यसरी फुट्यो विवेकशील साझा पार्टी

  • -लालिगुराश सम्बाद दाता
  • शुक्र, पुस २७, २०७५

    पुस २७, २०७५ शुक्रबार काठमाण्डौ – आन्तरिक विवादका कारण अन्ततः विवेकशील साझा पार्टी फुटेको छ ।

    पार्टीका एक संयोजक उज्ज्वल थापालगायतले नयाँ दल दर्ताका लागि आज निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

    निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार निवेदनमा नयाँ पार्टीको नाम विवेकशील नेपाली दल प्रस्ताव गरिएको छ । यस्तै केन्द्रीय समितिको ४० प्रतिशत विवेकशील साझाबाट अलग्गिन चाहेको पनि निवेदनमा उल्लेख गरिएको आयोगले जनाएको छ ।

    केही समय अघिदेखि विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र उज्ज्वल थापाबीच मतभेद बढेको खबर सार्वजनिक भएको थियो ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य