नेपाल भर्सेस थाइल्याण्ड : वर्षाका कारण खेल रोकियो

  • -लालिगुराश सम्बाद दाता
  • आइत, अशोज २१, २०७५

    असोज २१/ टी ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया बीको छनोट प्रतियोगिता हाल मलेसियामा भइरहेको छ ।

    आइतबार नेपाल थाइल्याण्डबीच भएको खेलमा पानी पर्दा खेल रोकिएको छ । थाइल्याण्डले १० ओभरमा १८ रन बनाउँदा ९ विकेट गुमाइसेको छ नेपालले दिएको १७३ रनको लक्ष्य पछ्याउन थाइल्याण्डले ब्याटिंग गरिरहेको छ ।

    सन्दीप लामिछानेले ३ ओभरमा ८ रन दिएर ५ विकेट लिएका छन् । यस्तै ललितनारायण राजवंशीले एक र करण केसीले ३ विकेट लिएका छन् ।

    यसअघि टस हारेर पहिला ब्याटिंग नेपालले गर्दै १७२ रन बनाएको थियो । नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर सो स्कोर बनाएको हो । नेपालका लागि आठौं नम्बरमा ब्याटिंग गरेका करण केसीले विस्फोटक ब्याटिंग गरे ।

    उनले नटआउट १४ बलमा ४० रनको विस्फोटक ब्याटिंग गरे । उनले ४ छक्का र २ चौका प्रहार गरेका थिए । मलेसियाको वायुमास ओभल मैदानमा थाइल्याण्डले टस जितेर नेपाललाई ब्याटिंगको निम्तो दिएको छ ।

    नेपालका लागि विनोद भण्डारी र अनिल शाहले इनिंग शुरुआत गरेका थिए । नेपालके शुरुआत विस्फोटक भए पनि निरन्तर विकेट गुमाएपछि नेपाल दबाबमा परेको थियो । तर, अन्तिम ओभरमा करणले २४ रन जोडेपछि नेपालले सुरक्षित हुन सक्ने स्कोर बनाएको हो ।

    नेपालका लागि शरसद भेसवाकरले ३४, दिपेन्द्र सिंह ऐरीले ३०, अनिल शाहले २५ र विनोद भण्डारीले १५ रनको योगदान दिए। यस्तै कप्तान पारस खड्काले ५, आरिफ शेखले ८ र ज्ञानेन्द्र मल्लले ७ रन बनाए भने सोमपाल कामीले नटआउट ४ रनको योगदान दिए ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य