के कारण भयो प्रियंकाको हत्या,एकाएक बाहिरियो रहस्य

  • -लालिगुराश सम्बाद दाता
  • शुक्र, साउन २५, २०७५

    काठमाडौं २५ – एक किशोरीको हत्या आरोपमा बारा प्रहरीले उनका बाबुआमा सहित चार जनालाई नियन्त्रणमा लिएको छ । कलैया उपमहानगरपालिका ५ बस्ने १७ बर्षीया प्रियंका मिश्रको हत्यामा परिवारकै संलग्नता रहेको अनुसन्धानबाट खुल्न आएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको बारा प्रहरीले बताएको छ । मिश्रको हत्या आरोपमा उनका बाबु बृजकिशोर मिश्र, आमा पुष्पा देवी मिश्र, काकाहरु रामनाथ मिश्र र हरीकिशोर मिश्रलाई नियन्त्रणमा लिइएको बाराका प्रहरी उपरीक्षक मिरा चौधरीले बताइन् ।

    मिश्रको मृत्युको अनुसन्धान गर्दा उनको मृत्यु भन्दा हत्या भएको र पक्राउ परेका चारै जनाको त्यसमा प्रत्यक्ष संलग्नता रहेको खुल्न आएको चौधरीले बताईन् । अन्तर जातीय केटासँग प्रेम सम्बन्धमा रहेको कुरा थाहा पाएपछि परिवारका सदस्यहरुले नै उनको हत्या गरेको हुन सक्ने प्रहरी अनुमान छ ।

    असार १२ गते कलैया स्थित आफ्नै घरमा मृत्यु भएकी उनको शव कलैयाबाट १२ किलोमिटर टाढा रहको सुर्वण गाउँपालिकाको हर्दियामा लगेर गुपचुप तरिकाले रातीको समयमा परिवारका सदस्यहरुले दाह संस्कार गरेकाले घटनामा परिवाका सदस्यहरुकै संलग्नता हुन सक्ने प्रहरीले बताएको छ । मृत्युको बारेमा प्रहरीलाई जानकारी नदिएर घटनालाई लुकाउन खोजिएकोले मिश्रको मृत्यु भन्दा हत्या गरीएको शंका शुरु देखि नै प्रहरीले गरेको उपरीक्षक चौधरीले बताइन् ।
    नागरिकबाट

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य