टाइब्रेकरमा लिसेस्टरलाई हराउँदै ईएफएल कपको सेमिफाइनलमा

  • -लालिगुराश सम्बाद दाता
  • बुध, पुस ५, २०७४

    ५ पुस, काठमाडौं । म्यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भनेका छन् कि टाइब्रेकरमा लिसेस्टरलाई हराउँदै ईएफएल कपको सेमिफाइनलमा पुगेको उनी निक्कै खुसी छन् ।

    टाइब्रेकरमा म्यानचेष्टर सिटीका गोलकिपर क्लाउडिओ ब्राभोले रियाज महरेजको पेनाल्टी रोकेका थिए भने जेमी भर्डीको प्रहार पोष्टमा लागेको थियो ।

    लिसेस्टरको घरेलु मैदानमा भएको खेलमा सिटीले २६ औं मिनेटमा नै अग्रता लिएको थियो । तर, अन्तिम मिनेटमा पाएको पेनाल्टीमा भर्डीले गोल गरे ।

    अतिरिक्त समयमा पनि दुबै टोलीबाट गोल हुन सकेन र खेलको निर्णय टाइब्रेकरबाट लिइयो ।

    जसमा सिटीका किपर ब्राभो हिरो बने ।

    सिटीले यो पटक प्रिमियर लिग मात्र होइन, च्याम्पियन्स लिग, एफए कप र ईएफएल कप जित्ने लक्ष्य राखेको छ ।

    प्रिमियर लिगको शीर्ष स्थानमा रहेको टिम च्याम्पियन्स लिगको नकआउट चरणमा पुगिसकेको छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य