२०१८ मा दर्जन फुटबल ठूला प्रतियोगिता हुँदै

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    सोम, पुस १७, २०७४

    एजेन्सी । विश्व खेलकुदमा सन् २०१७ सामान्य रह्यो । सन् २०१६ को तुलनामा सन् २०१७ मा अन्तर्राष्ट्रिय खेल जगत मध्यम रह्यो ।

    केही ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताबाहेक सन् २०१७ मा खेलकुदले खासै चर्चा पाएन । तर, खेलकुदले जति चर्चा पायो, त्यसमा फुटबलले बढी स्थान पाएको थियो । विश्वकप फुटबलको छनोट र युरोपियन लिगहरुका कारण फुटबलले बढी चर्चा पाएको थियो ।

    यस्तै, च्याम्पियन्स ट्रफी तथा केही ठूला राष्ट्रबीचको खेलका कारण क्रिकेटसमेत चर्चामा रह्यो । वर्षको अन्तिममा भएको इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको एसेज सिरिजले खेलप्रेमीको मन तानेको थियो ।

    वार्षिक क्यालेन्डरमा चल्ने युरोपियन लिगहरु इन्ग्लिश प्रिमियर लिग, स्पेनिस ला लिगा, जर्मन बन्डेस लिगा, इटालियन सिरी ए, फेन्च लिग वान, च्याम्पियन्स लिग क्लब विश्वकपका कारण फुटबलले बढी स्थान पाएको थियो ।

    सन् २०१८ मा हुने फिफा विश्वकप छनोट खेलले २०१७ मै विश्व बजार तताएको थियो । रुस विश्वकपमा यसपटक पाँच पटकको विजेता ब्राजिल, साविकको विजेता जर्मनी, अर्जेन्टिना, पोर्चुगलजस्ता ठूला राष्ट्रहरु छनोट भए । तर, यो पटक चार पटकको विजेता इटाली, नेदरल्याण्ड, वेल्स, चिली, आइभरी कोष्ट, घानाजस्ता ठूला राष्ट्र छनोट हुन् असफल हुँदै चर्चा पायो । यस्तै आइसल्याण्ड र पानामाले पहिलो पटक विश्वकपमा स्थान बनाउँदा चर्चित रह्यो ।

    क्रिकेटमा इंग्ल्यान्डमा भएको आइसीसी च्याम्पियन्स ट्रफीले दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्यो । पहिलो पटक फाइनल यात्रा गरेको पाकिस्तानले भारतलाई १८० रनले स्तब्ध बनाएर च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो । यस्तै इंग्ल्यान्डमा सम्पन्न महिला एकदिवसीय विश्वकप क्रिकेटले समेत सबैको ध्यान तानेको थियो । महिला विश्वकप उपाधि इंग्ल्यान्डले घरमै राखेको थियो ।

    यस्तै, विश्व फुटबलमा सन् २०१७ क्रिष्टियानो रोनाल्डो, लियोनल मेस्सीकै वरिपरी घुम्यो । उत्कृष्टको होडमा पोर्चुगिज रोनाल्डो र अर्जेन्टिनाका मेस्सी नै देखिए । यो वर्ष रियल मड्रिडका रोनाल्डोले उत्कृष्ट खेलाडी बन्दै फिफा वर्ष खेलाडी र बालोन डी ओरको उपाधि आफ्नो बनाए । रोनाल्डोले दुई ठूला अवार्ड जित्दा बार्सिलोनाका मेस्सीलाई पछि पारेका थिए । यस्तै रोनाल्डोले बालोन डी ओर अवार्डमा मेस्सीसँग बराबरसमेत गरे । यो अवार्ड मेस्सीले पनि ५ पटक नै जितेका छन् ।

    सन् २०१७ मा ब्राजिलियन फरवार्ड नेयमारसमेत चर्चामा रहे । नेयमार यसै सिजन स्पेनिस क्लब बार्सिलोनाबाट फ्रेन्च क्लब पेरीस सेन्ट जर्मेन (पिएसजी) मा कीर्तिमानी मूल्य १८९ मिलियन पाउण्डमा सरुवा भएपछि चर्चाका पात्र बने । त्यसबाहेक नेयमार पिएसजीबाट स्पेनिस क्लब रियल जाने हल्लाले वर्षको अन्तिममा चर्चा पाइरह्यो ।

    यस्तै यो वर्षको अन्तिममा टोटनह्यामका ह्यारी केनले समेत चर्चा पाए । यो वर्ष केनले इंग्लिश प्रिमियर लिगमा एकै वर्ष सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाए । केनले ब्लाकबर्नका एलेन शेररले सन् १९९५ मा ३६ गोल गर्दै बनाएको २२ वर्ष पुरानो कीर्तिमानलाई भंग गरेका हुन् । केनले यो वर्ष इन्ग्लिश प्रिमियर लिगमा ३९ औं गोल गर्न सफल भए ।

    केन युरोपियन फुटबलमा यो वर्ष सर्वाधिक गोल गर्ने खेलाडी समेत बने । क्लब र राष्ट्रको लागि केनले ५२ खेलमा ५६ गोल गर्दै लियोनल मेस्सीलाई पछि पारेका छन् । बार्सिलोनाका मेस्सीले यो वर्ष ६४ खेलबाट ५४ गोल गरेका छन् ।

