एउटा अनौठो विद्यालय :जहाँ कमाई पनि पढाई पनि यहाँका विद्यार्थी पढाई सकेपछि जागिर होइन जग्गा खोज्न थाल्छन्

  • -लालिगुराश सम्बाद दाता
  • मङ्ल, मंसिर १९, २०७४

    राम्रो शिक्षालयमा पढ्न पाइयोस्, पढेको कुरा तत्कालै व्यवहारमा लागू गर्न सकियोस् । अनि, पढ्दापढ्दै दाम पनि कमाउन पाइयोस् । अथवा, प्रमाणपत्र थपिँदै जाँदा धन पनि बढ्दै जाओस् । यस्तो भए कस्तो हुन्थ्यो होला ?

    यस्तो हुन असम्भव लाग्यो ? अहँ, असम्भव छैन, सम्भव छ । यो स्वादिष्ट कल्पना यथार्थमा बदलिएको हेर्न सुर्खेत जानुपर्छ । त्यहाँको बराहताल गाउँपालिकाको जनज्योती उच्च माविले यस्तै चमत्कार गरिरहेछ ।
    जनज्योतीबाट कृषि विषय पढाई सकेका विद्यार्थीहरु प्रमाणपत्र बोकेर जागिर खोज्न हिँड्दैनन् । बरु, उद्यम गर्न जग्गा खोज्दै हिँड्छन् । किन ?

    किनकी जनज्योतीले पढाउँछ नै, त्यसबाहेक विद्यार्थीलाई उद्यमी पनि बनाउँछ । यसका लागि विशेष तरिका अपनाउँछ ।

    विद्यार्थीलाई जग्गा र ऋण
    जनज्योतीमा १८ महिने कृषि जेटियो र भेट्नेरी जेटियो पढाई हुन्छ । भर्ना हुने हरेक विद्यार्थीसँग पाँच हजार रुपैयाँ धरौटी लिइन्छ । त्यही रकम विद्यार्थीलाई ऋण दिइन्छ अनि खेति गर्न लगाइन्छ । ऋणको व्याज समेत तिर्न पर्दैन । गाईभैंसी, बाख्रा, बंगुर, कुखुरा, माछा पाल्न लगाइन्छ । एकातिर पढाई चल्दै गर्छ, अर्कातिर विद्यार्थीले व्यवहारिक ज्ञान लिँदै जान्छन् ।

    अहिले जनज्योतीमा पढ्ने विद्यार्थीहरु मालामाल भएका छन् । अधिकांशले पढाई खर्च घरबाट ल्याउन पर्दैन, खेतिबाटै कमाउँछन् । कतिले त कमाएर घर पनि पठाउँछन् ।
    जनज्योतीबाट कृषि विषय पढाई सकेका विद्यार्थीहरु प्रमाणपत्र बोकेर जागिर खोज्न हिँड्दैनन् । बरु, उद्यम गर्न जग्गा खोज्दै हिँड्छन् ।

    खासमा जनज्योतीको जग्गा दुई बिगाहा मात्र हो । प्रधानअध्यापक नारायण सिग्देलले खेति गर्दै पढ्ने अवधारणा ल्याएपछि विद्यालयले २३ विगाहा जग्गा भाडामा लिएको छ । भाडा तिर्ने चिन्ता छैन, बरु, विद्यालयले ठूलो रकम आम्दानी गरिरहेछ ।

    अँ, विद्यालयले माहुरी पनि पालेको छ । मह बेचेरै लाखौं रुपैयाँ आम्दानी गरिरहेछ । च्याउ खेति गरेर पनि उत्ति नै आम्दानी गरिरहेछ । माछापोखरीको आम्दानी पनि गज्जब छ । यो गज्जबको आम्दानीको परिणाम हो, जनज्योतीले कक्षा आठसम्म निशुल्क पढाउँछ । आगामी दिनमा १२ कक्षासम्मै निशुल्क पढाउने योजना रहेको नारायणप्रसाद बताउँछन् ।

    विद्यालयलाई २५ विगाहा जग्गा अपूग भएको छ । त्यसैले सबै विद्यार्थीले मनग्ये आम्दानी गर्न पाएनन् । त्यसपछि त विद्यार्थीहरु आफैले गाउँमा जग्गा भाडामा लिँदै खेति गर्न थाले । विद्यार्थीलाई जग्गा खोजिदिने काम पनि नारायणप्रसादले नै गरिदिन्छन् ।

