मेलम्चीको ठेकेदारले काम छाडेर हिँड्नुको पोल खुल्दै छ ; नेता प्रकाशमान सिंह

  • -लालिगुराश सम्बाद दाता
  • शुक्र, चैत्र ८, २०७५

    ८ चैत, काठमाडौं । नेपाली कांग्रेसका ले वर्तमान सरकारबाट भएका भ्रष्टाचारको पोल खुल्दै जाने बताएका छन् । सरकारका कारण जनताको चित्त बुझाउन जनप्रतिनिधिहरुलाई गाह्रो भएको गुनासो पनि उनले गरे ।

    शुक्रबार चाबहिलमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य सिंहले भने, ‘केपी ओलीजी के भन्नुहुन्छ भने म पनि भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्नँ । तर, मेलम्चीको ठेकेदार काम छाडेर हिँड्नुको पोल विस्तारै खुल्दै छ । किनभने मन्त्रीले, सचिवले कमिसन माग्दा रहेछन् ।’
    उनले विकास निर्माणको काममा सरकारले बाधा पुर्‍याएको आरोप लगाए । सरकारको गलत रवैयाका कारण प्रदेश र स्थानीय सरकारले पनि विकासको काम गर्न नसकेको उनको भनाइ छ ।

    ‘दुई तिहाई प्राप्त सरकारले के गरेको छ ? निर्वाचनभन्दा अगाडिको अवस्था भन्दा झन् गएगुज्रेको अवस्थामा पुगेको छ,’ नेता सिंहले भने, ‘आर्थिक रुपमा, सामाजिक रुपमा, हरेक दृष्टिमा यो सरकार असफल भइसकेको छ ।’

    प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दा काठमाडौंलाई धुलो र हिलोमुक्त बनाउने घोषणा गरेको तर काम नगरेको भन्दै उनले आक्रोश पोखे । ‘काठमाडौंमा मास्कसास्क केही लगाउनु पर्दैन, मैले दुई महिनामै ठीक गर्छु भनेको खै के भयो ?’ काठमाडौं क्षेत्र नम्बर १ का सांसदसमेत रहेका नेता सिंहले भने, ‘वर्षा हुँदाखेरि हिलैहिलो, घाम लाग्दाखेरि धुलैधुलो । हामी काठमाडौंबाट प्रतिनिधित्व गर्नेहरुलाई मुस्किल हुन्छ मतदाताहरुको चित्त बुझाउन ।’

    उनले अब नेपाली कांग्रेसको आन्तरिक एकता बलियो बनाउनुपर्नेमा जोड दिए । विगतका गल्ती कमजोरीहरु सुधार्दै अगाडि बढ्नुपर्ने उनको जोड छ । कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले भने, ‘नेपाली कांग्रेसले पहिले आफ्नो घर व्यवस्थित गर्नुपर्यो त्यसपछि आउने च्यालेन्जेजहरुलाई व्यवस्थित तरिकाले टेकअफ गर्न सक्छौं ।’

    यसमा तपाइको मत

    ट्वीटर

    राजनीति बाट अन्य

    काग्रेस पार्टी प्रगतिशिल शक्ति सिध्याउन प्रतिगामी शक्तिसँग मिलेको प्रधानमन्त्री ओलीको दावी

    नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओलीले नेपाली काँग्रेसले प्रगतिशील र वामपन्थीसँग मिलेर अघि बढ्नुको साटो प्रतिकृयावादी शक्तिहरुसँग घाँटी जोडेको आरोप लगाएका छन् । पार्टी स्थापनाको ७० बर्षगाठ मनाउन तथा पार्टी एकता प्रकृयाबारे केही निर्णय सुनाउन...

    सरकारले संविधान कार्यान्वयन हुनेगरी कानुन निर्माणको कामलाई अघि बढाउन नसकेको डा. बाबुराम भट्टराईको आरोप

    काठमाडौँ – नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारले संविधान कार्यान्वयन हुनेगरी कानुन निर्माणको कामलाई अघि बढाउन नसकेको आरोप लगाएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका संयोजक भट्टराईले संघ, प्रदेश र स्थानीय तहको...

