‘धुर्मुस-सुन्तली’ अब नेपाली चलचित्रमा एक साथ् !!

चार ठाउँमा नमुना बस्ती निर्माण गरिसकेका ‘रियल कपल’ हाल भरतपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणमा जुटेका छन् ।

एक समय टेलिभिजनको दुनियाँमा बलियो साम्राज्य बनाएको जोडी हो- सिताराम कट्टेल र कुञ्जना घिमिरे । हास्य टेलिसिरियल ‘मेरी बाँस्सै’ मा लामो समय दुईले ‘धुर्मुस-सुन्तली’ को भूमिकामार्फत् दर्शक रिझाए । वि.सं २०७२ को महाभूकम्पपछि अभिनयबाट दूरी बनाएर उनीहरु समाजसेवामा लागे ।

समाजसेवामा होमिएपछि सिताराम र कुञ्जना न टेलिभिजनको पर्दामा देखिएका छन् न त फिल्ममा नै । सामाजिक कार्यसँगै अभिनयलाई पनि निरन्तरता दिन दर्शक र चलचित्रकर्मीहरुको आग्रहपश्चात् दुई केही समययता फिल्म निर्माणको तयारीमा छन् । स्क्रिप्ट लेखनको सुरुवाती चरणमा फिल्मको नाम ‘एन्टीभाइरस’ राखिएको थियो । पछि ज्योतिषीले ‘एस’ बाट नाम जुराउन सल्लाह दिएपछि फिल्मको नाम ‘सेन्टीभाइरस’ बनाइएको जानकारी प्राप्त छ ।

गत वर्ष सिताराम आफ्नो जन्मदिनमा फिल्मको औपचारिक निर्माण घोषणा गर्ने तयारीमा थिए । तर, निर्देशक र कलाकार फाइनल नभएका कारण थाती राखे । यसपछि सिताराम र कुञ्जना क्रिकेट रंगशाला निर्माणमा लागे र फिल्म निर्माण थन्कियो । अब भने दुईले फिल्म निर्माणलाई अगाडि बढाएका छन् । यसअघि कुञ्जना स्वयंले निर्देशन गर्ने चर्चा भएको फिल्ममा ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङको प्रवेश भएको छ ।

केही दिन अगाडि ‘धुर्मुस-सुन्तली’ ले निर्देशकको रुपमा फिल्ममा रामबाबुलाई अनुबन्ध गरेको गोप्य स्रोतले फिल्मीखबरलाई जानकारी दिएको छ । यस विषयमा निर्माण टिमले भने कुनै जानकारी दिएको छैन । रामबाबुले आफ्नो पाइपलाइनमा रहेको फिल्म भ्याएपछि यो फिल्म गर्ने सम्झौता भएको स्रोत बताउँछ । फिल्ममा ‘धुर्मुस-सुन्तली’ को प्रमुख भूमिका रहनेछ । लिड रोलमा अभिनेता प्रदीप खड्कालाई अफर गरिएको छ । तर, उनले गर्ने/नगर्ने तय भएको छैन ।

जंगली हात्तीको आक्रमणबाट दुईको मृत्यु, चार घाइते

महेन्द्रनगर : जंगली हात्तीको आक्रमणबाट बुधबार कञ्चनपुरको दोधारा चादँनीमा दुई जनाको...

पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीलाई...

स्कुल बसले किचेर मोरङमा एक वर्षीय बालकको मृत्यु

विराटनगर । स्कुल बसले किचेर मोरङको बेलबारी नगरपालिका– ५ मा एक...

चिठ्ठा पर्‍यो भन्दै १५ करोड रुपैयाँ ठगी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं : चिठ्ठा परेको प्रलोभन देखाएर झण्डै १५ करोड रुपैयाँ ठगी...

१३ लाख अवैध नेपाली रुपैयाँ सहित २ जना पक्राउ

बाँके : अवैध १३ लाख नेपाली रुपैयाँसहित बाँकेबाट दुई जना पक्राउ...

नारायणगढ मुग्लिन सडक शुक्रबारदेखि दुई सातासम्म दिउँसोमा बन्द

चितवन । नारायणगढ मुग्लिन सडकखण्ड दुई साता आंशिक रुपमा बन्द गरिने...

फर्निचर उद्योगमा आगलागी , २५ लाखको क्षति

धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडस्थित वसन्तराज जोशीले सञ्चालन गरेको काठ फर्निचर...

सर्लाहीका घुस लिने प्रहरी अख्तियारकाे नियन्त्रणमा

काठमाडौं । ५० हजार घुस लिने सर्लाहीका प्रहरी नायव निरीक्षक राजेशकुमार...

सुनको मूल्य आज स्थिर

काठमाडौं । अघिल्लो साताबाट निरन्तर ओरालो लाग्न थालेको सुनको मूल्य आज...

१५ गतेदेखि बन्द रहेको भरतपुर विमानस्थल आजदेखि सञ्चालनमा

भरतपुर : भरतपुर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । नागरिक उड्डयन...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology