सम्हाले नेपालको पारी कप्तान रोहितले

  • -लालिगुराश सम्बाद दाता
  • शुक्र, चैत्र २९, २०७५

    २९ चैत, काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोट प्रतियोगितामा नेपालको पारी कप्तान रोहितकुमार पौडेलले सम्हालेका छन् ।
    सुरुवातमै धरमराएको नेपाली पारी कप्तान रोहितले उकासेका हुन् ।

    पहिलो विकेट तीन रन हुँदा रित गौतमलाई गुमाएको नेपालले दोस्रो विकेट १८ रन हुँदा आशिफ शेखलाई गुमाएको थियो । योसँगै दबावमा नेपाल आएको थियो । तर, तेस्रो विकेटका लागि सन्दीप जोरा र रोहितकुमार पौडेलले ९० रनको साझेदारी गर्दै उकासेका थिए । १०८ रन हुँदा तेस्रो विकेटको रुपमा पवन सर्राफ ब्यक्तिगत ४७ रन बनाएर आउट भए ।

    त्यस्तै, रोहितले भीम सार्कीसँग मिलेर ३६ रनको साझेदारी गर्दा नेपालको स्कोर १४४ रन पुगेको थियो भने पाँच विकेट पतन भएको थियो । भीम सार्की २६ रनमा आउट भए ।

    अहिले क्रिजमा कप्तान रोहित र राशिद खान रहेका छन् । ३४ ओभरको खेल सकिँदासम्म नेपालको स्कोर ६ विकेटको क्षतिमा १८९ रन भएको छ । रोहित ७२ रनमा अविजित छन् । उनले सात चौका प्रहार गरेका छन् ।

    यसमा तपाइको मत

    ट्वीटर

    खेलकुद बाट अन्य

    राष्ट्रिय खेलकुद परिषद्का सदस्य शम्भु बास्तोलाको गएराति निधन

    २९ चैत, काठमाडौं । राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य शम्भु बास्तोलाको निधन भएको छ । लडेर गम्भीर घाइते बास्तोलाको उपचारका क्रममा गएराति निधन भएको हो । एन्फाका लिग निर्देशक सञ्जीव मिश्रले लडेर...

    पारस खड्का र धुर्मुस सुन्तलीले स्टार अनमोल देखि प्रदिप खड्का सम्मलाई यसरी क्रिकेट मैदानमा भिडाउदै

    ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानमा फेरी अर्को एक ससक्त कार्यक्रम हुने भएको छ।धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको उक्त रंगशालामाको लागि सहयोगार्थ क्रिकेट खेल हुने भएको छ। नेपालका चर्चित चर्चित कलाकार देखि खेलाडी...

    सलमान खानसँग इदमा फिल्म रिलिज गर्न अक्षय कुमारले लिए अनुमती

    बलिउड अभिनेता सलमान खानले हरेक वर्षको इदमा आफ्ना प्रशंसकलाई विशेष उपहार स्वरुप आफ्नो फिल्म रिलिज गर्छन् । हरेक इद सलमान खानका लागि निकै विशेष हुन्छ । सन् २००९ मा वान्टेडदेखि सन् २०१९ मा भारतसम्म...

    BREAKING NEWS ; क्रिकेटमा नेपालको सानदार जित, नेरी थापाको किर्तिमान, पढ्नुहोस्

    आइसीसी महिला टी–२० र एकदिवसीय विश्वकप अन्तर्गत एशिया क्षेत्रीय छनोटमा नेपालले दोस्रो जित दर्ता छ । नेपालले युएईबिरुद्ध ७ विकेटले जित हात पारेको हो ।बैककमा भएकाे खेलमा टस जितेर पहिले ब्याटिङ गरेकाे युएईले...

    सरकारले प्रतिभाशाली खेलाडीहरुलाई खेल खेल्न उचित वातावरण बनाउन कहिल्यै सकेन, अब ३ बर्षभित्र हामी अन्तर्राष्ट्रिय रंगशाला बनाउछौ : खेलकुदमन्त्री

    ७ फागुन, काठमाडौं । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले तीन वर्षभित्र काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रिय रंगशाला बन्ने बताएका छन् । मंगलबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले ३ वर्ष भित्र...