कांग्रेसले अपहरणको शैलीमा नयाँकपडा दिएर जबर्जस्ति टिका लगाईदिए : झुपरीदेवी दमाई

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    बुध, कार्तिक २९, २०७४

    डडेल्धुरा, २८ कात्तिक- डडेल्धुराको अमरगढी नगरपालिका ४ बाट निर्वाचित महिला वडा सदस्य झुपरीदेवी दमाईले कांग्रेसले अपहरणको शैलीमा नयाँकपडा दिएर टीका लगाएको तर आफूले कांग्रेस पार्टी प्रवेश नगरेको बताएकी छन् ।

    कांग्रेस सभापति समेत रहेका प्रदेश सभा ‘ख’ का उम्मेदवार कर्णबहादुर मल्ल र प्रतिनिधिसभा समानुपातिक तर्फका उम्मेदवार पद्मा गुरुङले स्विटर, धोती र सौल दिएर कपडा परिवर्तन गर्न लगाई आफूलाई नाटकीय रुपमा पार्टी प्रवेशको टीका लगाएको झुपरी देवीको आरोप छ ।
    नेपाली कांग्रेस डडेल्धुराका केही कार्यकर्ताहरुले आफूलाई केही काम छ भनेर बोलाएको र टिका लगाएर पार्टी प्रवेशको नाटक गरेको उनले बताइन् । बिहान ९ बजे घरमा खाना पकाइरहेका बेला काम छ भनी दुइ जना कांग्रेस कार्यकर्ता आएका र गाडीमा राखेर कांग्रेस पाटी कार्यालय पु¥याएको दमाईले बताइन् ।

    जबरजस्ती टिका लगाए पश्चात पत्रकारहरुसंग कुरा गर्दै झुपरिले भनिन्– ‘मैले एमाले छोडेको छैन्, अन्य कुरा गर्नुछ भनी बोलाएर कांग्रेस जिल्ला सभापति कर्णबहादुर मल्लले जबरजस्ती टिका लगाएका हुन्’ ।

    कांग्रेस निकट रहेका अमरगढी ४ तल्लो खलंगाका उमेश बस्नेतले ‘छोरालाई जागीरको लागी कुरा गर्दिन्छु भनेर आफूलाई नेपाली कांग्रेस सभापति मल्ललाई भेटाएको झुपरीले बताइन् । आफ्ना पुराना लुगा कांग्रेसको सम्र्पक कार्यालयमै रहेको समेत उनले बताइन् ।

    यस विषयमा एमाले डडेल्धुराले प्रमुख जिल्ला अधिकारी र प्रहरी नायव उपरिक्षकलाई भेटगरि जिल्लामा शान्ति सुरक्षा कायम गर्न आग्रह गरेको छ । निर्वाचित वडा सदस्यलाई घरमा विना जानकारी अपहरणको शैलीमा पार्टीमा टिका लगाउनु व्यक्तिको नैसर्गीक अधिकारको हनन् भएको एमाले डडेल्धुराका उपाध्यक्ष वीरेन्द्रकुमार बस्नेतले बताएका छन् ।

    जिल्लामा मतदाताहरुलाई प्रभावित पार्नका लागि कांग्रेसले कपडा वितरण गरि रहेकोप्रति गम्भीर भएको जनाउँदै एमाले डडेल्धुराका उपाध्यक्ष बस्नेतले मुख्य निर्वाचन अधिकृतलाई भने –‘आचार संहिताको ठाडो उल्लंघन तत्काल रोक’ ।
    कांग्रेसले डडेल्धुरामा यस अघिका निर्वाचनहरुमा समेत आचारसंहिता उल्लंघन गर्दै साडी, धोती, मोवायल र नगद समेत वितरण गर्दै आइरहेको आरोप बामगठबन्धनले लगाएको छ । लोकान्त्र बाट साभार

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य