पत्याउन नसक्नु होला ? फेसबुकका मालिक मार्क जुकरबर्गले बनाए १३४ जनालाई अरबपति (पढ्नुहोस पुरा कुन कुन देशका परे)

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    मङ्ल, असार ६, २०७४

    विश्वका केही यस्ता विश्वविद्यालयहरू यस्ता पनि छन्, जहाँ पढ्ने सौभाग्य पाएकामध्ये धेरैजना अर्बपति बनेका छन् । ती विश्वविद्यालयमध्ये हावार्ड सबैभन्दा माथि छ । हार्वाडमा पढेकाहरूमध्ये धेरैजना विश्वकै सर्वाधिक धनाढ्यहरूको सूचीमा समावेश छन् । धनाढ्यहरूबारे अध्ययन/अनुसन्धान गर्ने संस्था ‘वेल्थ एक्स’ फर्मले सार्वजनिक गरेको रिपोर्टमा हावर्ड विश्वकै सबैभन्दा टप युनिभर्सिटी हो, यहाँ पढेकामध्ये १३४ जना अर्बपति बनिसकेका छन् । तिनीहरूको कुल सम्पत्ति ५९० अर्ब अमेरिकी डलर रहेको छ ।

    यसो त हावर्डबाट ‘ड्रपआउट’ गरेकाहरू पनि अर्बपति बनेकै छन् । तिनीहरूले बीचैमा पढाइ छाडे पनि विश्वका अर्बपतिहरूको सूचीमा आफ्नो नाम दरह्रोसँग राख्न सफल भएका छन् । तीमध्येका दुईजना त विश्वकै चर्चित धनाढ्य हुन् । माइक्रोसफ्टका संस्थापक बिल गेट्स र फेसबुकका सहसंस्थापक मार्क जुकरबर्ग त्यस्तै पात्र हुन्, हावर्डमा भर्ना भईकन पनि आफ्नो पढाइ पूरा गर्न सकेनन् । गेट्स त विश्वकै सर्वाधिक धनाढ्य हुन् । उनी वासिङटनस्थित मेडिनामा ६६ हजार वर्गफुटमा बनेको भिलामा आफ्नो अधिकांश समय बिताउँछन् । उनको यो महल वासिङटन लेकको किनारमा अवस्थित छ । गेट्सले यो महल बनाउनका लागि ६३ मिलियन अमेरिकी डलर खर्चेका थिए । उनको कुल सम्पत्ति ८९ दशमलव ५ अर्ब अमेरिकी डलर रहेको छ । यसैगरी जुकरबर्गको कुल सम्पत्ति ६२ दशमलव ६ अर्ब अमेरिकी डलर रहेको छ । उनी विश्वकै पाँचौं धनाढ्य पनि हुन् । उनले १९ वर्ष उमेरमा फेसबुक सञ्चालन गरेका थिए । हाल उनी फेसबुकका अध्यक्ष तथा सीईओ हुन् । क्लोफोर्नियास्थित पालो एल्टोमा आफ्नो सपनाको महल बनाएर बस्छन् । उनले यो महल बनाउन ९ दशमलव ९ मिलियन अमेरिकी डलर खर्चेका थिए । ५ हजार वर्गफुटमा फैलिएको त्यो भिला अत्यन्तै आकर्षक शैलीमा निर्माण गरिएको र उनी आफ्नो अधिकांश समय त्यहीँ व्यतित गर्छन् ।

     

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य