किन गरिदैछ यस्तो, छोरी जन्माउने आमालाई थप एकहजार भत्ता दिन सुरु

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    बुध, पुस २६, २०७४

    बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई थप एकहजार भत्ता दिन सुरु गरेको छ । छोरा र छोरीबीचको विभेद हटाउनका लागि छोरी जन्माउने आमालाई एकहजार प्रोत्साहन भत्ता दिन थालिएको गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताउनुभयो ।

    नेपाल सरकारले स्वास्थ्य संस्थामै बच्चा जन्माएमा एक हजार सुत्केरी भत्ता र प्रोटोकल अनुसार चार पटक जाँच गरेमा चार सय भत्ता दिँदै आएकोमा दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई थप एकहजार भत्ता दिन थालेको हो । अहिले पनि छोरी जन्मिए नराम्रो दृष्टिकोणले हेर्ने परम्परा रहेकाले छोरी प्रति गरिने विभेद अन्त्य गर्न भत्ता दिन थालिएको उपाध्यक्ष कार्कीले बताउनुभयो ।

    यसले आमाहरुलाई पनि साहस प्राप्त हुने र घरमै हुने विभेदको अन्त्य हुने विश्वास गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाले गाउँपालिका भरीका स्वास्थ्य संस्थामा छोरी जन्माउने आमाका लागि पहिलो चौमासिकको रकम समेत निकासा दिइसकेको उपाध्यक्ष कार्कीले बताउनुभयो ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य