सरकारले प्रतिभाशाली खेलाडीहरुलाई खेल खेल्न उचित वातावरण बनाउन कहिल्यै सकेन, अब ३ बर्षभित्र हामी अन्तर्राष्ट्रिय रंगशाला बनाउछौ : खेलकुदमन्त्री

  • -लालिगुराश सम्बाद दाता
  • मङ्ल, फाल्गुन ७, २०७५

    ७ फागुन, काठमाडौं । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले तीन वर्षभित्र काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रिय रंगशाला बन्ने बताएका छन् । मंगलबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले ३ वर्ष भित्र काठमाडौं उपत्यकाभित्र अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण कार्य सम्पन्न गर्ने प्रतिवद्धता पनि जनाएका हुन् । त्यसका लागि जग्गा प्राप्तिको कामलाई अघि बढाएको मन्त्री विश्वकर्माको भनाइ छ ।

    सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणमार्फत् सो रंगशाला निर्माणका लागि जग्गा प्राप्तिको कामलाई अघि बढाएको छ । मन्त्री विश्वकर्माले सबै प्रदेशमा आधुनिक सुविधासम्पन्न रंगशाला निर्माणका लागि आवश्यक योजना पनि तय गरिएको जानकारी दिए ।

    उनले खेल प्रशिक्षकलगायतका दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ सरकारले खेलकुद विश्वविद्यालय स्थापना गर्ने योजना बनाएको जानकारी दिए ।

    विश्वविद्यालय स्थापना गर्न युवा तथा खेलकुद मन्त्रालयका सचिवको अध्यक्षतामा अध्ययन कार्यदल नै गठन गरिएको पनि बताए ।

    सरकारले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता र १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता समयमै सम्पन्न हुने गरी कामलाई अघि बढाएको दावी पनि गरेको छ ।

    समितिका सदस्यहरुले मुलुकको खेलकुद क्षेत्रको विकासका लागि आवश्यक बजेटको व्यवस्था गर्न सरकारलाई सचेत गराएका थिए । समितिका सदस्य जीवनराज श्रेष्ठले बजेटको अभावमा मुलुकको खेलकुद क्षेत्रको विकास हुन नसकेको उल्लेख गर्दै त्यसमा लगानी बढाउन सरकारसँग माग गरे ।

    समितिका अर्का सदस्य मानबहादुर विश्वकर्माले खेलाडीको छनौट निश्पक्ष ढंगले गर्न सरकारलाई सचेत गराए । उनले प्रतिभाशाली खेलाडीहरुलाई प्राथमिकता दिएर अघि बढे मुलुकले खेलकुदको क्षेत्रमा फड्को मार्ने पनि स्पष्ट पारे ।विश्वकर्माले सरकारले प्रतिभाशाली खेलाडीहरुलाई खेल खेल्न उचित वातावरण बनाउन नसकेको आरोप पनि लगाए ।

    यसमा तपाइको मत

    ट्वीटर

    फिचर न्युज बाट अन्य

    साईलो त्यसै जन्मिएको सृजना हैन :लोक गायक बिक्रम राना

    कमल सरगम -काठमाण्डौ नेपाली लोक संगीतलाई पढेर आउने कलाकार कमै छन त्यहि भित्र पर्छन बिक्रम राना।उनले गाएको पछिल्लो समयको चर्चित भाका हो ‘साइलो’।शिब हमाल संग उनले पहिलो सहकार्य गरेका हुन्।प्युठानको हंसपुरमा जन्मिएका राना हाल...

    प्रकाश सपुतको लुरुरु सालको पात संग मिल्दा मौन सस्था,किन बोल्न चाहेनन् सम्बन्धित कलाकार?पढ्नुहोस

    कमल सरगम।लोक गीत भनेको सिंगो मातृभूमिको एक सान्तन हो।लोक गीत नेपालीहरुको एक सस्कृति र सस्कार बोक्ने धार हो।हामी गीत संगीतबाट मनोरंजन मात्रै लिदैनौ गीत संगीतको भावमा पनि डुब्ने गर्दछौ।कतिपय गीतहरु बास्तबिक कथा व्यथामा जोडिएको...

