भगवान हामि सवैका साझा हुन ! आजको राशिफल -के लेखिएको छ तपाईको भाग्यमा

  • -लालिगुराश सम्बाद दाता
  • सोम, जेष्ठ २०, २०७६

    सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
    राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

    आजको पञ्चाङ्ग
    श्रीसूर्य उत्तरायण,ग्रीष्म ऋतुः,परिधावी नाम संवत्सर,श्रीशाके १९४१,विक्रमसम्वत २०७६ साल जेठ २० गते सोमबार नेपाल सम्बत ११३९ वछलागा तदनुसार सन् २०१९ जुन ३ तारिक कृष्णपक्ष र्औसी तिथि अपरान्ह ३ वजेर ५४ मिनेट सम्म उप्रान्त शुक्ल प्रतिपदा तिथि,रोहिणी नक्षत्र राती १ वजेर ३ मिनेटसम्म उप्रान्त मृगशिरा नक्षत्र,सुकर्मयोग,नाग करण,आनन्दादियोग प्रर्वद्ध,सूर्य वृष राशीमा,चन्द्रमा वृष राशीमा ।

    शुभ अशुभ मुहूर्त
    शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ३४ मिनेटबाट मध्यान्ह १२ वजेर २९ वजेसम्म रहनेछ । सामान्य गुली–अपरान्ह १ वजेर ४५ मिनेटबाट ३ वजेर २८ मिनेटसम्म रहनेछ । अशुभ राहुकाल मुहूर्तः–विहान ६ वजेर ५३ मिनेटबाट ८ वजेर ३६ मिनेटसम्म रहनेछ । अशुभ यमघण्टायोगः–विहान १० वजेर १९ मिनेटबाट मध्यान्ह १२ वजेर २ मिनेटसम्म रहनेछ । अशुभ दूरमुहूर्तः–मध्यान्ह १२ वजेर २९ मिनेटबाट अपरान्ह १ वजेर २४ मिनेटसम्म र ३ वजेर १४ मिनेटबाट ४ वजेर ९ मिनेटसम्म रहनेछ ।

    शुभ अशुभ दिनबार वेला
    सूर्योदयबाट प्रातः ६ वजेर ५३ मिनेटसम्म अमृत वेला,६ वजेर ५३ मिनेटबाट ८ वजेर ३६ मिनेटसम्म काल वेला,८ वजेर ३६ मिनेटबाट १० वजेर १९ मिनेटसम्म शुभ वेला,१० वजेर १९ मिनेटबाट १२ वजेर २ मिनेटसम्म रोग वेला,१२ वजेर २ मिनेटबाट १ वजेर ४५ मिनेटसम्म उद्वेग वेला,१ वजेर ४५ मिनेटबाट ३ वजेर २८ मिनेटसम्म चर वेला,३ वजेर २८ मिनेटबाट ५ वजेर ११ मिनेटसम्म लाभ वेला र ५ वजेर ११ मिनेटबाट सूर्यास्तसम्म अमृत वेला रहनेछ ।

    शुभ अशुभ रात्री बार वेला
    सूर्यास्तबाट ८ वजेर ११ मिनेटसम्म चर वेला,८ वजेर ११ मिनेटबाट ९ वजेर २८ मिनेटसम्म रोग वेला,९ वजेर २८ मिनेटबाट १० वजेर ४५ मिनेटसम्म काल वेला,१० वजेर ४५ मिनेटबाट १२ वजेर २ मिनेटसम्म लाभ वेला,१२ वजेर २ मिनेटबाट १ वजेर १९ मिनेटसम्म उद्वेग वेला,१ वजेर १९ मिनेटबाट २ वजेर ३६ मिनेटसम्म शुभ वेला,२ वजेर ३६ मिनेटबाट ३ वजेर ५३ मिनेटसम्म अमृत र ३ वजेर ५३ मिनेटबाट सूर्योदयसम्म चर वेला रहनेछ

