आजको दिन पशुपतिनाथले शुभ राखून ,पढ्नुहोस आजको राशिफल

  • -लालिगुराश सम्बाद दाता
  • बुध, जेष्ठ १५, २०७६

    सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
    राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।
    आजको पञ्चाङ्ग

    श्रीसूर्य उत्तरायण,ग्रीष्म ऋतुः,परिधावी नाम संवत्सर,श्रीशाके १९४१,विक्रमसम्वत २०७६ साल जेठ १५ गते बुधबार नेपाल सम्बत ११३९ वछलागा तदनुसार सन् २०१९ मे २९ तारिक कृष्णपक्ष दशमी तिथि अपरान्ह १ वजेर ४५ मिनेट सम्म उप्रान्त एकादशी तिथि,उत्तरभाद्रा नक्षत्र राती ८ वजेर १४ मिनेटसम्म उप्रान्त रेवती नक्षत्र,प्रीतियोग,विष्टिकरण, आनन्दादियोग लुम्ब,सूर्य वृष राशीमा,चन्द्रमा मीन राशीमा ।
    शुभ अशुभ मुहूर्त

    अशुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ३४ मिनेटबाट मध्यान्ह १२ वजेर २९ वजेसम्म रहनेछ । सामान्य गुली–विहान १० वजेर १८ मिनेटबाट मध्यान्ह १२ वजेर १ मिनेटसम्म रहनेछ । अशुभ राहुकाल मुहूर्तः– मध्यान्ह १२ वजेर १ मिनेट बाट अपरान्ह १ वजेर ४३ मिनेटसम्म रहनेछ । अशुभ यमघण्टायोगः–विहान ६ वजेर ५३ मिनेटबाट ८ वजेर ३६ मिनेट सम्म रहनेछ । अशुभ दूरमुहूर्तः– पूर्वान्ह ११ वजेर ३४ मिनेटबाट मध्यान्ह १२ वजेर २९ वजेसम्म रहनेछ ।
    शुभ अशुभ दिनबार वेला

    सूर्योदयबाट प्रातः ६ वजेर ५३ मिनेटसम्म लाभ वेला,६ वजेर ५३ मिनेटबाट ८ वजेर ३६ मिनेटसम्म अमृत वेला,८ वजेर ३६ मिनेटबाट १० वजेर १८ मिनेटसम्म काल वेला,१० वजेर १८ मिनेटबाट १२ वजेर १ मिनेटसम्म शुभ वेला,१२ वजेर १ मिनेटबाट १ वजेर ४३ मिनेटसम्म रोग वेला,१ वजेर ४३ मिनेटबाट ३ वजेर २६ मिनेटसम्म उद्वेग वेला,३ वजेर २६ मिनेटबाट ५ वजेर ९ मिनेटसम्म चर वेला र ५ वजेर ९ मिनेटबाट सूर्यास्तसम्म लाभ वेला रहनेछ ।
    शुभ अशुभ रात्री बार वेला

    सूर्यास्तबाट ८ वजेर ९ मिनेटसम्म उद्वेग वेला,८ वजेर ९ मिनेटबाट ९ वजेर २६ मिनेटसम्म शुभ वेला,९ वजेर २६ मिनेटबाट १० वजेर ४४ मिनेटसम्म अमृत वेला,१० वजेर ४४ मिनेटबाट १२ वजेर १ मिनेटसम्म चर वेला,१२ वजेर १ मिनेटबाट १ वजेर १८ मिनेटसम्म रोग वेला,१ वजेर १८ मिनेटबाट २ वजेर ३६ मिनेटसम्म काल वेला,२ वजेर ३६ मिनेटबाट ३ वजेर ५४ मिनेटसम्म लाभ र ३ वजेर ५४ मिनेटबाट सूर्योदयसम्म उद्वेग वेला रहनेछ

