मलाई मेरो ज्यानको प्रवाह छैन्, म तीन करोड नेपालीको स्वास्थ्यमा सम्झौता गर्ने माफियामुखी ऐन स्वीकार्न सक्दिन् बरु मृत्यु रोज्छु ….

  • -लालिगुराश सम्बाद दाता
  • सोम, पुस ३०, २०७५

    पाँच दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीले मेडिकल माफियालाई पोस्ने र चिकित्साशिक्षाको गुणस्तरमा सम्झौता गर्ने कानूनभन्दा मृत्यु स्वीकार्य हुने बताएका छन् । खस्किँदो स्वास्थ्यलाई लिएर भेटका लागि आएका समर्थक एवं शुभेच्छुकले डा. केसीको स्वास्थ्यको प्रवाह गरिरहेको अवस्थामा उनले यस्तो प्रतिक्रिया जनाएका हुन् । ‘मलाई मेरो ज्यानको प्रवाह छैन्, म तीन करोड नेपालीको स्वास्थ्यमा सम्झौता गर्ने माफियामुखी ऐन स्वीकार्न सक्दिन्’ डा. केसीले हेल्थपोस्टसँग भने, ‘माफियामुखी ऐन भन्दा मृत्यु ठीक छ ।’ डा. केसीले थपे, ‘तीन करोड नेपालीको स्वास्थ्यमा कालो बादल लाग्ने विधेयक आउँदैछ, मेरो मात्रै स्वास्थ्य जोगिएर के गर्नु ?’ ।

    सरकारले डा. केसीसँग गरेको सम्झौताविपरीत संसदको शिक्षा तथा स्वास्थ्य समितिले अहिले भएका विश्वविद्यालयबाटै थप मेडिकल कलेजलाई सम्बन्धन दिनसक्ने बाटो खुल्दा राख्दै विधेयकमाथिको प्रतिवेदन पारित गरेपछि डा. केसी पुस २५ देखि आमरण अनशनमा छन् ।

    उनले १५औं अनशनका क्रममा भएको सम्झौता प्रधानमन्त्रीकै संलग्नतामा भएको भन्दै त्यसपछिका विभिन्न भेटमा समेत सम्झौता कार्यान्वयन गर्ने बचन दिएको स्मरण गरे । ‘अहिले नेताहरुका कालोधनलाई सेतो बनाउँन खोलिएका मेडिकल कलेजलाई सम्बन्धन दिन जनतामारा र विद्यार्थीमारा ऐन ल्याउन खोजिँदैछ,’ उनले भने ।‘माफियामुखी ऐन भन्दा मृत्यु ठीक छ ।’ डा. केसीले थपे,

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य