विश्व क्रिकेट लिग च्याम्पियनसिपः नेपाल युएईसँग ७ विकेटले पराजित


  • -चक्र साउद आर सि
  • बुध, मंसिर २०, २०७४

    काठमाडौँ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल युएईसँग ७ विकेटले पराजित भएको छ । युएईको युएईको शेख जायद रंगशालामा भएको खेलमा नेपालले टस हारेर पहिले व्याटिङको निम्तो पाएको थियो ।

    नेपालका लागी शरद भेशवाकरले सर्वाधिक ८१ रन बनाए । भने कप्तान पारस खड्का र सोमपाल कामीले समान २०—२०, दिलिप नाथले १६, विनोद भण्डारीले ४ रन जोड्दा आरिफ सेख शुन्य रनमा आउट भएका थिए । त्यस्तै बसन्त रेग्मीले १४ रनको योगदान दिएका थिए ।

    १ सय २२ रनको लक्ष्य पचुछ्याएको युएईले ४५ दशमलव ५ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । युएईका लागी कप्तान रोहन मुस्तफाले ६२ रनको योगदान दिए, त्यस्तै अस्फाक अहमद १९ रन बनाएर रन आउट भएका थिए । रमिज शाहजद ३७ रन बनाएर आउट भए । त्यस्तै घुलम सब्बिर ८१ र महम्मद उस्मान १७ रनमा नटआउट रहे ।

    नेपालका लागी सन्दिप लामीछाने, शरद भेश्वाकरले १—१ विकेट लिएका थिए ।

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य