सुरुभयो राष्ट्रिय कबड्डी प्रतियोगिता

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    सोम, पुस २४, २०७४

    बर्दिया : राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिप २०७४ अन्तर्गत राष्ट्रिय कबड्डी प्रतियोगिता आइतबारबाट बर्दियाको भुरीगाउँमा शुरु भएको छ । अखिल नेपाल कबड्डी संघद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रतियोगिता पुस २७ गते सम्म सञ्चालन हुने आयोजकले बताएको छ ।

    प्रतियोगितामा पुरुष र महिलाका आठ –आठ समूहका १९२ खेलाडी र १६ प्रशिक्षक सहभागी हुने छन् । पाँच विकास क्षेत्रका महिला र पुरुष गरी दस समूह तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका छ समूह पनि सहभागी हुने छन् ।

    प्रतियोगिताबाट आगामी अगष्टमा इण्डोनेसियामा हुने एसियन खेलका लागि खेलाडी छनोट गरिने अखिल नेपाल कबड्डी संघका महासचिव विनोद प्रजापतिले जानकारी दिए । रासस

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य