यो लिंक क्लिक गरि पहिले भगवान पशुपति नाथको दर्शन गर्नुहोस र पढ्नुहोस आजको राशिफल :वि.स.२०७५ साल वैशाख १२ गते

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    मङ्ल, बैशाख ११, २०७५

    वि.स.२०७५ साल वैशाख १२ गते । बुधबार । ईश्वी सन् २०१८ अप्रिल २५ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । बैसाख शुक्लपक्ष । तिथि दशमी १५ घडी ११ पला,बिहान ११ बजेर ३७ मिनेट उप्रान्त एकादशी । नक्षत्र मघा,२६ घडी ०५ पला,दिउसो ३ बजेर ५८ मिनेट उप्रान्त पूर्वाफाल्गुनि । योग वृद्धि ३५ घडि ३५ पला,बेलुकी ७ बजेर ४६ मिनेट उप्रान्त ध्रुव । करण गर,बिहान ११ बजेर ३७ मिनेट उप्रान्त वणिज,बेलुकी १० बजेर ३८ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा चर योग । चन्द्रराशि सिंह । औलो दिवस ।

    काठमाडौंमा सूर्योदय ५ बजेर ३२ मिनेट,सूर्यास्त बेलुका ६ बजेर ३३ मिनेट । दिनमान ३२ घडी ३३ पला ।

    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरु सँग हुने स्वस्थ्य प्रतिष्पर्धामा अन्तत तपाईकै नाम अग्र स्थानमा आउनेछ । स्कुल,कलेज,बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाट मनग्गे आम्दानि हुनेछ । शेयर बजारमा गरिएको लगानिमा केह सुधारको संकेत देखिनेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ । तपाईको कामदखि अग्रज तथा गुरुवर्गहरु खुसि हुनुहुनेछ भने चिठ्ठा तथा उपहार प्राप्तीको गतिलो सम्भावना रहेकोछ । बिभिन्न मानव निर्मित भौतिक तथा बिलाशि सामान प्राप्तीको गतिलो योग रहेकोछ । बंश बृद्धिकाले सम्भावनालाई नकार्न सकिनेछैन ।

    शुभ अंक — २,३ शुभ दिशा — दक्षिण

    शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ सिद्धिविनायकाय नम

    बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) घरजग्गा तथा सवारि साधनको खरिद बिक्रिबाट सन्तोषजनक नाफा कमाउँन सकिनेछ । आधुनिक कृषि प्रणालि तथा पशुपालन व्यावसायमा लगानि गर्न सके आम्दानि बढाउँन सकिनेछ । पढ्ने लेख्ने काममा आज खासै मन नजाने हुँनाले शिक्षा क्षेत्रमा अरु भन्दा पछि परिनेछ । घरपरिवार तथा आफन्त सँग छुट्टिएर यात्राको तय गर्नुपर्दा मनमा खिन्नता पैदा हुनेछ । आफ्नो भन्दा अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम थाति रहनेछन् । सामाजिक तथा राजनितिक बिषयहरुको उठान आज नगर्नु नै उचित हुनेछ किनकि त्यस्ता बिषयसँग सम्बन्धित मुद्दाहरु आज किनारा लाग्ने छैनन् ।

    शुभ अंक — २,५ शुभ दिशा — पश्चिम

    शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ गृहलक्ष्म्यै नम

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) छोटो तथा महत्वपुर्ण यात्राको तय हुनेछ भने पराक्रम बढेर जाने हुँनाले शाहसिलो काम गर्ने जोस जागर बडेर आउँनेछ । कुसस्कार तथा अन्धबिश्वास बिरुद्ध कलम चलाएर तपाईबाट समाजमा जनचेतना फैलाउने काम हँुनेछ । लामो समय देखि अल्झेर बसेका बिवादित बिषयहरु हल हुनेछन् भने अदालत तथा न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । जनसम्पर्क बढ्ने तथा दाजुभाई,छिमेकिबाट भनेजस्तो सहयोग पाईने हुँनाले मन प्रशन्न रहनेछ । आफुभन्दा बिशिष्ट ब्याक्तिसँगको भेटघाटले नयाँ योजना बनाउँन सहयोग पुग्नेछ ।