    यो चमत्कारी विद्यालयमा पढ्न देशभरीबाट विद्यार्थी आउन थालेका छन् तर सिट संख्या थोरै छ । कृषितर्फ अहिले तीनसय २० जना पढिरहेछन् । विद्यालयमा कूल एक हजार ५८ विद्यार्थी छन् । शिक्षक र कर्मचारी ५२ जना छन् । न शिक्षक र कर्मचारीलाई तलब दिन समस्या छ, न विद्यार्थीलाई शुल्क तिर्न र निर्वाह गर्न समस्या छ ।
    सम्पूर्ण रुपमा आत्मनिर्भर छ विद्यालय । त्यति मात्र होइन, लाखौं रुपैयाँ कमाइरहेको पनि छ । अनि, विद्यार्थीलाई पनि कमाउँदै पढ्ने मौका दिइरहेको छ ।

    पढिसकेपछि
    जनज्योतीका विद्यार्थीहरु किताबी ज्ञान मात्र लिँदैनन्, त्यो ज्ञानलाई व्यवहारिक रुपमै प्रयोग गर्छन् । पढाई सकिँदा उनीहरु व्यावसायिक किसान, पशुपालक बनिसकेका हुन्छन् । अधिकांश विद्यार्थी भन्छन्, हामी जागिर खाँदैनौं, जागिर दिने बन्छौं ।

    वाह, नारायणप्रसाद
    जनज्योतीको यो चमत्कारिक कामको चर्चा गर्दा नारायणप्रसाद सिग्देलको योगदान लेख्नै पर्ने हुन्छ ।
    वर्दियाका सिग्देल २६ वर्ष अघि सात कक्षासम्म मात्र पढाई हुने जनज्योतीमा शिक्षक भएर आएका थिए । विद्यालयको आर्थिक अवस्था रुग्ण थियो । उनले विद्यालयलाई अगाडि बढाउन थाले ।
    यो क्रमश माध्यमिक विद्यालय भयो । त्यसपछि कृषि पढाई गर्ने उच्च मावि भयो ।
    कृषि नै किन ? यसको कथा नारायणसँग गासिएको छ । २०४२ सालमा वर्दियामा प्रवेशिका गरेपछि उनले प्राविधिक शिक्षा सिएमए पढ्न सुर्खेतमा प्रवेश परीक्षा दिए । पास भएछन् तर बेलैमा खबर पाएनन् । भर्ना हुन जाँदा समय सकिएकाले मौका पाएनन्

    पछि सुर्खेतकै जनज्योतीमा शिक्षक बन्न पुगे । अनि, जनज्योतीलाई देशकै नमूना विद्यालय बनाउन लागिपरे । आफूले प्राविधिक शिक्षा पढ्न नपाएको दुख उनले अरुलाई त्यस्तो शिक्षा पढ्ने मौका दिलाइदिएर मेट्ने अठोट गरेका थिए ।

    प्राविधिक शिक्षा पढाउन विद्यालयसँग स्रोत थिएन, उनले महायज्ञ लगाए । त्यसबाट तीन करोड रुपैयाँ उठ्यो । अनि, त्यही रकमबाट उनले आजको जनज्योतीको यात्रा थालनी गरेका थिए ।
    जनज्योती उच्च मावि अहिले ज्ञानज्योती मात्र होइन धनज्योती पनि बनेको छ ।
    देशभरीका विद्यालयलाई जनज्योती जस्तै बनाउन पाए नेपाल कस्तो हुन्थ्यो होला ?ाम्रो शिक्षालयमा पढ्न पाइयोस्, पढेको कुरा तत्कालै व्यवहारमा लागू गर्न सकियोस् । अनि, पढ्दापढ्दै दाम पनि कमाउन पाइयोस् । अथवा, प्रमाणपत्र थपिँदै जाँदा धन पनि बढ्दै जाओस् । यस्तो भए कस्तो हुन्थ्यो होला ?

    देशभरीका विद्यालयलाई जनज्योती जस्तै बनाउन पाए नेपाल कस्तो हुन्थ्यो होला ?

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य