गोविन्द केसी: फेरि पनि सरकार बाट धोका भयो आजै बाट अनशन बस्छु

  • -लालिगुराश सम्बाद दाता
  • बुध, पुस २५, २०७५

    शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले फेरि पनि सरकारले आफूहरुलाई धोका दिएको बताएका छन्। उनले १५ औँ अनशनका बेलामा भएका सहमति कार्यान्वयन गर्नुको सट्टा सरकारले धोका दिएर शिक्षा तथा स्वास्थ्य समितिबाट चिकित्सा शिक्षा विधेयक पास गरेको बताएका छन्। बुधबार विहान बसेको समितिको बैठकमा चिकित्सा शिक्षा विधेयक बहुमतले पास भएको हो। ‘हामी जनताका लागि लडेका छौं, ओली प्रचण्डले माफियाका लागि ऐन बनाएका छन्,’ केसीले प्रतिक्रिया दिएका छन्, ‘अब फेरि लड्छु।’ केसीले आफू बुधबार दिउँसो ४ बजेदेखि नै अनशन बस्ने जानकारी गराएका छन्। संसदको शिक्षा तथा स्वास्थ्य समितिमा गोविन्द केसीसँग भएका सहमति विपरित निर्णय भएको छ। सरकारले सहमति बमोजिम विधेयक प्रस्तुत गरेको भएपनि शिक्षा समितिमा सहमति विपरित विधेयकलाई परिमार्जन गरिएको छ। अब संसदबाट विधेयकले अन्तिम रुप पाउने छ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य