विश्वकप फुटबलमा यस्तो छ आजको खेल तालिका,पढ्नुहोस्

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    शनि, असार ३०, २०७५

    असार ३०/ रुसमा जारी विश्वकप फुटबलको तेस्रो स्थानको प्लेअफका लागि आज बेल्जियम र इङ्ल्यान्ड भिड्दै छन् ।

    नेपाली समयअनुसार आज साँझ पौने ८ बजे सेन्टर पिटर्सबर्ग रंगशालामा दुई टोलीबीच प्रतिस्पर्धा हुँदै छ ।

    मंगलबार भएको खेलमा बेल्जियम फ्रान्ससँग पराजित भएपछि फाइनल प्रवेश गर्न सकेको थिएन भने बुधबार भएको खेलमा क्रोएसियासँग पराजित भएपछि इङ्ल्यान्डले पनि तेस्रो स्थानका लागि बेल्जियमसँगको भेट निश्चित गरेको हो ।

    बेल्जियम दोस्रो पटक तेस्रो स्थानको प्लेअफ खेल्दै छ । पछिल्लो पटक मेम्सिकोमा भएको सन् १९८६ को विश्वकपमा बेल्जियम फ्रान्ससँग अतिरिक्त समयमा ४–२ ले पराजित भएको थियो ।

    इङ्ल्यान्ड पनि दोस्रो पटक तेस्रो स्थानका लागि खेल्दै छ । सन् १९९० मा आयोजक इटालीसँग २–१ ले पराजित हुँदै इङ्ल्यान्ड चौथो स्थानमा समेटिएको थियो ।

    बेल्जियम र इङ्ल्यान्डले एकापसमा २२ पटक खेलेका छन् । दुई टोलीबीच पहिलो खेल ९७ वर्षअघि ब्रसेल्समा भएको थियो । उक्त खेलमा पाहुना टोली २–० ले विजयी भएको थियो ।

    त्यसयता इङ्ल्यान्डले १४ खेल जितेको छ भने बेल्जियमले दोब्बर जित दर्ता गरेको छ ।

    विश्वकपमा भने दुई टोलीबीच तीन पटक खेल भएको छ । सन् १९५४ मा भएको खेल ४–४ को बराबरीमा सकिएको थियो ।

    सन् १९९० मा भने इङ्ल्यान्ड २–१ ले विजयी भएको थियो ।

    जारी विश्वकपमा एउटै समूहमा परेका यी दुई टोलीबीचको समूह चरणको खेलमा भने बेल्जियमले जित हात पारेको थियो ।

    समूह चरणको नतिजा दोहोर्‍याउने लक्ष्यका साथ बेल्जियम मैदानमा उत्रँदै छ भने हारको बदला लिने दाउ इङ्ल्यान्डको छ ।

    विश्वकपको उपाधिका लागि भने आइतबार फ्रान्स र क्रोएसिया भिड्ने छन् ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य