    शुभ अंक — ३,९ शुभ दिशा — उत्तर

    शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ नीलसरस्वत्यै नमः

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययन तथा अनुशन्धनको क्षेत्रमा दिईएको समयबाट राम्रो तथा परिणाममुखि नतिजा हात लाग्ने हुँदा मन प्रशन्न रहनेछ । सानो प्रयत्नले महत्वपुर्ण कामहरु बन्नेछन् भने बोलेरै मनग्गे आम्दानि गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग मिलेर गरिने पेशा व्यावसाय फस्टाएर जाने हुँनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । पारिवारिक माहोलामा जमघट भई मिठो मसिनो खाने अवसर जुर्ने हुँनाले मन पशन्न रहनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले आर्थिक स्थिति सुदृड बनाउँन सकिनेछ ।

    शुभ अंक — ४,५ शुभ दिशा — पश्चिम

    शुभ रंग — खरानि काय सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

    सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राजनिति तथा सामाजिक बिषयको उठान गर्दा अलि बढि अध्ययन तथा अनुशन्धान गरि प्रस्तुत हुँनुहोला किनकी प्रतिश्पर्धिहरु तपाईभन्दा बलिया हुँन सक्छन् । राम्रो काम गर्दा गर्दै गलत आक्षेप लगाउनेहरु हाबि हुनेछन् भने कार्यक्षेत्रमा तपाईको आलोचना गर्नेहरु सक्रिय हुनेछन् । समस्या समाधानका लागी चालिएका कदमहरु निअर्थक हुनेछन् भने तपाई आफ्नै कमजोरिले आत्मिय साथि तथा ईष्टमित्रहरु टाडिन सक्छन् । व्यापार व्यावसाय बढिनै संघर्ष गर्नु पर्नेछ भने आर्थिक अभावले कामहरु रोकिनेछन् । प्रेम प्रशङगमा सामान्य मनमुटाब सिर्जना हुँन सक्छ ध्यान दिनुहोला ।

    शुभ अंक — ५,९ शुभ दिशा — उत्तर

    शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम

    कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) काम गर्दा ध्यान दिनुहोला काम बिग्रन तथा समयमा नहुनाले आर्थिक अवस्थामा असर पर्न सक्छ । काम गर्नु पुर्व आफन्त तथा अग्रजहरु सँग सुझाब सल्लाह लिएर अगाडि बढ्दा राम्रो हुनेछ । सामाजिक कामहरुमा आजको दिन हात नहाल्दा नै राम्रो हुनेछ । काम तथा खानपानमा तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । व्यापार व्यावसायमा तत्काल लगानि नगर्नुनै राम्रो रहेकोछ । घर परिवार तथा आफन्त सँग मनमुटाब सिर्जना हुने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेदा समस्या उत्पन्न हुन सक्छ ध्यान दिनुहोला ।

    शुभ अंक — ६,९ शुभ दिशा — पुर्व

    शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम

    तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) काम गर्ने सवालमा होसियार रहनुहोला काम बिगार्ने तथा तपाईको नकारात्मक सोच्नेहरु सक्रिय हुनेछन् । आम्दानि हुँने ठाउँमा सत्रुका आँखा लाग्न सक्छ ध्यान दिनुहोला । परिश्रको फल अरुलेनै हत्याउँन कोषिस गर्नेछन् । अध्ययनमा मन जानेछैन भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । दाजुदाईहरुको नराम्रा सल्लाह मान्दा काम बिग्रनेछ भने भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला । ईच्छा, आकांक्षा तथा मनोकामना पुरा गर्न बढिनै समय मेहनेत गर्नुपर्नेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनुपर्ने बाध्यता आउँनेछ

