काग्रेस माओवादी गठबन्धन का उम्मेदवार बिजयी,अछाम बान्निगढी गाउँपालिकामा हर्ष उल्लास

  • -लालिगुराश सम्बाद दाता
  • आइत, असार १८, २०७४

    बान्नीगढी जयगढ गाउँपालिका अन्तरगत प्रमुख र उपप्रमुख पदमा कांग्रेस र माओवादी केन्द्र गठबन्धनबाट उठेका उम्मेदवार विजयी भएका छन् ।

    गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेसका राजेन्द्र बहादुर खड्का गाउँपालिका प्रमुख पदमा विजयी भएका छन् । उनले २९९३ मत पाए । उनका प्रतिस्पर्धी एमाले उम्मेदवार कमल तिमिल्सिनाले २३१९ मत पाए ।

    यस्तै, उपप्रमुख पदमा माओवादी केन्द्रका उम्मेदवार लोकबहादुर साउद विजयी भएका छन् । उनले २४३६ मत पाए । उनका प्रतिस्पर्धी एमाले उम्मेदवार निर्मला रावलले २३८१ मत पाए ।

    योसहित अछामको १० मध्ये ४ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य