किन एक्कासी नेपाल टेलिकमको प्रबन्ध निर्देशक परिवर्तन गर्न खोज्दै छन् संचारमन्त्री बस्नेत


  • -लालिगुराश सम्बाद दाता
  • शुक्र, पुस २८, २०७४

    २८ पुस, काठमाण्डौ । संचारमन्त्री मोहनबहादुर बस्नेतले नेपाल टेलिकमको प्रबन्ध निर्देशक परिवर्तन गर्ने तयारी गरेका छन् । मन्त्री बस्नेतले हाल प्रबन्ध निर्देशक रहेकी कामिनी राजभण्डारीलाई हटाएर अर्को व्यक्ति ल्याउने प्रस्ताव मन्त्रीपरिषदमा गरेको बताइएको छ ।

    पछिल्लो समय आर्थिक लेनदेनका आधारमा विभिन्न निकायमा नेतृत्व फेरबदल गरेका मन्त्री बस्नेतले टेलिकममा पनि नयाँ व्यक्ति ल्याउन लागेका हुन् । राजभण्डारीसँग आफुले भनेजस्तो गरी आर्थिक लेनदेन नमिलेपछि बस्नेतले हटाउन लागेको बताइएको छ ।

    यसअघि मन्त्री बस्नेतले नेपाल चलचित्र बोर्डमा निकिता पौडेललाई नियुक्ति गरेका थिए । पौडेललाई नियुक्ति गर्दा पनि बस्नेतले मोटो रकम कमिसन खाएको अरोप लागेको थियो ।

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य