    बिहेको ५ बर्ष पछि धमलाकि सासुले खोलिन मिडियामा एलिजाको डिभोर्सको हल्लाको बास्तबिकता?भिडियो कुराकानी

    पत्रकार ऋषि धमलाको डिभोर्सको बास्तबिकता एलिजाको ममी अर्थात धमलाको सासुआमाले मिडिया मार्फत प्रष्ट पारेकि छिन।केहि समय देखि दैनिक जसो यही बिषयमा समाचारहरु र ट्रोल बन्दै गर्दा यसलाई गलत रुपमा चर्चा गरेको हो या के...

    प्रेम गीत ३ मा प्रदिप खड्का र आँचल शर्मा !निर्माता सेन के भन्छन ?

    निर्माता सन्तोष सेनको निर्माण तथा निर्देशनमा तयार हुन लागेको बहुप्रतिक्षित चलचित्र प्रेम गीत ३ मा नायिका आँचल शर्मा अनुबन्धित हुने सम्भावना बढेको छ।पर्दशनको मिती समेत बाहिरिसकेको चलचित्र प्रेम गीत-३मा आँचल शर्मा अनुबन्दित हुने...

    कसले र किन गर्दैछ वैशाख २३ गते नेपाल बन्द ?

    काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी माओवादीले वैशाख २३ गते नेपाल बन्दको आह्वान गरेको छ ।बिहीबार एक विज्ञप्ति जारी गर्दै इञ्चार्ज सगुनले प्रदेश ३ र ४ का जिल्ला पनि बन्द गरेर सहयोग गर्न आह्वान गरेका...

    एकसाथ पहिलोपटक ऋषि धमला र धुर्मुसको परिवार मिडियामा आउदा पर्यो ठुलो झगडा,सुन्तलीलाइ मिलाउन मुस्किल

    पत्रकार ऋषि धमला र धुर्मुसको परिवार एक साथ् मिडियामा देखिएका छन।केहि समय अगाडी देखि अभियानमा लागेका धुर्मुस संग धमलाको चर्काचर्की पनि परेको छ।धमलाको श्रीमतीको जन्म दिनको अवसरमा बिभिन्न कलाकार र कलाकर्मीहरुको धमलाको घरमा घुइचो...

    अर्घाखाँचीमा संचारमन्त्री अलपत्र ! बुद्ध एयर काठमाडौं उडेपछि भयो हंगामा…

    काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेकपा महासचिव बिष्णु पौडेल लगायत बालुवाटारको जग्गा किन्ने सबैलाई क्षतिपूर्ति दिनुपर्ने दोहोर्‍याएका छन् । प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जग्गा कारोबारीले सरकारी जग्गा...

    लोक दोहोरी गीतमा २०७५ साललाई फर्केर हेर्दा-कुन कुन गीत हिट कुन कुन गीत बिबादित ?हेर्नुहोस

    कमल सरगम २०७५ साल लोक दोहोरी कलाकारको लागि सर्बाधिक फलदायी वर्षको रुपमा उभिन सफल भयो भने यही बर्ष मौलिक दोहोरी बर्ष बन्न सफल भएको छ! कलाकारले युटुब लक्षित गीतहरु बजारमा ल्याए पनि समग्रमा मौलिक गीत...

    विप्लबका नेताहरु जंगल पसिसकेको र अब जनयुद्धको अन्तिम तयारीमा रहेको गरे विप्लबकै एक नेताले खुलासा हेर्नुहोस यस्तो छ योजना !

    पछिल्लो समयमा देशमा गलत गतिबिधि फैलाएको भन्दै विप्लब नेकपालाइ प्रतिबन्ध लगाए संगै उनका कार्यकर्ताहरु यतिबेला आक्रोसित छन।सरकारले जनयुद्ध भएको हेर्न चाहेको र अब यसको नतिजा देखाउने भन्दै विप्लब नेकपाका एक नेताले अब हतियार बोक्न...

    सम्हाले नेपालको पारी कप्तान रोहितले

    २९ चैत, काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोट प्रतियोगितामा नेपालको पारी कप्तान रोहितकुमार पौडेलले सम्हालेका छन् । सुरुवातमै धरमराएको नेपाली पारी कप्तान रोहितले उकासेका हुन् । पहिलो विकेट तीन रन हुँदा रित गौतमलाई...