतेका लागि उम्मेदवारी दर्ताको समय तोकेको छ।
    annapurnapost बाट साभार

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य