    किन देखाए यी युवाले प्रधानमन्त्री ओलीलाई कालोझण्डा ? को हुन् यी युवा ?

    बुटवल । शुक्रवार बुटवलको एक बिशाल कार्यक्रममा एक मात्र युवा रुद्रप्रसाद घिमिरेले सयौं सुरक्षाकर्मी र नेपाल कम्युनिष्ट पार्टीका हजारौं कार्यकर्ताको भीडबीचमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने ‘हिम्मत’ गरे दुस्साहस’को हदमा उत्रिएर प्रम ओलीलाई...

    राष्ट्रिय मानवअधिकार आयोग ऐन २०६८ संशोधन विधयेकप्रति मानवअधिकार आयोगको आपत्ति

    काठमाडौं, वैशाख ७ । सरकारले राष्ट्रिय मानवअधिकार आयोगको अधिकार कटौती गर्ने गरी राष्ट्रिय मानवअधिकार आयोग ऐन संशोधन विधेयक अघि बढाएको छ । आफ्नो स्वायत्ततामै असर पर्ने परी ऐनका दफाहरु परिवर्तन गरेर सरकारले संशोधन विधेयक अघि...

    यस्तो आयो महासचिव विष्णु पौडेलको बालुवाटारको विवादित जग्गाबारे प्रष्टिकरण , पढ्नुहोस्

    काठमाडौं, ७ बैशाख । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले बालुवाटारको विवादित जग्गाबारे प्रष्टिकरण दिएका छन् । शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै महासचिव पौडेलले विवादित जग्गाबारे स्पष्ट पारेका हुन् । उक्त जग्गाको बिषयलाई...

    ओली नेतृत्वको वर्तमान सरकार धेरै नटिक्ने देउवाको ठोकुवा !

    काठमाडौं, ७ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अब धेरै नटिक्ने ठोकुवा गरेका छन् । नयाँ वर्षको अवसरमा काठमाडौं क्षेत्र नम्बर–५ ले आज (शनिबार)...

    नेविसंघलाई देउवाको निर्देशन, ‘जनतालाई करमाथि कर थोपर्ने जनताविरोधी काम ओली सरकार विरुद्ध आन्दोलनको तयारी गर्नू’

    काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकारले एउटा पनि राम्रो काम गर्न नसकेको बताएका छन् । कांग्रेस सभापति देउवाले पत्रकार र शिक्षकलगायत सबैमाथि अन्याय, अत्याचार गर्ने ओली...

    जनसरकार प्रमुखसहित कैलालीबाटविप्लवको २ नेता पक्राउ

    २८ चैत, कैलाली । सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जनसरकार प्रमुखसहित २ नेतालाई प्रहरीले कैलालीबाट पक्राउ गरेको छ । नेकपाको बर्दगोरिया गाँउपालिकाका जनसरकार प्रमुख अमर बम र क्रान्तिकारी किसान संघ, कैलालीका...

    नेपाल आईडलका प्रताब दास किन हिडे रुदै (भिडियो)

    काठमाडौं- सोलु डिजिटलको प्रस्तुती प्रताब दासको मार्मिक आधुनिक गित “मलाई किन किन” गीतको म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । पछिल्लो समय निकै चर्चामा रहेका गायक प्रताव दासको सुमधुर आवाज रहेको छ । निर्देशन,छायांकन तथा...

    किन दिए देउवालाई कारबाहीको माग गर्दै बजगाईंले उजुरी ?

    काठमाडौँ, १५ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध केन्द्रीय अनुशासन समितिमा उजुरी परेको छ । गोरखाका राजेन्द्र बजगाईंले देउवाविरुद्ध उजुरी हालेका हुन् । बजगाईं नेपाली कांग्रेसका महासमिति सदस्य समेत हुन् ।बजगाईंले देउवाका कारण...