देउसी भैलो खेलेर एकै दिनमा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले पायो २५ लाख सहयोग !बन्ने भयो प्रतिष्ठानको आफ्नै

  • -लालिगुराश सम्बाद दाता
  • बुध, कार्तिक २१, २०७५

    कमल सरगम-नेपाली लोक संगितको जगेर्न र यसको सम्रक्षणमा बिगत लामो समय देखी निरन्तर लाग्दै देश भर आफ्नो साखा सन्जाल बनाईसकेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान् नेपालको आयोजनामा प्रतिष्ठानको आफ्नै घर भन्ने नाराले सुरु गरिएको देउसी भैलो कार्यक्रमको यस् बर्षाकै पहिलो चरणको देउसी भैलो राजाधनी अबस्थित प्रतिष्ठित होटल हिमालयनमा भब्य रुपमा देउसी भैलो सम्पन्न गरी रु २५ लाख लगभगको सहयोग प्राप्त गरेको छ।

    चर्चित चर्चित दोहोरी कलाकारहरुको साथमा सम्पन्न उक्त कार्यक्रमको सँयोजक भने केन्द्तिय सदस्य रमेशराज भट्टराई रहनु भएको थियो। लगतर हुने देउसी भैलो कार्यक्रमको पहिलो चरणको कार्यक्रमको चाजोपाजो भने सस्थाका सम्रक्षक पृथ्वी थकलीले गर्नु भएको थियो।प्रतिष्ठानका अध्य्क्ष्य बद्री पङेनीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालकको रुपमा भने निबर्तमान अध्य्क्ष्य चन्द्र शर्माले गर्नु भएको थियो।

    गत बर्ष पनि प्रतिष्ठानले देउसी भैलो कार्यक्रम गरेको थियो। यही बर्ष सस्थाले आफ्नो भवन निर्माण गर्ने ठहरको साथमा सुरु भएको देउसी भौलोले कलाकार टिमलाई झन हौसला थपिदिएको छ्। सहयोगकै क्रममा बिभिन्न ब्यक्तिहरुले घर बनाउन लाग्ने ढुवानी  सामाग्री देखी आर्थिक रकम समेत हस्तान्तरण गरी ऐतिहासिक पुन्य कमाएका थिए।सस्थाले आज पनि काठमान्डौको बिजी महलमा  देउसी भैलो खेल्ने केन्द्रिय अध्य्क्ष्य बद्री पङेनिले लालिगुरास डटकमलाई जानकारी दिनु भयो।

    सस्थाले केही दिन अगाडिको बैठकबाट भावन् निर्माण समितिको सँयोजकको रुपमा बर्तमान अध्क्ष्य बद्री पङेनी र् सदस्य सचिबको रुपमा निबर्तमान अध्क्ष्य चन्द्र शर्मा सहित् ११ सदस्यिय भवन् निर्माण समिति गठन गरिसकेको छ। 

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य