    मेषः– आफ्ना समस्या आफैबाट समाधान गर्ने प्रयत्न गर्नुहोला । अरुको भरोसामा काम गर्ने स्थिति कमै देखिन्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन घट्नेछ । नोकरी तथा राजनीति क्षेत्रबाट उपलब्धि कम हात लाग्नेछ । आफुलाई ज्ञान नभएको विषय बस्तुमा लगानी नबढाउनु होला ।

    वृषः– समयको महत्वलाई नभुलि अगाडि बढ्नु होला । समयमा गरेका अधिकाँश काम सफल हुनेछन् । जति सक्रिय भएर लाग्यो उत्ति नै आफुलाई फाइदा हुनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । मनोरञ्जनात्मक गति विधि बढि हुनेछन् । पेशा परिवर्तनको चाहान बढ्नेछ । साथी भाई इष्टमित्रबाट अल्प सहयोग मिल्नेछ ।

    मिथुनः– समयले आज पनि साथ दिने देखिन्न । काममा बाधा व्यवधान आउने छन् । कार्य लगनशिलता बढाउनु होला । काम गर्दा आर्थिक अभाव महशुस हुनेछ । खर्च नियन्त्रणमा जोड दिनुहोला । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ । सहयोग गर्ने कोहि हुने छैनन उल्टो खुट्टो तान्ने छन् । मिथ्या कुराले सताउनेछ ।
    कर्कटः– सामान्यतया दिन अनुकुल जस्तै देखिन्छ । समयको उपयोग गर्नु होला, ढिलो गरेमा उपलब्धि त्यत हुने छैन । लगनशिल भई गरेका कामबाट लाभान्वित हुनुहुनेछ । सहयोगको आशा धेरै नराख्नु होला । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट मुनाफ राम्रैै हुनेछ । पढाई लेखाईमा कम ध्यान जानेछ । पारिवारिक सहयोग मिल्नेछ ।

    सिंहः– आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । लगानी अनुसारको व्यापार व्यवसायबाट मुनाफा हुनेछ । गएका ठाँउमा आर्जन र भोर्जन राम्रै मिल्नेछ । कमाएको धनलाई बचाउने प्रयास गर्नुहोला । नोकरी तथा राजनीतिमा नयाँ ठाँउ मिल्न सक्छ । काम गरेर दाम कमाउने अवसरहर आउने छन् । सामाजिक दायित्व बढ्नेछ

    कन्याः– समयको गति सगै काममा सुधार आउनेछ । गतिरोधहरु विस्तारै हटेर जाने छन् । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । आफन्तको सहयोग लिएर काम गर्नु होला आँशिक भए पनि सफलता मिल्नेछ । आर्थिक क्षेत्रमा सुधारका संकेत देखिने छन् । राजनीति विषयमा चासो बढ्नेछ तर उपलब्धि भने कम मिल्नेछ । यात्राको योग देखिन्छ ।

    तुलाः– समयले कम साथ दिनेछ अरुको भर परेर काम गर्ने अवस्था रहने छैन । काम गर्ने वातावरण मिलाउन गाह्रो हुनेछ । चञ्चलता बढ्नेछ । गलत चिन्तनको शिकार भईनेछ । परिश्रमको प्रतिफल कम मिल्नेछ । धार्मिक विश्वास घट्नेछ । पठन पाठनमा सामान्य सुधार आउनेछ । काम गर्दा इज्जतको ख्याल राखेर गर्नु होला ।

    वृश्चिकः– दिन अनुकुल जस्तै देखिन्छ । समयमा गरेका अधिकाँश काम सफल हुनेछन् । यात्राको सम्भावनालाई नकार्न सकिन्न । पारिवारिक सहयोगमा काम बन्ने छन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । काममा ढिला सुस्ति नगर्नु होला आफैलाई घाटा हुनेछ । पढाई लेखाईमा रुची जाग्नेछ । कमाएको धनलाई वचाउने प्रयास गर्नु होला ।

