एम्बुलेन्सलाई बाटो खुलाउन राष्ट्रपतिको सवारी रोक्ने ट्राफिक प्रहरी सम्मानित

  • -लालिगुराश सम्बाद दाता
  • बुध, असार ७, २०७४

    नयाँ दिल्ली । दक्षिण भारतको बैंग्लुरका एक ट्राफिक प्रहरीे एम्बुलेन्सलाई बाटो दिएकै कारण चर्चामा छन् । ट्राफिक प्रहरीका सब इन्सपेक्टर एमएल निजलिंगप्पाले भारतका राष्ट्रपति प्रणव मुखर्जीको सवारीलाई रोकेर एम्बुलेन्सलाई बाटो दिएपछि उनी चर्चामा रहेका हुन् ।

    राष्ट्रपतिको सवारीकै कारण जाममा फसेको एम्बुलेन्सलाई पास गराउन उनले राष्ट्रपतिकै सवारीलाई रोकेका थिए । उनको यो साहसिक कदमको कदर गर्दै बैंग्लोर प्रहरीले उनलाई सम्मान समेत गरेको छ ।

    राष्ट्रपति मुखर्जी मंगलबार मेट्रो ग्रिन लाईनका उद्घाटन गर्न बैंग्लोर गएका हुन् । सोही क्रममा जाममा फसेको एम्बुलेन्सलाई निकाल्न निजलिंगप्पाल राष्ट्रपति चढेको सवारीलाई रोकेका थिए । उनको यो कदमको सामाजिक सञ्जालमा समेत चर्चा भईरहेको छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य