बुवाको ज्यान गयो बिदेशमा ,आमा अर्को सित, बिचल्लीमा हामि भएपानी खुशी हुनु है आमा ! मन थामेर पढ्नुहोला

  • -लालिगुराश सम्बाद दाता
  • सोम, माघ १५, २०७४

    काठमाडौं-‘राम्रो सँग पढनु है’ फोनमा भनेका यो आवाज बाहेक बुवाका बारेमा केही याद छैन रामेछापको रामपुरकी सन्जु तामाङलाई । सानैमा विदेश गएका बुवाको अनुहार पनि सम्झनामा छैन ।आकाशमा उडिरहेको हवाइजहाज आँखाले भ्याउन्जेल हेर्नुहुन्छ । साउदी गएका बुवा त्यही जहाजमा फर्केको कल्पना गर्नुहुन्छ । सन्जुले हवाइजहाज हेर्दै बुवा कुरेको ९ वर्ष भैसक्यो । मनमा बुवा नर्फकने थाहा भएपनि गाडी र हवाइजहाजको आवाज सुन्न साथ उहाँका कान ठाडा हुन्छन् । आँखाले तिनै आवाजलाई पछ्याउँछन् ।

    सन्जु ३ कक्षामा पढ्दा बुवा विदेश गएका थिए । त्यसपछि घर फर्केर आएनन । सन्जुका बुवा विदेशमा नै बितेको ६ वर्ष भइसक्यो । उहाँका दिदी र भाइ पनि छन् । उनीहरु पनि सन्जु जस्तै बुवालाई सम्झन्छन् । उनीहरुलाई बुवा बिते जस्तो नै लाग्दैन ।साउदीबाट फर्किनु भन्दा चार दिन अघि सन्जुलाई बुवाले फोनमा धेरै चिज ल्याइदिन्छु भनेका थिए । ‘बुवाले म पर्सि आउँछु, घडी, लुगा ल्याइदिन्छु भन्नुभाथ्यो’ बुवासँग अन्तिम पटक बोलेको कुरा उहाँले सुनाउनु भयो ।

    बुवाको लास समेत देख्न नपाएकोमा सन्जुको गुनासो छ । चाडवाडका बेला सन्जुका आँखामा आँशु ओभाउँदैनन् । सन्जु भन्नुहुन्छ ‘कतैबाट बुवा आउँछन् कि जस्तो लाग्छ ।’सानै देखि आमासँग मात्र बसेका सन्जुका दिदीभाइका लागि आमा भन्दा अर्को संसार थिएन् । आमाले सबै चिज पु¥याएकी थिइन् । तर बुवा बितेको डेढ वर्षपछि आमाले पनि अर्कै सँग विहे गरिन् । त्यसपछि उनीहरु सहाराविहिन बने ।बुवाका बारेमा कुरा गर्न थालेपछि सन्जु भक्कानिनु भयो । बुवासँग बोलेको सबै कुरा सुनाउन सक्नु भएन । नेपाल फर्कने तयारीमा रहेका सन्जुका बुवाको घर फर्कनु भन्दा चार दिन अघि मृत्यु भयो । उहाँलाई बुवाको के कारणले मृत्यु भयो थाहा छैन् ।बुवाको शव नेपाल आए पनि सन्जुले देख्न पाउनु भएन । काठमाडौंमा दाहसंस्कार गरियो ।

    विहे गर्ने बेलामा आमाले उनीहरुलाई मावलीमा लगेर छाडेकी थिइन् । बुवा बितेपछि आएको क्षतिपूर्तिको पैसाले आमाले बेलाबेलामा आएर स्कूल फि र लुगाफाटा किनिदिन्थिन् ।उनीहरु तीनै जना मावलीमै बस्थे । बुढा भएका बाजे बजैका लागि उनीहरु साथी भएका थिए । तर मावलीमा सन्जुलाई आमासँग बसेजस्तो सहज भएन् । मावलीमा बजैले गर्ने सानो सानो गालीमा पनि सन्जुको चित्त दुख्थ्यो ।

    बुवा बितेपछि उनीहरुका सबथोक बाजेबजै नै थिए । तर बाजे बजैले नै राम्रो व्यवहार नगरेपछि सन्जुलाई साह्रै दुःख लाग्थ्यो । ‘बजैले नराम्रो शब्दले गाली गर्ने, माइजूले पनि बाउ टोकुवा तिम्रै घर जाउ भनेर गाली गर्थे’ सन्जुले रुँदै सुनाउनु भयो । आफ्ना भन्नेले नै गरेका यस्ता व्यवहारले सन्जुलाई कोही नभए जस्तो लाग्थ्यो । सन्जुकी दिदी मन्जु भन्नुहुन्छ, ‘सबैले गाली गर्दा त कहाँ गएर मरुँ जस्तो लाग्ने ।’आमाले केही समय त तीनै जनालाई सँगै काठमाडौं ल्याएकी थिइन् । तर पछि मावलीमै लगेर छाडीदिइन । मावली मै बसेर सन्जु र मन्जुले एसइइ परीक्षा दिनुभयो ।

    परीक्षा सकिए पछि उनीहरु काका काकीकोमा बसेका छन् । त्यही भेटिएका सन्जु र उहाँका दिदीभाइलाई अब कहाँ बस्ने पत्तो छैन् । के गर्ने पनि पत्तो छैन् । अर्कैको भैसकेकी आमालाई पनि उनीहरुको बारेमा सोच्ने फुर्सद छैन ।सन्जुलाई बाउआमा नभएरै सबैले हेपेको जस्तो लाग्छ । गाली बुझ्ने भएकी सन्जुलाई मावली फर्कने मन छैन । मन्जुलाई पनि मावली सम्झन मन लाग्दैन ।सन्जु १६ वर्षको हुनुभयो । उहाँकी दिदी मन्जु १७ वर्ष । सन्जु र मन्जुका उद्देश्य एउटै छ भाइलाई इन्जिनियर पढाउने ।

    सन्जुको भने भविष्यमा आर्मी बन्ने लक्ष्य छ । तर यी सपना कसरी पूरा हुन्छ भन्ने उनीहरुलाई थाहा छैन । बस्ने घरको ठेगान नभएका सन्जु र दिदी भाइलाई सुरुमा त यी सपना पूरा गर्ने घरको खाँचो छ ।
    साझापेजाबाट साभार,

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य