आज केहि नयाँ काम गर्दै हुनुहुन्छ वा कतैको लामो यात्रामा हुनुहुन्छ?आजको दिन तपाईलाई कतिको शुभ छ ?आज २१ आश्विन २०७५ आइतवारको राशिफल

  • -लालिगुराश सम्बाद दाता
  • आइत, अशोज २१, २०७५

    आज – २१ आश्विन २०७५ आइतवारको राशिफल
    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वाणीमा कुशलता आउने योग परेको दिन छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । लाभदायक यात्राको सम्भावना छ ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नाता–कुटुम्बको आगमन हुने एवम् परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ भने कसै सैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) तपाईंको लगनशिलतालाई भित्रभित्रै मन पराइएको अवस्था छ । अभिभावकको सुझाव मुताबिक निर्णय लिनुमै आफ्नो कल्याण छ । प्रेम प्रस्ताव प्राप्त हुनसक्छ ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बोलीवचन एवं प्रवचन–भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । श्रृंगार तथा सजावटको कार्यमा विशेष सफलता हात लाग्नेछ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिनेछ । भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ |

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । सामाजिक कामको सिलसिलामा व्यास्त हुने समय रहेको छ ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । व्यवसायिक क्षेत्रबाट लाभ हुने, परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको अवसर प्राप्त हुनेछ ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धार्मिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुन सक्छ । काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधूप गर्नुपर्ने हुन सक्छ ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
    – ज्यो.पं. नारायणप्रसाद दुलाल हाम्रो पात्रो

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य