प्रथम लुम्बिनी एसइइ फुटसल प्रतियोगिता सुरु

  • -लालिगुराश सम्बाद दाता
  • शनि, जेष्ठ १८, २०७६

    काठमाडौँ, जेठ १७।लुम्बिनी एकेडेमी कलेजको आयोजनामा प्रथम लुम्बिनी एसइइ फुटसल प्रतियोगिता २०७६/०२/१७ गतेबाट सुरु भएको छ।खेलकुदको ज्ञान र शिप बिकासको साथ साथै खेल कौशलको माध्यम बाट आचरण सुधार गर्दै खेल कौशलको बिकास तथा अन्य शैक्षिक संस्थाहरु संगको सम्बन्ध प्रगाढ बनाइ प्रतिभावान खेलाडी उत्पादनमा सहयोग पुगोस भन्ने उद्देश्य राखेर उक्त प्रतियोगिता आयोजना गरिएको हो।

    लुम्बिनी एकेडेमी कलेजको प्रिन्सिपल रबिनचन्द्र कोइरालाको सभापतित्वमा उद्घाटन भएको प्रतियोगितामा राष्ट्रिय फुटसल टिम पुर्व कप्तान अनिल गुरुङको प्रमुख अथित्यता रहेको थियो। विशेष अतिथिको रुपमा क्रिकेटर सोमपाल कामि, अभिनेत्री नम्रता सापकोटा रहेका थिए।

    प्रतियोगिताको उद्घाटन एक कार्यक्रमबीच सभापति, बिशेष अतिथिबाट म्याच रेफ्री कृष्ण चौधरीलाई म्याच बल हस्तान्तरण गरेर सुरु गरिएको थियो।

    उक्त प्रतियोगितामा पुरुषको ६१ टिम तथा महिलाको ९ टिमको सहभागिता रहने छ।प्रतियोगितामा बिहिबार सम्म लुम्बिनी कलेजको फुटसल ग्राउन्डमा चल्ने छ।

    उक्त प्रतियोगितामा विजेता टिमलाई सिल्ड, मेडल तथा प्रमाणपत्रको साथमा नगद पुरस्कारको पनि ब्यबस्था गरिएको आयोजकले जानकारी दिए।

    प्रतियोगितामा विभिन्न विधामा उत्कृस्ट हुने खेलाडीहरुलाई कक्षा ११ मा उचित छात्रवृत्तिको पनि ब्यबस्था गरिएको छ।

    खेलको उद्घाटनको इरोस एजुकेशन विरुद्ध लुम्बिनी एकेडेमीले खेलेर सुरु गरिएको थियो। प्रतोयोगिताको बाँकि खेलहरु आइतबारबाट हुने छ।

    यसमा तपाइको मत

    ट्वीटर

    खेलकुद बाट अन्य

    भारतले अष्ट्रेलियालाई हराएपछि बलिउड क्षेत्रकी विवादित अभिनेत्री पूनमको यस्तो हर्कत

    एजेन्सी । भारत र अष्ट्रेलियाबीचको क्रिकेट खेलमा भारत ३६ रनले विजयी भयो । भारत विजयी भएपछि बलिउड क्षेत्रकी विवादित अभिनेत्री पूनम पाण्डेले एउटा उत्तेजक तस्बिर सार्वजनिक गरेकी छन् । टिम इण्डियाको लागि भन्दै उनले उत्तेजक...

    प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधि नेपाल पुलिस क्लबलाई ….

    काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।शनिबार भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई ४ विकेटले हराउँदै पुलिस च्याम्पियन बनेको हो । त्रिवि त्रिकेट मैदानमा आर्मीले दिएको १२६...

    जेठ १५ देखि ‘केभीएस कप’ फुटबल हुने

    ‘विधालयहरु सँगको सुमधुर सम्बन्ध निर्माण गर्दै प्रतिभाशाली खेलाडीको उत्पादन’ भन्ने नारा सहित काठमाडौको गैरीगाउँ सिनामंगल स्थित काठमाडौँ विनायक शिक्षालय केभीएसको आयोजनामा अन्तर विधालय स्तरीय छात्र फुटबल प्रतियोगिता ‘केभीएस कप २०७६’ को आयोजना हुने भएको...

    सम्हाले नेपालको पारी कप्तान रोहितले

    २९ चैत, काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोट प्रतियोगितामा नेपालको पारी कप्तान रोहितकुमार पौडेलले सम्हालेका छन् । सुरुवातमै धरमराएको नेपाली पारी कप्तान रोहितले उकासेका हुन् । पहिलो विकेट तीन रन हुँदा रित गौतमलाई...

    राष्ट्रिय खेलकुद परिषद्का सदस्य शम्भु बास्तोलाको गएराति निधन

    २९ चैत, काठमाडौं । राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य शम्भु बास्तोलाको निधन भएको छ । लडेर गम्भीर घाइते बास्तोलाको उपचारका क्रममा गएराति निधन भएको हो । एन्फाका लिग निर्देशक सञ्जीव मिश्रले लडेर...

    पारस खड्का र धुर्मुस सुन्तलीले स्टार अनमोल देखि प्रदिप खड्का सम्मलाई यसरी क्रिकेट मैदानमा भिडाउदै

    ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानमा फेरी अर्को एक ससक्त कार्यक्रम हुने भएको छ।धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको उक्त रंगशालामाको लागि सहयोगार्थ क्रिकेट खेल हुने भएको छ। नेपालका चर्चित चर्चित कलाकार देखि खेलाडी...

    सलमान खानसँग इदमा फिल्म रिलिज गर्न अक्षय कुमारले लिए अनुमती

    बलिउड अभिनेता सलमान खानले हरेक वर्षको इदमा आफ्ना प्रशंसकलाई विशेष उपहार स्वरुप आफ्नो फिल्म रिलिज गर्छन् । हरेक इद सलमान खानका लागि निकै विशेष हुन्छ । सन् २००९ मा वान्टेडदेखि सन् २०१९ मा भारतसम्म...

    BREAKING NEWS ; क्रिकेटमा नेपालको सानदार जित, नेरी थापाको किर्तिमान, पढ्नुहोस्

    आइसीसी महिला टी–२० र एकदिवसीय विश्वकप अन्तर्गत एशिया क्षेत्रीय छनोटमा नेपालले दोस्रो जित दर्ता छ । नेपालले युएईबिरुद्ध ७ विकेटले जित हात पारेको हो ।बैककमा भएकाे खेलमा टस जितेर पहिले ब्याटिङ गरेकाे युएईले...

    सरकारले प्रतिभाशाली खेलाडीहरुलाई खेल खेल्न उचित वातावरण बनाउन कहिल्यै सकेन, अब ३ बर्षभित्र हामी अन्तर्राष्ट्रिय रंगशाला बनाउछौ : खेलकुदमन्त्री

    ७ फागुन, काठमाडौं । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले तीन वर्षभित्र काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रिय रंगशाला बन्ने बताएका छन् । मंगलबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले ३ वर्ष भित्र...