    तर, सन् २०१७ खेलाडीको सन्यासले पनि बढी चर्चा बटुल्यो । धेरै लिजेण्ड खेलाडीले आफ्नो खेल करियरलाई बिट मारेका थिए । सन् २०१७ मा बुट थन्क्याउने फुटबलर बढी रहे । इटालियन आन्द्रेइ पिर्लो, फ्रान्सिस्को टोट्टी, गियानलुइनी बुफोन, ब्राजिलियन काका, जर्मन फिलिप लाहाम, स्पेनिस जाभी अलन्सो, इंग्ल्यान्डका फ्र्याङ्क लाम्पार्ड, नेदरल्याण्डका डिर्क किवेट र आर्यन रोबिनले सन्यास लिए । यस्तै पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदी, भारतका आशिष नेहेरा, वेष्ट इण्डिजका ड्याने स्मिथले सन्यास लिए ।

    कीर्तिमानी जमैकन धावक उसेन बोल्टको सन्यासले पनि चर्चा पायो । सन् २०१६ को ओलम्पिकपछि नै सन्यास लिने बताएका बोल्टले लण्डनमा सम्पन्न विश्व च्याम्पियनसिपको ट्रयाकमा दौडँदै आफ्नो खेल जीवनबाट सन्यास लिए । उक्त च्याम्पियनसिपमा बोल्ट आफ्नो फेबरेट दौड १०० मिटरमा स्वर्ण जित्न असफल भएका थिए । उनले कास्य पदकमात्र जितेका थिए । बोल्टले आफ्नो खेल करियरमध्ये ओलम्पिक खेलकुदमा मात्र ८ पटक स्वर्ण पदक जितेका छन् । त्यस्तै उनको नाममा १०० मिटरको दौडमा विश्व कीर्तिमान रहेको छ ।

    विश्व बक्सिङमा सन् २०१७ मा चर्चामा रह्यो । बहुप्रतिक्षित भिडन्त अमेरिकन बक्सर फ्लोयड मेवेदर र आइरिस कनर म्याकग्रगरबीचको भिडन्त कारण चर्चामा रह्यो । अमेरिकाको लास भेगासमा भएको भिडन्तमा मेवेदरले व्यावसायिक बक्सिङ खेलमा डेब्यु गरिरहेका २६ वर्षिय म्याकग्रगरलाई पराजित गरेको थियो । यो जीतसँगै पाँच पटकको विश्व च्याम्पियन ४० वर्षीय मेवेदरले आफ्नो ५० औं अपराजित यात्रा कायम गरेका थिए । मेवेदरले यो भिडन्त आफ्नो अन्तिम भिडन्त रहेको समेत बताएका थिए ।

    सन् २०१७ मा विश्व टेनिसले समेत चर्चा कमायो । ठूला ग्राण्डस्लाम अष्ट्रेलियन ओपन, फ्रेन्च ओपन, युएस ओपन, विम्बल्डन जस्ता प्रतियोगिताको कारण पनि टेनिसले राम्रो छाप छाड्यो । यस्तै स्विस टेनिस स्टार रोजर फेडेरर सन् २०१७ मा चर्चित रहे । ३६ वर्षिय फेडेररले सन् २०१७ मा सर्वाधिक आठ पटक विम्बल्डन टेनिसको उपाधि जितेर नयाँ कीर्तिमान बनाएका थिए । फेडेरर सर्वाधिक १९ पटक ग्राण्डस्लाम टेनिसको उपाधि जित्ने एक्ला खेलाडी हुन् ।

    सन् २०१७ मा विश्व खेलकुदमा स्तब्ध हुने घटना घट्यो । सन् २०१७ मा एक फुटबल समर्थक जसले संसारको मन जितेका थिए, ब्राड्ली लोरीलाई गुमाउन पुग्यो ।
    इंग्ल्यान्डको ब्ल्याकहल कोलियरीमा जन्मिएका ६ वर्षीय सन्डरल्यान्डका समर्थक लोरी गम्भीर किसिमको क्यान्सर न्युरोब्लास्टो रोगको कारण संसारबाट विदा भए । फुटबल बुझेबाट सन्डरल्यान्डका फ्यान रहेका लोरीको निधनबाट संसारका फुटबल खेलाडी र खेलप्रेमी स्तब्ध भए ।

    सन् २०१७ सकिएसँगै विश्व खेलकुदमा सन् २०१८ को चर्चा सुरु भएको छ । किनकी सन् २०१८ मा बहुप्रतिक्षित खेल फिफा विश्वकप आयोजना हुँदैछ । सन् २०१८ मा हुने सबैभदा ठूलो प्रतियोगिता विश्वकप फुटबल रसियामा जुन र जुलाई महिनामा हुनेछ । यस्तै महिला टि–ट्वान्टी विश्वकप, विन्टर ओलम्पिक, कमनवेल्थ गेम्स लगायतको ठूला प्रतियोगितासमेत आयोजना हुँदैछ ।

    सन् २०१८ मा हुने केही ठूला प्रतियोगिता
    विश्वकप फुटबल : जुन १४ – १५ जुलाई (रसिया)
    महिला टि–ट्वान्टी विश्वकप क्रिकेट : – नोभेम्बर ३ – १४ (वेष्ट इण्डिज)
    विन्टर ओलम्पिक : फेब्रुअरी ९ – २५ (दक्षिण कोरिया)
    विन्टर पारा ओलम्पिक ः फेब्रुअरी ९ – १८ (दक्षिण कोरिया)
    कमनवेल्थ गेम्स : अप्रील ४ – १५ (अष्ट्रेलिया)
    एफए कप फाइनल ः मे १९ (इंग्ल्यान्ड)
    च्याम्पियन्स लिग फाइनल ः मे २६ (युक्रेन)
    वुमन्स हक्की विश्व कप : जुलाई २१ – ५ अगस्ट (लन्डन)
    रग्बी युनियन : फेब्रुअरी ३ – १७ मार्च (इंग्ल्यान्ड)

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य