    शुभ अंक — ४,७ शुभ दिशा — उत्तर

    शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ शुं शुक्राय

    बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) नयाँ काम पाउँने तथा बढुवा हुँने योग रहेको छ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । समाजको मन जित्ने काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानि हुनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा अगाडि बढ्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

    शुभ अंक — २,८ शुभ दिशा — पुर्व

    शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

    धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाई लेखाई अरु दिन भन्दा सुध्रिएर जाने हुँनाले नतिजा तपाईकै पोल्टोमा पर्नेछ । भाग्यले साथ दिने हुँदा थोरै लगानिबाट प्रशस्त आम्दानि हुँने तथा सानु प्रयत्नले ठुलो काम बन्नेछ । पुराना साथिभाई सँग भेटघाट गरि नँया योजना प्रस्तुत गर्न पाउँदा गर्बको महशुस हुनेछ । परिवार तथा आफन्त बाट तपाईको काममा रचनात्मक सहयोग हुनेछ । सामाजमा तपाईको काम देखि सबै प्रशन्न हुनेछन् भने मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ । आफ्नो सस्कार तथा सस्कृतीको जगेर्ना गर्ने काममा समय दिनु पर्नेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ ।

    शुभ अंक —३,९ शुभ दिशा — दक्षिण

    शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समयको ख्याल नगरि काम गर्दा समस्या निम्तिन सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नयाँ समस्याहरु आउँने हुँदा काम गर्न असजिलो हुनेछ । घर परिवार तथा बिशेष गरि दिदि बहिनी सँग मनमुटाब बढ्ने योग रहेकोछ । भौतिक तथा सवारि साधन प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । खानपान तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महशुष हुनेछ । माया प्रेममा सामान्य मनमुटाब हुँने तथा नचाहादा नचाहादै छुट्टिनु पर्ने बाध्यता आउँनेछ । पढाई लेखाईमा मन नजाने हुँनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ ।

    शुभ अंक — १,३ शुभ दिशा — पुर्व

    शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ कालभैरवाय नम

    कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) पारिवारिक तथा ब्याबसायिक यात्राको क्रममा बिभिन्न ठाँउ तथा दृष्यहरुको अबलोकन गर्ने अवसर प्राप्त हुनेछ । प्रेम गर्ने जोडिहरुका लामो समय सँगै बसेर भलाकुसारि गर्न सक्नेछन् । महिला मित्रहरुसँग गरिने कुनै पनि व्यापार तथा आर्थिक ब्याबस्थापनका लागि गरिने कारोबारहरु फस्टाएर जानेछन् । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ भने साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ । शुभ तथा मांगलिक कार्यमा सहभागि भई बिभिन्न परिकारको स्वाद लिदै दिन कटाउँन सकिनेछ ।

    शुभ अंक — २,३ शुभ दिशा — दक्षिण

    शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ शं शनैश्चराय नम

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुनै अगाडि आउँनेछन् । सत्रु लाग्ने तथा न्यायिक निर्णयहरु तपाईको बिपक्षमा आउँनेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्र तपाई आफ्नै कारणले फितलो रहनेछ । आफन्त तथा साथिभाइले सहयोग नगर्ने हुँनाले एक किसिमको निरासा पैदा हुनेछ । माया प्रेम तथा दाम्पत्य जीवनमा एक अर्कालाई शंका गर्नाले मनमुटाव बढ्नेछ । मामा तथा मावली पक्षसँग सामान्य बिषयमा पनि राय बाजिने हुँनाले काम गर्ने जागर हराएर जानेछ । व्यापार व्यावसायमा समय दिन नसस्दा घाटा लाग्ने सक्छ ध्यान दिनुहोला ।

    शुभ अंक — ४,९ शुभ दिशा — पश्चिम

    शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

    तपाईको दिन शुभ रहोस् ।
    ज्योतिषी दुर्गा प्रसाद भण्डारी
    नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
    चाबहिल, काठमाडौं
    फोन न. ९८५११७८४५९
    नोट :राशिफलमा जे जस्तो भए पनि व्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यवाद ।

    .

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य