    मेषः– अरुलाई विश्वास गरेर काम गर्ने अवस्था रहने छैन । कुनै क्षेत्रमा पनि जर्वजस्ति नगर्नु होला । बढि महत्वकाँक्षी योजना अगाडि बढाउदा नोक्सान धेरै वेहोर्नु पर्ने अवस्था आउन सक्छ । अनावस्यक काममा समय खर्च हुनेछ । श्रमको मूल्य पाइने छैन । मिथ्या आरोप लाग्न सक्छ सर्तक रहनु होला । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला ।

    वृषः– समय अनुकुल नै देखिन्छ । कार्य लगनशिलता घट्ने छैन । विश्वासको भरमा काम हुनेछन् । वौद्धिक व्यक्तित्वबाट सहयोग सहानुभूति मिल्नेछ । व्यापार व्यवसायबाट आय बढ्नेछ । घरमा पारिवारिक जमघट बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । दूर्जनहरु आफ्नै बाटो लाग्ने छन् । सहयोगी सहकार्यको लागि अगाडि आउने छन् ।

    मिथुनः– आर्थिक क्षेत्र बाहेक अन्य क्षेत्र राम्रै देखिन्छ । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । कार्य व्यस्तता बढ्नेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । राजनैतिक गतिविधि बढ्ने देखिन्छ । बाह्य व्यक्तिको भर नपर्नु होला । आयको केहि हिस्सा मनोरञ्जनमा खर्च हुनेछ । उधारो प्रस्ताव आउन सक्छ विश्वास नगर्नु होला ।

    कर्कटः– समय सुधारोन्मुख छ लगनशिलता बढाउनु होला कामले गति लिनेछ । बाह्य कुरामा बढि ध्यान जान सक्छ जसका कारण उपलब्धि गुमाउने अवस्था आउनेछ । हेलचक्र्याई नगर्नु होला । राजनैति हतियार प्रयोग गरेर काम गर्ने सपना नदेख्नु होला । पढाई लेखाई प्रगति हुनेछ । पारिवारिक समस्यबाट पूर्ण मूक्ति मिल्ने छैन ।

    सिंहः– बाधा अवरोधको सामना गर्नु पर्नेछ । शरीरमा रोग व्याधिको प्रकोप बढ्नेछ । नयाँ क्षेत्रमा लगानी गर्ने अबस्था रहने छैन । कसैलाई दिएको धन डुब्न सक्छ । अरुको आशा र भरोसामा बस्दा अवसर गुम्नेछन । गलत विचारको शिकार हुनुहोला । व्यापार व्यवसायमा गिरावट आउनेछ । प्रतिष्ठामा आच आउन सक्छ ।

    कन्याः– योजना बनाएर लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । आफन्तको सहयोग सहानुभूति मिल्नेछ । हेलचक्र्याई नगरि कार्य योजना अगाडि बढाउनु होला । विदेश यात्राको सम्भावना नकार्न सकिन्न । प्रेम प्रस्ताव आउनेछ भने दामपत्य जीवनमा सुखानुभूति मिल्नेछ ।

    तुलाः– सहजता देखिदैन प्रतिश्पर्धा गरेर अगाडि बढ्नु होला केहि उपलब्धि हात लाग्नेछ । अरुले गरिदिने छन् होइन आफ्ना समस्या आफैले समाधान गर्नु होला । परिश्रमको अन्तिम प्रतिफल मिठो निस्कने छ । खेलाडीको लागि दिन अनुकुल देखिन्छ । साझेदारी काममा लगानी नगर्नु होला । अस्थिरतालाई त्याग्नु होला ।

    वृश्चिकः– सन्तुलनमा काम गर्नु होला । आफुमा भएको उर्जाको प्रयोग गर्न सके उपलब्धि हात लाग्नेछ । कर्म प्राप्तिको लागि जमेर नै लाग्नु पर्नेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । राज्य सँग सम्बन्धित काम विस्तारै अगाडि बढाउनु होला । अर्थ अभावको महशुस हुनेछ ।

