यू-१८ महिला साफको उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्दै,कसको पोल्टामा पर्ला जित ?पढ्नुहोस्

  • -लालिगुराश सम्बाद दाता
  • आइत, अशोज २१, २०७५

    असोज,२१/ भुटानमा जारी साफ यू-१८ महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्दैछन् ।

    भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा हुने आज साँझ सात बजेदेखि फाइनल खेल सुरु हुनेछ ।

    समूहको उपविजेता बन्दै अर्को चरणमा पुगेको नेपाली टोलीले सेमिफाइनलमा उपाधि दावेदार भारतलाई पेनाल्टी शुटआउटमा पराजित गरेपछि फाइनलका लागि उत्साहित छ ।

    फाइनल खेलमा बंगलादेश बलियो दावेदारको रुपमा देखिन्छ । किनभने, समूह चरणको खेलमा पनि नेपाल र बंगलादेश आमने सामने हुँदा नेपाल २–१ गोलले पराजित भएको थियो ।

    बंगलादेश सेमिफाइनलमा घरेलु टोली भुटानलाई ४–० गोलले हराएर फाइनलमा पुगेको हो । नेपालले सेमिफाइनलमा भारतलाई पेनाल्टी शुटआउटमा ३–१ गोलले हराउँदै बंगलादेशसँगको उपाधिख भिडन्त पक्का गरेको हो ।

    नेपाली खेलाडी रेखा पौडेल अहिले उच्च लयमा छिन् । पहिलेसम्म ७ गोल गरेकी उनी प्रतियोतिगतामा धेरै गोल गर्ने खेलाडीमा दोस्रो स्थानमा छिन् ।

    फाइनलअघि आनै तीन बजेदेखि तेस्रो स्थानका लागि हुने खेलमा भुटान र भारतले प्रतिस्पर्धा गर्दैछन् ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य