निर्देशक देबेन्द्र कुवरलाई चिल्लो घस्न आउदैन …..?

  • -लालिगुराश सम्बाद दाता
  • बिहि, चैत्र ८, २०७४

    नेपालि संगीत भित्र फरक धार हुन्छन । सोहि क्षेत्रमा  निर्देशकको छुट्टै परिचय बनाइसकेका  देबेन्द्र कुवरसंगको अन्तरंग कुराकानी :

    आजभोली के मा बेस्त हुनुहुन्छ ?
    म्युजिक भिडियो,प्रोग्राम र डान्स क्लास
    कसरी टाईम मिलाउनु भएको छ ?
    क्लास मैले प्राय रेगुलर लीइराखेको छु । म्युजिक भिडियो प्रोग्राम समय मिलाएर गरिराखेको छु ।
    यो क्षेत्रमा कहिले देखि आउनु भयो ?
    त्येस्तै २०६३-६४ तिर यस क्षेत्रमा आएको हु ।
    को बाट प्रेरणा पाउनु भयो ?
    खासै मलाई प्रेरणा त् कसैको होईन सानै देखिको सोक रहरले यो क्षेत्रमा आएको हु ।

    यस क्षेत्रमा लागेर केही भविष्य देख्नु भएको छ ?
    बुझेर लाग्यो भने अवस्य सफल भईन्छ नै रहर र कर गरेर हुदैन कडा मेहेनेत र प्ररिक्षम भने चाहिन्छ ।
    पढाइ का सम्म पुर्याउनु भयो ?
    निरन्तर अध्यायन मै छु । कुनै कुरा सिक्नु जान्नु भनेकै पढाई हो । लाग्छ मलाई जिन्दगीमा पढेर कहिले सकिदैन ।
    घरमा कोको हुनुहुन्छ ?
    आमाबुवा भाईबहिनी हुनुहुन्छ ।
    सबभन्दा बढी कस्को माया लाग्छ ?
    आमा बुवा
    अहिले सम्म कति ओटा म्युजिक भिडियोमा निर्देशन गर्नु भयो ?
    ठ्याक्कै यतिसम्म भनेर त् स्मरण गर्न सकिन १००० को हाराहारी पुगे होलान ।
    तपाईले फिल्ममा कोरियोग्राफर गर्दा गर्दै किन बढी म्युजिक भिडियो निर्देशनमा लाग्नु भयो ?
    म्युजिक भिडियोको काम गर्दा छोटो समयमा रिजल्ट पाईन्छ र चाडो सकिन्छ । फिल्ममा धेरै समय दिनुपर्ने हुन्छ र समय कुर्नु पर्छ ।
    तपाईंले पर्दा पछाडी रहेर पनि यतिका म्युजिक भिडियो डाईरेसन गरिसक्नु भयो किन मिडिया भन्दा टाढा बस्नु भयो ?
    टाढा बसेको त् भन्न मिल्दैन तर मलाई चिप्लो घस्न आउदैन । राम्रो कामको मूल्यांकन हुनुपर्ने हो तर । भए जस्तो लागदैन ।
    तपाईको बिचारमा के कारण मूल्यांकन नभएको जस्तो लाग्छ ?
    अहिले मिडिया क्षेत्रलाई बुझेर अध्यायन गरेर भन्दा पनि क्षणिक रहर र सस्तो लोकप्रियताको लागि मिडिया धाउने धेरै छन् ।
    तपाईंले गरेका सबै काम प्रती संतोषजनक हुनुहुन्छ ?
    सन्तोषजनक भन्नु पर्यो तर पूर्णरुपमा भने छैन ।
    किन ?
    किन कि आफुले सोचेको जस्तो काम गर्न पाईदैन । जसमा हरेक कुराको अभाव हुन्छ ।
    पैसा बिना त केही चल्दैन ,तपाईंले कति लिनु हुन्छ काम गरे बाफतको पारिश्रमिक ?
    यति उति भनेर त् तोक्न मिल्दैन । प्रोजेक्ट अनुसार हुन्छ ।
    तपाईंले काम गर्दै जादा के कुरामा चित्त बुझ्दैन ?
    हरेक कुराको कम्प्रमाईज हुन्छ । जुन योजना लिएर काम गर्न खोज्दा त्यसका लागि चाहिने पूर्वाधारको अपुग हुन्छ । पहिलो कुरा त् बजेट नै मजबुत हुनुपर्छ त्यस पछी अन्य ।
    अन्य भन्नाले ?
    बजेट राम्रो भयो भने त्यही अनुसार काम गर्न सजिलो हुन्छ कथाले मागे जस्तो लोकेसन,प्रपटि र प्राबिधिक कुराहरु प्रयोग गर्न सकिन्छ । अनि काम राम्रो हुन्छ ।
    तपाईको बिचारमा यो क्षेत्रलाई अगाडी बढाउँन के गर्नु पर्ला ?
    सर्वप्रथम त् सिस्टम ल्याउन जरुरि छ । सिस्टम भयो भने काम गर्न सजिलो हुन्छ । राम्राकामको मुल्याकन हुन्छ ।
    अन्त्यमा के भन्नु हुन्छ ?
    अहिले यो क्षेत्रलाई बुझेर भन्दा पनि बिना ज्ञ्यान सिप नै नलिई लै लैमा लागेर आउनेहरु धेरै छन् । मिडियालाई ढाल बनाएर आफ्नो सस्तो लोकप्रियताको लागि क्षणिक चर्चा कमाउनेको बिगबिगी धेरै देखेको छु । सम्बन्धित निकायले यी कुरामा ध्यान दिन जरुरि छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य