    धनुः– आर्थिक अवस्था कमजोर हुदा काम गर्न गाह्रो हुनेछ । ऋणमा काम गर्नु पर्ने अवस्था आउनेछ । इज्जत प्रतिष्ठामा आच आउन सक्छ सतर्क भएर अगाडि बढ्नु होला । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । पारिवारिक समस्या बढ्ने छन् । फाइदा लुट्न खोज्ने कम हुने छैनन । संकट मोचन हुने देखिन्न ।

    मकरः– महत्वकाँक्षी योजना अगाडि बढाउदा एक पटक सोचेर मात्र बढाउनु होला । अस्थिरतामा जोड नदिनु होला । समयमा गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । पारिवारिक सहयोगमा उपलब्धि हात लाग्नेछ । बाहिरी व्यक्तिसँग साझेदारी गरेर काम नगर्नुहोला । ऋण लगानी नगर्नु होला ।

    कुम्भः– मध्यम खालको दिन छ,लगनशिल भई काम गर्नु भयो भने आफ्नो मिशनमा पुग्न सक्नु हुनेछ नत्र विचमा नै रोकिनु पर्नेछ । अरुको कुरामा विश्वास नगर्नु होला । धन आफन्त मान्छे भए नदिदा राम्रो हुनेछ । नोकरीबाट सन्तुष्टि त्यति मिल्ने छैन । निर्माण व्यवसायबाट सामान्य लाभ हुनेछ । वोलीको कदर कम हुनेछ ।

    मिनः– समय अनुकुल बन्नेछ । अनावस्यक खर्चमा कमि आउनेछ । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । समयमा परिश्रमपूर्व गरेका काम सफल हुनेछन् । दामपत्य जीवन सुख मिल्नेछ । सामाजिक उचाई बढ्नेछ । पराक्रम घट्ने छैन । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक होला । पढाई लेखाईमा थोरै ध्यान जानेछ ।

    यसमा तपाइको मत

    ट्वीटर

    राशिफल बाट अन्य

    भगवान हामि सवैका साझा हुन ! आजको राशिफल -के लेखिएको छ तपाईको भाग्यमा

    सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।। राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।। आजको पञ्चाङ्ग श्रीसूर्य उत्तरायण,ग्रीष्म ऋतुः,परिधावी नाम संवत्सर,श्रीशाके १९४१,विक्रमसम्वत...

    तपाईको आजको राशिफल

    वि.सं. २०७५ साल चैत २९ गते। शुक्रबार। इश्वी सन् २०१९ अप्रिल १२ तारिख। नेपाल संवत् ११३९ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्।...

    आज को राशिफल

    वि.सं. २०७५ साल चैत २८ गते। बिहीबार। इश्वी सन् २०१९ अप्रिल ११ तारिख। नेपाल संवत् ११३९ चौलाथ्व। चैत्र शुक्लपक्ष। तिथि– षष्ठी, मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसर प्राप्त...

    सलमान खानसँग इदमा फिल्म रिलिज गर्न अक्षय कुमारले लिए अनुमती

    बलिउड अभिनेता सलमान खानले हरेक वर्षको इदमा आफ्ना प्रशंसकलाई विशेष उपहार स्वरुप आफ्नो फिल्म रिलिज गर्छन् । हरेक इद सलमान खानका लागि निकै विशेष हुन्छ । सन् २००९ मा वान्टेडदेखि सन् २०१९ मा भारतसम्म...

    हेर्नुस आज को राशिफल

    फागुन-४ गते शनिबारको राशीफल मेष – काममा स्फूर्ति बढ्नेछ , रमाइलोमा दिन बित्नेछ । वृष – खानपिनमा मस्त भइनेछ , धनको सहयोग पाइनेछ । मिथुन– स्वास्थ्यमा सुधार आउनेछ , काममा प्रगति देखिनेछ । कर्कट – पेैसाको बचत...