    धनुः– असम्भव देखिएका कुरा सम्भव हुनेछन् । पुराना विवादको अन्त्य हुनेछ । नयाँ कार्य योजनाको बारेमा विचार विमर्श हुनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी बढ्नेछ । ऋणमा काम गर्ने प्रयास नगर्नु होला । मित्र चिनेर मात्र आर्थिक कारोवार गर्नुहोला । विना सोच विचार गरेका कामबाट दुःख पाईनेछ ।

    मकरः– नजीकका व्यक्तिको सहयोग लिएर काम गर्दा ठीकै हुनेछ । काममा हेचक्र्याई भएमा नोक्सान बढि आफैलाई हुनेछ । कला सहित्यमा थोरै अभिरुची बढ्नेछ । पठन पाठनमा सामान्य प्रगति हुनेछ । साझेदारी काममा हात नहाल्नु होला । नोकरी तथा राजनीतिबाट उपलब्धि कम हात लाग्नेछ । खर्च बढ्नेछ ।

    कुम्भः– काम गर्दा बुझेर गर्नु होला,विना बुझाईका कामबाट घाटा हुनेछ । भोग विलासिता तिर बढि मन जानेछ । व्ययभार बढ्नाले आर्थिक सन्तुलन विग्रिने छ । आशा गरेका ठाँउबाट सहयोग मिल्ने छैन । व्यापार व्यवसायमा गिरावट आउनेछ । महत्वकाँक्षी योजना अगाडि बढाउदा दुःख पाईनेछ । श्रम बढि उपलब्धि कम हात लाग्नेछ ।

    मिनः– समय आउछ पर्खिदैन ध्यान दिएर काम गर्नु होला । समयम फुत्किए पछि उपलब्धि फुत्किनेछ । साथी भाईबाट उचित सहयोग सल्लाहा पाईनेछ । कार्य लगनशिलता घट्ने छैन । व्यापार व्यवसायबाट आम्दानी राम्रै हात लाग्नेछ । पढाई र सन्तानको विषयलाई लिएर मनमा थोरै असन्तोष बढ्न सक्छ । खर्च व्यवस्थापनमा ध्यान दिनु होला ।

    यसमा तपाइको मत

    ट्वीटर

    राशिफल बाट अन्य

    आजको दिन पशुपतिनाथले शुभ राखून ,पढ्नुहोस आजको राशिफल

    सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।। राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।। आजको पञ्चाङ्ग श्रीसूर्य उत्तरायण,ग्रीष्म ऋतुः,परिधावी नाम संवत्सर,श्रीशाके १९४१,विक्रमसम्वत...

    तपाईको आजको राशिफल

    वि.सं. २०७५ साल चैत २९ गते। शुक्रबार। इश्वी सन् २०१९ अप्रिल १२ तारिख। नेपाल संवत् ११३९ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्।...

    आज को राशिफल

    वि.सं. २०७५ साल चैत २८ गते। बिहीबार। इश्वी सन् २०१९ अप्रिल ११ तारिख। नेपाल संवत् ११३९ चौलाथ्व। चैत्र शुक्लपक्ष। तिथि– षष्ठी, मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसर प्राप्त...

    सलमान खानसँग इदमा फिल्म रिलिज गर्न अक्षय कुमारले लिए अनुमती

    बलिउड अभिनेता सलमान खानले हरेक वर्षको इदमा आफ्ना प्रशंसकलाई विशेष उपहार स्वरुप आफ्नो फिल्म रिलिज गर्छन् । हरेक इद सलमान खानका लागि निकै विशेष हुन्छ । सन् २००९ मा वान्टेडदेखि सन् २०१९ मा भारतसम्म...

    हेर्नुस आज को राशिफल

    फागुन-४ गते शनिबारको राशीफल मेष – काममा स्फूर्ति बढ्नेछ , रमाइलोमा दिन बित्नेछ । वृष – खानपिनमा मस्त भइनेछ , धनको सहयोग पाइनेछ । मिथुन– स्वास्थ्यमा सुधार आउनेछ , काममा प्रगति देखिनेछ । कर्कट – पेैसाको बचत...